Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Oct 2011

सर्वदलीय बैठकमा गोजमुमो लगायत बिभिन्न दलहरुलाई निम्तो


कालेबुङ १८ अक्टोबर: डी के वाइबा: भागोप राष्ट्रीय अनि गैर राजनैतिक संगठन भएको कारण दलीय एकाताको सहमती जुटाउन सक्षम हुनेछ भनेर सबैले भनेपछि छुट्टै राज्यको आन्दोलनको निम्ति दलीय एकता जुटाउने कार्यमा लागिपरेको प्रधानले बताए। गोर्खाल्याणड माग्ने राजनैतिक पार्टीहरुमा एकता नभएपछि भागोपका अन्य राज्यका मानिसहरुले किन दलीय एकता छैन भनेर बारम्बार प्रश्न गरिरहेको पनि तिनले गनाए। क्षेत्रिय दलहरु एक नभइ अन्य राज्यरुबाट मात्र एक भएर आवाज उठाउँदा प्रभावकारी नहुने कारण पहिला गोर्खाल्याण्ड माग्ने दलहरुनै इक हुन आवश्यक रहेको पनि तिनले जनाए। आगामी सिलगडीमा हुने सर्वदलीय बैठकमा दलीय एकताको निम्ति सहमति हुन  सके साझा मञ्च तयार गरेर राष्ट्रीय स्तरमा आन्दोलन अधि बडाने पनि प्रधानले बताए। साझा मञ्चको नेतृत्व भने भागोपले नै गर्नेछ भनेर भूल धारणा भने कसैले राख्न नहुने पनि तिनले स्पष्ट पार्दै सबैको सहमति कायम गरेर अघि बड्ने पनि तिनले जनाए। तर बिगतका कतिपय बिफल बनेका साझा मञ्चहरुलाई हेरेर यसपल्ट भने साझा मञ्चको संविधान समेत बनाएर संविधान अनुरुप कार्य गर्नु पर्ने भएको छ। अघिका संयुक्त मञ्चहरुमा संविधान नभएको कारण मञ्चभित्र नै बिरोधाभास सृजना भएर दिर्घ दिनसम्म टिक्न नसकेको कारण पनि भागोपले यसबाट पाठ सिकेको छ । यसपल्ट तयारी हुने साझा मञ्चकै माध्यमबाट राष्ट्रीय स्तरमा पनि अन्य दलहरुलाई सहमतीमा ल्याउन सकिन्छ अनि छुट्टै राज्यको ढोका सम्म पुग्न सकिने कुरामा पनि भागोप आशावादी बनेको छ। भागोपको सक्रियतामा हुने सर्वदलिय बैठकमा यसपल्ट कुनैपनि राजनैतिक दलहरुलाई नछोडी बोलाइने भएको छ। यसलगायत गैर राजनैतिक संस्थाहरु अनि गोर्खाल्याण्ड प्रति समर्पीत रहेका मानिसहरुलाई समेत निम्ताइने भएको छ। अहिले पत्रचार गर्ने क्रममा गोजमुमो पार्टीलाई दिइसकेको अनि पत्र प्राप्त गरेको कपी पनि आफुहरुसंग रहेको पनि तिनले जनाए। आफुहरुले सबैलाइ एक गरेर मुद्दालाई अघि बडाउन पहल गरेर सरबदलीय बैठक राखे पनि सभामा आएका दलहरुबाट नै सहमति बनाएर साझा मञ्च तयार गर्ने बताए। बिगतका दिनमा जसरी नेपाली भाषा मान्यताको निम्ति सम्पूर्ण राजनैतिक दलहरु र संघ संस्थाहरु एक भएर आन्दोलनमा ओर्लिएका थिए यसपल्ट पनि सोही प्रकारको आन्दोलन गोर्खाल्याण्डको निम्ति होस भन्ने चाहना भएको पनि प्रधानले जनाए।

Related Posts:

  • Sikkim to get soccer school for U-14Gangtok, April 15: The All India Football Federation will set up a regional academy in Sikkim along with seven other places in the country to train Under-14 players, the best of whom will be picked up for the national youth t… Read More
  • Sikkim No.1 DanceRANGPO-14TH APRIL12Dance no i competition organised by badhai cha creation in association with proud to be sikkimese and basibiyalo Singtam started from today at Singtam nepali dharmaasala.inagurated by mr saran Pradhan S… Read More
  • Traders’ strike woes: loss, snub and apathyJalpaiguri, April 15: The business community in north Bengal has complained that in the absence of a “negotiating lever”, it has failed to convince political parties to refrain from strikes.Stakeholders in tea and tourism sec… Read More
  • Eye on record in descent - ‘Death zone’ glide beckons everest climberDarjeeling, April 13: The principal of Himalayan Mountaineering Institute in Darjeeling has set an ambitious target of becoming the first Indian to paraglide from the “death zone” of Mt Everest to reach a base camp around 9,0… Read More
  • Whiff of CPM revival plan in May 1 meetDarjeeling, April 13: The CPM has decided to organise May Day celebrations in Darjeeling after four years, an indication that the party is trying to make a comeback in the hills when other outfits opposed to the Gorkha Janmuk… Read More

0 comments: