Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Oct 2011

नगरपालिकाद्वारा छापा- रेष्टुरेन्टमा ताला

कालेबुङ, 17 अक्टोबर।
कालेबुङ नगरपालिकाले आज पनि नगरमा छापा मार्‍यो। छापा मार्नुको कारण थियो नगरमा भइरहेको अवैद्धतालाई हटाउनु अनि वैधानिक प्रशासनिक क्षमता स्थापित गर्नु। यसै क्रममा नगरपालिका खाद्य निरीक्षक सञ्जय प्रधान, लाइसेन्स निरीक्षक साहिर अहमदले दलबल लिएर नगरको निरीक्षण गरे। छापामार अवधी नगरै कै मेनरोडको मैयुरा रेस्टुरेन्टमाथि अधिकारीहरूले ताला झुण्डाउनु पर्‍यो। अचानक नगरपालिकाको दलबलले छापा मार्ने क्रममा बाहिर सफा देखिने यो रेस्टुरेन्टको भन्साकोठाको फोहोर देखेर अधिकारीहरू तिनछक्क परे। कति मैला खानेकुरा यो रेस्टुरेन्टमा बिक्रि गरिँदो रहेछ भन्ने कुरा चाल पाएपछि अधिकारीहरूले तत्कालै रेस्टुरेन्ट मालिकको लाइसेन्स जफत गरियो। 'यस्तो अस्वस्थ खाना बिक्रि गर्ने यो रेस्टुरेन्टको लाइसेन्स पनि रद्द  हुन सक्छ'खाद्य निरीक्षक सञ्जय प्रधानले पत्रकारहरूलाई भने। यता रेस्टुरेन्ट मालिकको स्पष्टिकरण भने बेग्लै छ।' मेरो बिल्डिङ बनिँदैछ। कर्मचारीहरू कम छन्‌। बनिँदै गरेको बिल्डिङ अनि कर्मचारीहरूको अभावको कारण सरसफाई गर्न सकिरहेको थिइनँ।' रेस्टुरेन्ट मालिक हीरालाल गुप्ताको बाहना यस्तो थियो। एकातिर बिल्डिङ बनिँदै गरेकालेे सफाई गर्नु नभ्याएको अनि यसको कारण जताततै मैला थुप्रिएको यो रेस्टुरेन्टमा कोही पनि स्वास्थ्य सचेतले कुनै पनि खाने कुरा त खॉंदैनन्‌ नै तर नगरको व्यवस्ताले ग्रसित जसले पनि यहॉं कुनै पनि खाने कुरा खान्छन्‌ उनीहरू स्वस्थ रहन्छन्‌ भन्न सकिन्न। एकातिर पर्यटकको सिजन लागेको छ अर्कोतिर रेस्टुरेन्ट बन्द गरेर बिल्डिङ बनाइरहन पनि नसक्ने हीरलालले चिचिको पनि लोभ पापाको पनि लोभ गर्नाले अब बिल्डिङ नबनिञ्जेलसम्मको निम्ति पर्यटन मौसममा पनि आफ्नो रेस्टुरेन्ट बन्द गर्नु पर्‍यो। रेस्टुरेन्ट त बन्द भयो नै अझ हीरालाललाई लाइसेन्स नै रद्द गर्ने हो कि भन्ने त्रास पनि रहेको छ। नगरपालिकाले होटल र रेस्टुरेन्टमा अचानक छापा मार्ने कार्यलेे होटल र रेस्टुरेन्ट व्यवसायीहरूलाई सतर्क बनाएको छ। नगरपालिकाले बेलाबेला यस्ताखाले नागरिकहीतको कर्तव्य त निभाइरहेको छ तर यसलाई निरन्तरता नदिनाले नगरपालिका नगरवासीमा बद्नाम पनि रहेको छ। कालेबुङको नगरपालिका प्रशासन आफ्नो कर्तव्यमा घरिघरि बौरिने अनि त्यसपछि चुपचाप बसेर अवैद्ध र गैरकानूनी काम गर्न दिइरहने चालाको कारण नगरपालिका विभिन्न आरोपहरूकरो शिकार रहेको कुरालाई नगरपालिकाले 'मुटुमा खिल्ने हो कि फेरि पुरानै रोग दोहोर्‍याउने हो' उता दलबल टोलीले छापा मार्दा यता नगरवासीले कुरा काटिरहेका थिए। यता आज नगरपालिकाको टोलीले अगिबाट नै अन्तिम आदेश दिइसकेका तर आदेशको पालना नगर्ने फुटपाते पसलहरूलाई पनि उठायो। फुटपाते पसलहरू त उठायो नै पसलका सामानहरू पनि जफत गरियो। अन्तिम आदेश पाएर पनि नटेर्ने फुटपाते फसलेहरूसित अचानक भएको छापाको बेला ट्वाल्ल पर्नु बाहेक अर्को विकल्प थिएन। बिक्रि गर्न राखिएका फलहरू नगरपालिकाले मैलाको डस्टबीनमा हालिदियो भने अन्य सर सामाग्रीहरू नगरपालिकाको वाहनमा लादेर नगरपालिका कार्यालय पुर्‍याइयो। नगरपालिकाका अधिकारीहरूले तर केवल दुइचार वटा पसलहरू मात्र उठाउन पाए किन भने छापाको खबर पाएर धेरै नै फुटपाते फसलेहरूले सुइँकुच्चा ठोकिसकेका थिए। यसरी नै अघि पनि नगरपालिकाले पसलहरू हटाउने कार्य गरेको थियो तर धेरैदिन नगरप्रशासन मौन रहेकोले फेरि पनि विस्तारै फुटपाते पसलहरू बड्‌न थालेको थियो। फेरि पनि नगरपालिकाले धेरै दिन शिथिल बने फुटपाते पसलेहरूले पसल फिजाउने निश्चित रहेको छ। यता पसल उठाएर मात्र समस्याको समाधान नहुने कुरा पसलेहरूको छ। उनीहरू अनुसार उनीहरूलाई पसलको विकल्प पनि दिनुपर्छ।


Related Posts:

  • Bal Suraksha Aviyan observes International Day of Girl Child PRADIP LOHAGUN KALIMPONG 16 Oct 2013 Bal Suraksha Aviyan, an organisation for safeguarding child rights, observed International Day of the Girl Child on Tuesday at Thanadara Trikon Park in Kalimpong in associ… Read More
  • आन्दोलनलाई तीव्रता दिने तयारीमा क्रामाकपा कालेबुङ 9 अक्टोबर (प्रदीप) क्रामाकपाको कालेबुङ आञ्चालिक समिति दशैँपछि छुट्टै राज्यको आन्दोलनलाई तीव्रता दिने तयारीमा छ। आञ्चालिक समितिको कोर कमिटिको बैठकमा आज यो प्रस्ताव ग्रहण गरिएको छ। यहाँको सातदोबाटोस्थित पार्टी कार्यालय… Read More
  • Darjeeling-Dooars forum born Darjeeling 10 Oct 2013 Born out of the need to enhance among people levels of awareness in politics, development and environmental, educational and other critical issues pertaining to the Darjeeling hills, memb… Read More
  • Hill TMC leadership slams GJM’s self-centered politics PRADIP LOHAGUN KALIMPONG 10 Oct 2013 The hill unit of the TMC, with its influence increasing of late, has decided to organise public meetings across the hills after Dashai. The hill TMC met today at Jagan… Read More
  • Kurseong gets soaked; house damaged extensively KURSEONG 16 Oct 2013 Incessant rainfall and strong winds since October 13, in the wake of Cyclone Phailin, have damaged the house of a BPL family here in Kurseong. The house of Kaludas Darjee (62) at Lower Dum… Read More

0 comments: