Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Jan 2015

असाह्य नानीहरूका बाबु हुन् "कुनाल"

छेवाङ योञ्जन 
पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन इन्फिल्ड बाइक किन्ने सपना सजाएका थिए । साधरण परिवारका छोरा कुनालको जिम अनि साउण्ड सिस्टमको आफ्नै व्यवसाय छ।
यसै व्यवसायबाट निक्लेको  मुनाफाले तिनले 2013 मा इन्फिल्ड बाइक किन्ने योजना बनाएका थिए। डुवर्सको ओदलाबारीमा सेकेन्डहेण्ड इनफिल्ड छ भन्ने तिनले सुइको पनि पाएका थिए। सुइको पाउनसाथ ओदलाबारी पुगेका कुनालले इनफिल्ड होइन आफूसँग स-साना केटाकेटीहरू साथमा लिएर आएका थिए। हाल 24 वर्षीय कुनाल 11 जना आर्थिकरूपले विपन्न परिवारका नानीहरूका बाबु बनेका छन्। सुख-सुविधा अनि हाइ-फाइ जीवन रूचाउने अधुनिक युवाहरूका निम्ति कुनाल आँखाको छारो हुन ।
" म जुन दिन बाइक किन्न ओदलाबारी पुगे। बाइकको दाम फिक्स गरी पर्किने बाले केही नानीहरू खेलीरहेको भेटाए"  कुनाल भन्छन् "मलाइ अचम्भ लाग्यो। अनि सोधे तिनीहरूको पढाइबारे" । आखिरमा नानीहरूको प्रश्नले कुनाललाई भावुक बनायो अनि तिनले नानीहरूलाई उचित शिशा प्रदान गर्ने सोच बनाए। तिनको साथमा रहेका नानीहरू मध्ये कतिका आमा-बाबा छैनन्। कतिका अविभावक छन् तर, नशालुपर्दार्थ सेवन गर्नाले नानीहरूलाई शिक्षा प्रदान गर्नेबारे सोच्दैनन्। कतिपय नानीहरू घरेलु काम-काजमा सङ्गल्गन पनि थिए। नानीहरूले कुनाललाई यस्तै प्रकारको उत्तदिएका थिए। यसैले  आज कुनालको साथमा ति नानीहरूले शिक्षा आर्जन गरिरहेका छन्। कुनालले नानाहरूलाई  शिक्षा-दिक्षा सितै गाँस-बासको व्यवस्था मिलाउने ठानेपछि उनले डुवर्स भेकबाट 11 जना नानीहरू लिएर कालेबुङ आएका हुन्। ति नानाहरूलाई कालेबुङको इस्टमेनरोडमा अस्थित आफ्ना घरमा राखेर तिनले एक वर्षदेखि पढाइरहेका छन्। आफ्ना घरका परिवरका सदस्यलाई मात्र शिक्षा दिनु भरण-पोषण गर्नु एउटा सामान्य परिवारका निम्ति निक्कै ठूलो चुनौति हुन्छ। तर कुनालले आफू सामान्य परिवारमै रहेर पनि परिवारका सदस्याहरूसाथै यी नानीहरूलाई शिक्षित बनाउने संकल्प गरेका छन्। तिनी भन्छन् - नानीहरूलाई उचित शिक्षा दिनु भन्दा धेर महत्तवको थिएन,  मेरो बाइकमा हिड्ने सपना। म जसरी पनि यी नानीहरूलाई उचित शिक्षा प्रदान गर्नेछु।"  कुनालको कुनै सरकारी नोकरी छैन।  नत तिनी सम्पन्न परिवारका छोरा नै हुन्। एउटा साधारण परिवारका कलेज पढिरहेका विद्यार्थी हुन् कुनाल। तिनले जीम सञ्चालन गर्नछन् अनि साउन्ड सिस्टमको माध्मयबाट आर्थिक आय आर्जन गर्छन्। यसैबाट थाह हुन्छ ति नानीहरूलाई शिक्षासाथै बास-गाँस अनि कपाँसको व्यवस्था मिलाउनु कुनाललाई कतिको चुनौती पूर्णछ।  तरै पनि तिनले परिवारका अन्य सदस्यहरूको सह्योगमा नानीहरूलाई यहाँका विभिन्न अङ्ग्रेजी माध्यमको विद्यालयहरूमा पढाइरहेका छन्। "जतिसक्दो नानीहरूलाई राम्रो शिक्षा दिने मेरो सपना छ"  तिनी भन्छन् "मेरो जीवननै इयीहरूमाथि खर्चिदिन्छु।"  तर, कुनै पनि प्रकारको कठिनाइहरूसँग हार नमान्ने कुनाललाई धेरैवटा असुविधाहरू छन्। कुनालको घरको साघुरो कोठा नानीहरूलाई पर्याप्त हुन छोडेको छ। एउटै कोठामा राखेको दुइवटा पलङ्गहरूमाथि नानीहरूले रात बिताउनु परिरहेको छ। यसैले कुनालले घरको केही तलतिर एउटा ठूलो घर निर्माण गर्ने योजना बनाएका छन्। तिनको योजनाको घड़ेडी पनि खड़ा भइसकेको छ। तर, घर निर्माण कार्य पुराभने भएको छैन। "खै कसरी स्पोल्सरहरू खोज्नु मलाई त केही आइडिया नै छैन। तर, सिलगढीको सिटिजन वेलफेयर सोसाइटीले भने प्रत्येक महिनानै मलाई आर्थीक सह्योग गरिरहन्छ।"  कुनाललाई यी नानीहरूको देखरेकका निम्ति परिवारको पनि प्रस्त सहयोग छ। आमा अनि बहिनी भएर खाना सितै नानीहरूलाई घरमा पढाइने काम पनि गरिन्छ।  कुनालको घरमा 3 वर्षदेखि 13 वर्षसम्मका नानीहरू छन्। शुरुका अक्षर समेत चिन्न नसक्ने ति नानीहरूलाई केवल विद्याल्यको भरमा मात्र होइन घरमा पनि पढाइनु पर्ने अनिवार्यतालाई कुनालले राम्रोसँग बुझेका छन्। यसैले तिनको परिवारका सदस्याहरूले नानीहरूको देखरेखसँग-सँगै घरेलु शिक्षाका निम्ति पनि सह्योग पऱ्याइरहेका छन्। कुनालले गरिरहेको यस काम पक्कै पनि सरहानीय मान्न  सकिन्छ।  अब तिनले यी नानीहरूलाई आधाबिचैमा छोड्न पनि सक्दैनन्। सँधैभरी नानीहरूलाई आफूसितै राख्ने अटोट गरेका कुनाललाई पनि आगामी दिनका चुनोतिहरू कठिन हुने कुरा राम्ररी अवगत छ। यदि कुनै पनि सङघ-सङ्स्था, व्यक्ति विशेष आदिले कुनाललाई सहयोग पुऱ्याए नानीहरूले उज्ज्वल भविष्य पाउनेछन्। सामाज सरकोरका दिशामा कुनालले गरिरहेको कार्य सम्पूर्ण युवाहरूका निम्ति पक्कै पनि  प्रेरेणाको स्रोत हो।

Related Posts:

  • TEN THOUSAND WHISPERS AND NOBODY LISTENING  Anjan Dutt At the onset let me clarify that I have no political agenda and have always refrained from politics, Left or Right. Never walked in rallies except for joining the mourners at the Maidan at 17, when the th… Read More
  • Gorkhas need political unity  13 August 2013, New Delhi, C S Thapa Lack of linguistic recognition and regional minority status are bane for their identity. The demand for Gorkhaland, pending since 1907 is not only about identity of Gorkhas but … Read More
  • पञ्चायत चुनाउ र मोर्चाको स्थिति (छेवाङ योञ्जन) पश्चिम बंगाल चुनाउ आयोगले जारी गरेको अधिसूचना अनुरुप आगमी जुलाई महिनाको 2 तारिक देखि राज्यमा त्रिस्तरीय पञ्चायत चुनाउ सम्पन्न हुनेछ। चुनाउ आयोगले तीनवटा चरणमा राज्यको विभिन्न जिल्लाहरुमा पञ्चायत चुनाउ गराउने … Read More
  • असाह्य नानीहरूका बाबु हुन् "कुनाल" छेवाङ योञ्जन  पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन … Read More
  • राजनैतिक हस्तक्षेपको शिकार पहाडको पत्रकारिता (छेवाङ योञ्जन) पत्रकारितालाईगणतन्त्रको चौथो स्तम्भको रुपमा मान्यता दिएतापनि कथित गणताञ्त्रिक राजनीतिकदलहरुले भने यो चौथो स्तम्भलाई ढाल्ने प्रयास गरेको थुप्रै उदाहरण पाइन्छ। विभिन्नप्रकारका समस्याको सामना गर्दै भारतेली नेपाल… Read More

0 comments: