Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Oct 2011

सक्षम प्रतिनिधि खोज्दै युवा कंग्रेसको बुथ चुनाउ

कालेबुङ, 17 अक्टोबर।
दललाई सही मानकमा जनतासित सामाञ्जस्य गराउँदै जनमुद्दालाई तृणमूलस्तरबाट नै सम्बोधन गर्न अल इण्डिया युथ कंग्रेसले विकास गरेको नयॉं तक्निकलाई दार्जीलिङ जिल्लामा लागू गर्ने कार्य भइरहेको छ। राहुल गान्धीले राजनैतिक सत्ता र स्वार्थ लोलुपताको कारण अथवा डर्टी पोलिटिक्सबाट पछि बसेका प्रत्येक समाजका सही नेतृत्व दिने युवाहरूलाई अघि ल्याउन नेतृत्व छनौट प्रक्रियाको विकास गरेका हुन्‌।
 दार्जीलिङ जिल्लामा युवा कंग्रेसलाई सही नेतृत्व दिने, जनताको आवाज बोक्न सक्ने शिक्षित र सचेत युवा खोज्दै विधानसभा क्षेत्रमा बुथ समितिको चुनाउको प्रक्रिया शुरू गरिएको छ।
आज जिल्लाभरि नै  बुथ समितिको निम्ति उम्मेद्वारिता गर्न जिल्लाका युवावर्गले नामाङ्‌कन पत्र भरे। कालेबुङ विधानसभा क्षेत्रको मोठ 210 बुथको निम्ति नामाङ्‌कन पत्र भर्ने युवाहरूले कंग्रेसको महकुमा कार्यालयमा भीड जमाएको थियो।  'मोठ 630 आसनको निम्ति युवाहरूले नामाङ्‌कनपत्र भर्ने छन्‌' -जिल्ला कंग्रेसका सचिव दिलिप प्रधानले भने। तिनी अनुसार एक बुथ समितिमा अध्यक्ष, सचिव अनि सहसचिव गरी तीन आसन रहनेछन्‌। चुनाउ प्रकियालाई जनवरी महिनादेखि नै शुरू गरिएको हो। आज दोस्रो चरणमा युवाहरूले नामाङ्‌कन पत्र भरेका हुन्‌।'22 जनवरीको दिन कालेबुङका 30 युवाहरूले नामाङ्‌कन बुझाएका थिए। आज लगभग सय भन्दा धेरले नामाङ्‌कन बुझाइसकेका छन्‌। बेलुकीसम्म धेरैले बुझाउने आशा गरिएको छ' प्रधानले थपे।
कालेबुङका तीनवटै खण्डबाट नामाङ्‌कन बुझाउन कंग्रेस कार्यालय धाएको देखियो। दिलिप प्रधान अनुसार सर्वभारतीय युवा कंग्रेसले पठाएका एसिस्टेन्ट रिटर्निङ अफिसरहरू इन्द्रजित, सौरभसिंह अनि अविनाशको देखरेखमा नै गणतान्त्रिक पद्धतिमा नामाङ्‌कन पत्र भरिएको छ।
'18 अक्टोबरको दिन नामाङ्‌कनमाथि पुनर्जॉंच हुनेछ अनि 22 अक्टोबरको दिन चुनाउ हुनेछ' -प्रधानले भने। तिनी अनुसार विधानसभा क्षेत्रको चुनाउपछि तीन खण्डका विजयी उम्मेद्वारहरूबाट नै महकुमा समितिका पदाधिकारीहरको चुनाउ गरिने छ। त्यसपछि प्रत्येक महकुमा समितिका पदाधिकारीहरूबीच नै जिल्ला समितिका पदाधिकारीहरूको चुनाउ हुनेछ। ' म युवा कंग्रेसका अध्यक्ष थिएँ। अहिले मलाई जिल्ला युवा कंग्रेसको अध्यक्षबाट पदोन्नति गरेर जिल्ला कंग्रेसको सचिवकोरूपमा नियुक्त गरिएको छ। यसै खालीपद्‌को निम्ति यो चुनाउ भइरहेको छ' -प्रधानले स्पष्ट पारे। तिनले युवाहरूको सक्रियता युवा कंग्रेसमा धेरै रहेको बताइरहेको भए पनि 630 आसनको निम्ति कूल 130 युवाहरूले मात्र नामाङ्‌कनपत्र भरेको देखिएको छ।


Related Posts:

  • धमिलो सम्बन्धमा मोर्चा कालेबुङ 28 मार्च। (प्रदीप)ः गत लोकसभा चुनाउको तितो अनुभवहरू पचाएर मोर्चाले यसपालि फेरि भाजपालाई समर्थन गर्ने जोखिम त उठाएको छ तर कथङ्काल केन्द्रमा भाजपा सरकार आउन सकेन भने राज्यको तृणमूल सरकारले धूलो काट्छ भन्ने चिन्ताले यति… Read More
  • दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको महकुमा स्तरीय चुनाउ समिति गठनकालेबुङ 27 मार्च। (प्रदीप)ः दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशन अनि यसका सहयोगी दलहरू मिलेर आज महकुमा स्तरीय चुनाउ समिति गठन गरिएको छ। यहाँको ठाकुरवाडीस्थित श्यामादेवी भवनमा सम्पन्न बैठकपछि चुनाउ समितिको गठन गरिएको… Read More
  • घोटलाकाण्डका आरोपी कालिकोटेमाथि उपभोक्ता प्रेसर कालेबुङ , 28 मार्च। इनरट्रिप रेयुकाई घोटालाकाण्डका अभियुक्त गौतम कालिकोटे आज न्यायालको पेशीअवधि पनि सञ्जोले बस्न पाएनन्। जब उनी आज कालेबुङ न्यायालय पुगे तब निवेशकहरूको एउटा ठूलै झुण्ड कोर्ट परिसरमा बसेका थिए। यसअवधि अभियुक्तल… Read More
  • मोर्चाको बैठक कालेबुङ, 28 मार्च। लोकसभा चुनाउलाई केन्द्र गर्दै आज गोर्खा जनमुक्ति मोर्चा महकुमा समिति कार्यालयमा दलीय कर्मी सभा सम्पन्न भयो। मोर्चा महकुमा समितिका संयोजक नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा मोर्चा प्रवक्ता एवं कालेबुङक… Read More
  • गोरामुमोको सभाकालेबुङ 27 मार्च। (प्रदीप)ः कालेबुङ नगरपालिकाको एघार नम्बर वार्डमा गोरामुमोले आज टाउन कमिटिको शाखा विस्तार गरेको छ। 11 नम्बर वार्डको गोसखान क्षेत्रमा आज सम्पन्न दलको बैठकपछि टाउन कमिटि शाखाको पुनर्गठन गरिएको छ। दलको कालेबुङ म… Read More

0 comments: