Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Apr 2014

टिस्टा दुष्कर्मकाण्डको चौतर्फी विरोध

कालेबुङ, 21 मार्च।(छेवाङ योञ्जन)
टिस्टामा नाबालिकामाथि भएको दुष्कर्मकाण्डको अहिले चौतर्फी विरोध भइरहेको छ। यस मालिमामा एकजना आरोपी पक्रा परेपनि दोषीलाई कोठर सजाय
दिनपर्ने माग जारी छ। यस घटनामाथि टिस्टावासीमात्र होइन यहाँका विभिन्न सङ्घ-संस्था अनि व्यक्ति विशेषले पनि आज उठाउन शुरु गरेका छन्। भारतीय गोर्खा परिसङ् आफैले एउटा सर्वभारतीय गोर्खाहरूको छाता सङ्गठन रहेको बताउँछ। यस सङ्गठनले यो घटनालाई कसरी हरेको छ
? यसबेला यस्ता सङ्गठनहरूले समाजसित सरोकार रहेका यस्ता जटिल मामिलाहरूमा कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो? टिस्टामा घटेको घटनाले आज चार दिन पुरा गरेपछि भागपोलाई केही गर्नुपर्छ भन्ने लागेको छ र अन्य सङ्घ-संस्थाहरूसित मिलेर प्रतिवाद जनाउने काम शुरु गरेको छ। आज यस परिसङ्घले यहाँका विभिन्न अराजनैतिक सङ्घ-संस्थाहरू कालेबुङ कृषक कल्याण सङ्गठन, गोर्खा दुःख निवारक सम्मेलन, कालेबुङ, संरक्षण समिति, हिल सोसियल वेलफेयर सोसाइटी आदिका प्रतिनिधिहरूसित बैठक गरी कालेबुङ महकुमा अधिकारी कार्यालयमा ज्ञापन बुझाएको छ। परिसङ्घका अध्यक्ष डा. एनोस दास प्रधानले घटनाको खण्डन गर्दै दोषीले कठोरभन्दा कोठर सजाय पाउनुपर्ने माग गरेका छन्। उनले यस घटनालाई निन्दनीय बताउँदै घटनाबारे विस्तृत छानबिन गर्ने बताएका छन्। उनले भने अनुसार सङ्गठनले अस्पतालबाट पनि पीडितको अवस्था अनि स्वास्थ्य जाँच रिपोर्ट लिनेछ। यसैको आधारमा पुलिस प्रशासनलाई पनि सही कार्यवाही गर्ने आग्रह गर्नेछ। उनले केही वर्षअघिको जिना प्रधान हत्याकाण्डसरह यो मामिला हराउन नहुने अनि पिडितले न्याय पाउनुपर्ने माग गरेका छन्। अर्कोतिर, हिल तृणमूल कङ्ग्रेस महिला सङ्गठनले पनि घटनाको विरोध जनाउँदै यस घटनाले सम्पूर्ण पहाडलाई नै लज्जित बनाएको सङ्गठनकी संयोजिका ननिता गौतमले बताएकी छन्। यसरी नै गोर्खा जनमुक्ति नारी मोर्चाले पनि घटनाको खण्डन गरेको छ। यसरी नै बाल हित अनि बाल अधिकारका निम्ति कार्य गरिरहेको संस्था बाल सुरक्षा अभियानको पक्षमा संयोजिका सिस्टर सुवेषणा थापाले पनि यस्तो अमानवीय क्रियापललाई दुर्भाग्यपूर्ण बताएकी छन्। यसपल्टको यस मामिलामा न्यायको माग गर्दै जनता नै सडकमा आउनु सकरात्मक कुरा रहेको बताएकी छन्। स्मरण गराइन्छ, गत 18 अप्रेलका दिन टिस्टाको गफुर गाउँमा एउटी 3 वर्षीय नाबिकमाथि दुष्कर्म भएको घटना अघि आयो। यस घटनाको आरोपमा सुनिल राई नाम युवक पक्रा परिसकेका छन्। यस घटना घटेलगत्तैदेखि टिस्टाबासीको आक्रोश अनि प्रदर्शन कार्य जारी रहेको छ। टिस्टाबासीले शुरु गरेको यस न्यायको लडाइँमा अहिलेघरि कालेबुङका विभिन्न सङ्-संस्थाले पनि साथ दिन शुरु गरेको छ।  यद्यपि दोषीले उचित सजाय पाउनसक्छ भन्नेकुरामा सन्देह छ। अहिलेसम्म यस्ता घटनाहरूमा दोषीहरूले सजाय पाएको घटना कमै मात्र छ। यसैले टिस्टाकाण्डको विरोधमा शुरु भएको न्यायको लडाइँमा पनि मानिसहरूले कानुनप्रति विश्वास गर्न सकिरहेका छैनन्। यस सन्दर्भमा कालेबुङका एक वरिष्ट अधिवक्ता प्रभार देवानले भने अनुसार दोषीलाई सजाय दिन कानुनी लडाइँ धेरै संवोदनशिल भएर लड्नुपर्छ। यस मामिलामा उचित प्रमाणहरू सङ्कलन गर्न सकिए दोषीले कमभन्दा कम 20 वर्षको सजाय पाउनसक्छन् भने दोषीलाई उमरकैदको सजाय पनि हुनसक्छ। यस्ता मामिलाहरूमा आरोपीले जमानत पाउन गाह्रो अनि 90 दिनभित्र पुलिसले चार्सिट दर्ता गर्नुपर्ने हुन्छ। यस मामिलामा पुलिसले पनि जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने अनि प्रमाण एवं गवाहीहरू जुटाउनमा सबैले परिवार अनि पुलिसलाई सहयोग गरे निश्चय नै केही समयभित्र नै दोषीले कठोर सजाय पाउने उनले बताएका छन्।

Related Posts:

  • Lady from USA told to leave Darjeeling Hills over ISI Darjeeling, 17 July: One Natasha Singh (40), a resident of Oakland, California, had to leave Darjeeling as ordered by the Foreigner’s Registration Office here. Police said, she, associated with an NGO based in D… Read More
  • Tamang accused held after custody slip Darjeeling, July 17: Dawa Sangay, an accused in the Madan Tamang murder case, was caught after he allegedly tried to flee police custody from Darjeeling district hospital where he had been admitted on June 22. Sangay wa… Read More
  • Gurung calms hill SC, ST quota nerves Darjeeling, July 17: The Darjeeling District Schedule Caste and Schedule Tribe Joint Action Committee today said that Bimal Gurung had assured its members that the GTA would grant jobs to SCs and STs as proposed in a rec… Read More
  • तकलिङमा गुरु पद्मसम्भवको जन्म जयन्ती पालन कालेबुङ, १८ जुलाई| तकदाह खण्ड विकास अन्तगर्त पर्ने अप्पर तकलिङमा अवस्थित डुपखाङ छ्योइखोर्लिङ गुम्बामा आज गुरु पद्मसम्भवको जन्म जयन्ती(ठुङकर दुइछेन) पालन गरियो| यस धार्मिक अनुष्ठानको अवसरमा गुम्बा सञ्चालन समिति अधिनस्थ … Read More
  • युवा अनि विद्यार्थी मोर्चाले गर्‍यो जीटीएको विरोध कालेबुङ, १८ जुलाई| अचानक टिस्टा नदी उकालो बगेको जस्तै गरी गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन विद्यार्थी मोर्चा अनि युवा मोर्चाले आज स्पष्टरुपमा जीटीएको आलोचना गर्दै गोर्खाल्याण्डकै वकालत गर्नपुग्यो| जीटीए सम्झौता भएक… Read More

0 comments: