Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Oct 2011

मंग्पू एकता समाज द्वारा सिक्किम भुइँचालो पिडितहरुलाई राहत सामग्री


केशर मोक्तान :१८ सेप्टेम्बरमा गएको विनाशकारी भुइँचालो पिडित परिवारलाई मंग्पू  एकता वेलफेयर फाउन्डेशन/ समाज द्वारा दुई गाडी राहत सामग्री सिक्किमबासीलाई पुराएको जानकारी एकता समाजका सचिव सुबास राईले दिएका छन् | उक्त राहत सामग्री मंग्पू  एकता समाजले मंग्पू  क्षेत्र वरिपरी अनि हाइवे रम्बी , लोहापूल तथा सुन्तले क्षेत्रबाट संग्रह गरि गत १० अक्टोबर को दिन सिक्किम सरकारका डिजास्टर म्यानेजमेन्ट विभागका अधिकारी प्रभाकर राई समक्ष बुझाएको एकता समाजका सचिवले बताए | एकता समाजले सिक्किम गान्तोक देवराली डिजास्टर म्यानेजमेन्टको कार्यलय पुगी उक्त टोलीलाई भुइँचालो पिडितलाई सहयोगार्थ ६६ ब्याग दाल र चामल अनि लुगा फाटा सुम्पिएको समाजका सचिव द्वारा थाहा लागेको छ |
यसै विषयलाई लिएर आज मंग्पू  चौरास्तामा एकता समाजले एक आकस्मिक पनि सम्पन्न भयो | एकता समाजले राहत सामगी  संगै १०,००० रुपियाँ बुझाउँदा उक्त रुपियाँ ग्रहण नगर्ने सिक्किम सरकारको निर्णय सम्बन्धित अधिकारीबाट बुझेपछि उक्त रकम केवल ब्यांक ड्राफ्ट द्वारा मात्र ग्रहण गर्ने हुँदा उक्त दिन केवल सामग्रीहरु मात्र बुझाएको सभामा सबैलाई अवगात गराए | यसै बीचमा ११ अक्टोबरको दिन मंग्पू  च्यानेल द्वारा कालेबुंग महकुमा अन्तर्गत कागे ग्राम पंचायत रेभक गाउँ , गेरेक , समकहीउ अनि भरिया बस्तीका बासिन्दाहरु पनि भुइँचालोले पिडित भइ बर्तमान समय सम्म असहाय अवस्थामा रहेको जानकारी प्रसारण हुँदा सो रकम ती पिडितहरुलाई  प्रदान गरिने निर्णय लिइयो |
स्मरण रहोस मंग्पू  एकता वेलफेयर समाजको यस भन्दा अघि पनि पहिरो पिडित परिवार तथा बिहारमा गत वर्ष आएको बाड पिडित परिवारलाई पनि राहत सामग्री पुराउन र दुखको क्षणमा सहायता गर्न सक्षम बनेका थिए |

Related Posts:

  • गाउँबुढा भइन्‌ सानुमतिकालेबुङ, 5 नोभेम्बर। तिनी चुपचाप थिइन्‌। यसरी चुपचाप बसेकी धेरै भइसकेको छ। 82 वर्ष प्रौड नारी तर सिर्जनात्मकतामा अझ युवा। तिनलाई कालेबुङले माया गरिरहेको थियो। त्यो मायाले तिनी हर्षित थिइन्‌। यस्ता हर्ष र दुःखहरूलाई तिनले अहिल… Read More
  • गोरानिमो प्रमुख दावा पाख्रिनले तोडे मौनताकलेबुग 5 नोभेम्बर : डि के वाइबा- गोर्खाल्यण्ड राज्य निर्माण मोर्चा(गोरानिमो) अध्यक्ष एव पुर्व पार्षद दावा पाख़्रिनले धेरै दिनपछि आफ्नो मौनता तोडेको छ। तिनी आज आफ्नो द्लबल सहित यहाँको ड्म्बर चौक आइपुगेका थिए। यस अवसरमा ति… Read More
  • All-party meet at DM’s office regarding civic elections in Darjeeling, Kalimpong, Kurseong and MirikAn all-party meeting was held today at the office of the Darjeeling district magistrate (DM) regarding civic elections in the four municipalities, namely, Darjeeling, Kalimpong, Kurseong and Mirik, slated on 11 December. All … Read More
  • सर्जकहरू पीडामा कालेबुङ, 5 नोभेम्बर। उन्मुक्त विचारहरूको बौद्धिक उठान। बसिबिँयालोको मूल मन्त्र रहेको थियो। वर्तमान राजनैतिक परिस्थितले सर्जकहरूमा जुन मौनता छाएको छ,त्यसलाई तोड्‌न पनि बसिबिँयालोको लक्ष्य रहेको संकेत बसिबिँयालोको आचार संहिता … Read More
  • बसिबियॉंलोको शतकीय प्रकरणमा आजदेखि उन्मुक्त विचारको उठानमनोज वोगटी कालेबुङ, 5 नोभेम्बर। रामकृष्ण रङ्गमञ्चमा बसिबिँयालोको 100 प्रकरण आजदेखि शुर भयो। कार्यक्रममा सिक्किमका साहित्यकार, भाषाविद् रुद्र पौड्याल मुख्य अतिथि रहेका थिए भने सानुमति राई नयॉं दिल्लीका सामाजिक कार्यकर्ता डीके … Read More

0 comments: