Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Oct 2011

छुट्टैराज्यको सन्दर्भमा हिल कंग्रेसले भन्यो -सासंद जसवन्त सिंहले मुद्दालाई राष्ट्रियकरण गरेन

मनोज वोगटी
कालेबुङ, 17 अक्टोबर।
राष्ट्रिय दल कंग्रेसलाई दार्जीलिङको जनताले समर्थन नगरेकोले नै गोर्खाहरूको छुट्टैराज्यको मुद्दाले राष्ट्रिय मान्यता पाउन नसकेको हिल कंग्रेसका सचिव दिलिप प्रधानले बताएका छन्‌। 'सबैले अहिले नै गोर्खाल्याण्ड राज्य हुन सक्दैन भनेपछि कंग्रेसले उसो भए युनियन टेरिटोरी त हुन सक्छ, यस मुद्दाको निम्ति हिल कंग्रेसले केन्द्रको कंग्रेसलाई सहमत गराउन सक्छ भनेर नै कंग्रेसले युटीको मुद्दालाई प्राथमिकता दिएको थियो। यसै मुद्दाको निम्ति हिल कंग्रेसले जनतालाई समर्थन माग्दै विधान सभा चुनाउ लडेको थियो, डर जनताले यो मुद्दालाई समर्थन नगरेर जीटीएलाई समर्थन गर्‍यो' प्रधानले
ठाडै भने।
 'अहिले सबैले धोका भयो भन्दैछन' तिनले थपे। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलन भन्दा हिल कंग्रेसले समर्थन दिएको भन्दै प्रधानले यस अघि सुवास घिसिङलाई पनि  समर्थन गरेको पनि दोहोर्‍याए।
'जसले पनि ईमान्दाररुपले छुट्टै राज्यको कुरा उठान गरे कंग्रेसले समर्थन गर्‍यो। कंग्रेसले क्षेत्रीय मुद्दाहरूलाई त प्राथमिकता त दिन्छ नै, छुट्टै राज्यको राष्ट्रिय मुद्दालाई पनि समर्थन गरेको हो। जनताले कंग्रेस राष्ट्रिय दल हो, यसले गोर्खाल्याण्ड राज्यको कुरा उठान गर्नुपर्छ भन्छ भने कंग्रेसलाई समर्थन पनि गर्नु पर्‍यो। कुन जनाधार देखाएर कंग्रेसले मुद्दाको उठान गर्ने? मुद्दा उठाउ, भनेर मात्र त भएन नी'-प्रधानले सोझो कुरा पनि राखे। तिनले मोर्चाले जीटीए थापेपछि फेरि सबै क्षेत्रीय दल एक हुने र संयुक्तरूपमा आन्दोलन गर्ने हल्ला त सुनिँदैछ, तर अब कुनै पनि संयुक्त मञ्चको कार्यनीति त मुद्दामा निहित ईमान्दारिता पनि हेर्नै पर्ने भएको जनाएका छन्‌।
 'अहिलेसम्म कंग्रेसलाई दलीय सहमतिको पत्र कसैबाट पनि आएको छैन। आएछ भने पार्टीको जिल्ला समितिमा बैठक गरेर समर्थन गर्ने नगर्ने निर्णय गरिनेछ।'
 अघिबाट जिल्ला युवा कंग्रेसको अध्यक्ष रहेका प्रधानलाई अहिले पश्चिम बङ्गाल प्रदेश कंग्रेसका अध्यक्ष प्रदीप भट्टाचार्यले दार्जीलिङ जिल्ला कंग्रेसको सचिवको रूपमा नियुक्त गरेका छन्‌।
जिल्ला कंग्रेसको सचिव भएपछि तिनी पहिलोपल्ट पत्रकारहरूसित बोलिरहेका थिए। 'कंग्रेसलाई समर्थन गरेको खण्डमा कंग्रेसले छुट्टैराज्यको मुद्दालाई राष्ट्रियरूप दिने छ'-तिनले भने।
 अहिले युवा कंग्रेसको बुथ समिति चुनाउको निम्ति व्यस्त रहेका प्रधानले छुट्टैराज्यको मुद्दाले राष्ट्रिय स्वरुप पाउन नसक्नुमा पहाडका क्षेत्रीय दलहरूको राजनैतिक असचेतता, गलत निर्णयहरू अनि गलत मान्छेलाई पहाडको सांसद बनाउनु रहेको  बताए।
'बीजेपीका सांसद जसवन्त सिंहले मुद्दालाई राष्ट्रिय मान्यताको निम्ति प्रस्तुत गर्नु पर्ने हो। तिनले दार्जीलिङ जिल्लाको ससाना समस्याहरूको समाधानको निम्ति मुद्दालाई राष्ट्रियस्तरमा नराख्नु कंग्रेसको भूल होइन।
तिनले संसदमा मुद्दाको व्याख्या क्षेत्रीय समस्यासित जोडेर गरे। त्यसैको फलस्वरूप अहिले जीटीए पाइएको छ' तिनले भने,'जीटीए जिल्लाको विकासको निम्ति यसकारण उपयुक्त छ किन भने दुइवटै आन्दोलनले पहाडमा रहेका आर्थिक संसाधनहरू नष्ट गरेर जनतालाई अभावमा पार्‍यो।' तिनलाई कंग्रेसका सांसद इन्द्रजित खुल्लरले पनि मुद्दालाई राष्ट्रियस्तरमा उठान गरेनन्‌ नी, भनेर सोधिएको प्रश्नको उत्तरमा खुल्लर र सिंहको चुनावस्थितिमा आकास पातालको फरक रहेको बताए। 'खुल्लरलाई दागोपाप थापेपछि सांसद बनाइएको हो। खुल्लरसित उठाउनुपर्ने मुद्दा थिएन।
 तिनी दागोपापका सांसद थिए। जसवन्त सिंहलाई त गोर्खाल्याण्ड मुद्दाको निम्ति सांसद बनाइएको थियो। तिनको काम गोर्खाल्याण्डको मुद्दा उठान गर्नु मात्र थियो। त्यही काम सिंहले गरेनन्‌।
तिनले संसदमा काम नगरेपछि जिल्ला कंग्रेसले कुन आधारमा चाप दिने हो?' कंग्रेस कै सांसद दावा नर्बुलाले भने धेरैपल्ट मुद्दाको उठान गरेको अनि केन्द्रको कंग्रेस मुद्दाबारे अवगत रहेको भए पनि जिल्लामा सांसदलाई बल दिने कुनै कार्यक्रम नभएकोले  काम हुन नसकेको पनि बताए।


Related Posts:

  • Rally, meeting held in Kalimpong Report by:  PRADIP LOHAGUN KALIMPONG 24 Aug 2013 A series of programmes were held today under the leadership of the Janmukti Minority Sangathan (JMS) in Kalimpong. Town residents attended the ra… Read More
  • लेप्चा विकास परिषर्दले पैसा पाउँला ? विधायक ड़ा छेत्रीको प्रश्न कालेबुङ 25 अगष्ट: छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आन्दोलित बनेको दार्जीलिङ पहाड़ तग 20 दिन अघिदेखि अचल अवस्थामा रहेको छ। यहाँको समस्यालाई शान्त पार्न हाल राज्य सरकारले कुनै प्रकारको राजनीतिक चासो दिइरहेको छैन भने अर्क… Read More
  • SGP press meet on Gorkhaland issue Gangtok 24 Aug 2013 The Sikkim Gorkha Prajatantrik party today convened a press conference to express its views on the ongoing agitation for statehood in the Darjeeling hills. SGP president KB Rai said, “Th… Read More
  • मानिसहरु सिलगढ़ी प्रस्थान हुदा विधायकले दुखाए मन कालेबुङ 25 अगष्ट: बन्द अवधि कालेबुङबाट सिलगढ़ी प्रस्थान हुने मानिसहरुको संख्या दिन प्रतिदिन बढ़दै गइरहेको छ भने आज मोर्चा प्रवक्ता ड़ा हर्कबहादुर छेत्रीले यसले आन्दोलनमा नकारात्मक प्रभाव पार्ने कुरा गरेका छन्। आज डम्बरचोकमा… Read More
  • EPCS delegation meets CM Gangtok 25 Aug 2013 Around 40 members  of the Evangelical Presbyterian Church of Sikkim from all the four districts of the state led by MLA Menlom Lepcha, Rev PS Timgmo and mediator Remon Molommu today c… Read More

0 comments: