यसै विषयलाई लिएर आज मंग्पू चौरास्तामा एकता समाजले एक आकस्मिक पनि सम्पन्न भयो | एकता समाजले राहत सामगी संगै १०,००० रुपियाँ बुझाउँदा उक्त रुपियाँ ग्रहण नगर्ने सिक्किम सरकारको निर्णय सम्बन्धित अधिकारीबाट बुझेपछि उक्त रकम केवल ब्यांक ड्राफ्ट द्वारा मात्र ग्रहण गर्ने हुँदा उक्त दिन केवल सामग्रीहरु मात्र बुझाएको सभामा सबैलाई अवगात गराए | यसै बीचमा ११ अक्टोबरको दिन मंग्पू च्यानेल द्वारा कालेबुंग महकुमा अन्तर्गत कागे ग्राम पंचायत रेभक गाउँ , गेरेक , समकहीउ अनि भरिया बस्तीका बासिन्दाहरु पनि भुइँचालोले पिडित भइ बर्तमान समय सम्म असहाय अवस्थामा रहेको जानकारी प्रसारण हुँदा सो रकम ती पिडितहरुलाई प्रदान गरिने निर्णय लिइयो |
स्मरण रहोस मंग्पू एकता वेलफेयर समाजको यस भन्दा अघि पनि पहिरो पिडित परिवार तथा बिहारमा गत वर्ष आएको बाड पिडित परिवारलाई पनि राहत सामग्री पुराउन र दुखको क्षणमा सहायता गर्न सक्षम बनेका थिए |











