Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Oct 2011

गोर्खाल्याण्डको आन्दोलन अघि बडाउन भागोपले साझा मञ्चको गठन गर्ने-भागोपले नै पार लगाउँनेछ भन्ने दाबी छैन


कालेबुङ १८ अक्टोबर: डी के वाइबा : छुट्टै राज्य गोर्खाल्याणड प्राप्तीको निम्ति भारतीय गोर्खा परिसंघ (भागोप)ले क्षेत्रीय स्तरका राष्ट्रीय अनि क्षेत्रीय राजनैतिक पार्टीहरुलाई समेटेर एउटा साझा मञ्च तयार गर्न आफ्नो पहल शुरु गरेको छ। भारतमा गोर्खाहरुको जातिय अस्तित्व र राष्ट्रीय चिन्हारी केवल छुट्टै राज्यले मात्र बोक्ने भएको कारण छुट्टै राज्य प्राप्ती केवल सामुहिक आन्दोलनले ल्याउन सकिन्छ भनेर भागोपले यो पहल अघि बडाउने कार्य शुरु गरेको हो। दलिय एकता कायम गरेर केन्द्रमा दबाव बनाउँन सकिन्छ भनेर यसअघि पनि भागोपले दलीय एकता जुटाउने पहल गरेता पनि सो पूर्ण हुन सकेको थिएन । तथापी यसपल्ट दार्जीलिङ पहाडको राजनैतिक स्थिति राम्रो भएको कारण भागोपले यस कार्यलाई पुन: अघि बडाउने कार्य गरेको भागोपका केन्द्रीय कार्यकारी अध्यक्ष रेभरेन डा एनोस दास प्रधानले बताए। भागोपले उठान गरेको मुद्दाहरुमा पहिलो छुट्टै राज्यको मुद्दा रहेको बताउँदै यस समस्यालाई दिर्घ मियादी समाधान गर्न दलीय एकता अनिवार्य रहेको पनि बताए। यस अघि चुनावको समयमा छुट्टै राज्यको मुद्दालाई पार लगाउँन साझा उम्मेद्वार बनाउँनुको निम्ति भागोपले पहल गरेको तर यहाँका राजनैतिक पार्टीहरुको सहमति कायम हुन नसके पछि उक्त कार्य बिफल भएको बताउवदै यसपल्ट चुनावको मुद्दा नभएर जातिय अस्तित्व र राष्ट्रीय चिन्हारीको मुद्दाको निम्ति राजनैतिक दलहरुको सहमति हुनसक्ने कुरामा भागोप आशावादी रहेको पनि तिनले जनाए। छुट्टै राज्यको मुद्दमा दलीय एकता कायम गर्न आगामी २३ अक्टोबरको भागोले सिलगडीको भानुभक्त समिति भवनमा सर्बदलीय सभा समेत डाकेको अनि हाल पत्रचारको कार्य सम्पन्न भइरहेको पनि तिनले जनाए।


भागोपले नै पार लगाउँनेछ भन्ने दाबी छैन 


छुट्टै राज्य प्राप्तीको निम्ति भागोप एक्लै कहिले पनि कुद्न नचाहेको तर सबै दलहरुलाई समेटेर अघि बडौं भन्ने चाहना भएको पनि एनोस दास प्रधानले जनाए। तिनले दलीय एकताको पहल संगै अधि बडौं भन्ने सोंच लिएर शुरू गरेको पनि बताए। छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने हामी नफुटौं तर सरकारलाई सामुहिक रुपमा दबाव सृजना गरेर गोर्खाहरोको सपना पुरा गरौं भन्ने भागोपको आह्वान हो भनि बताउँदै भागोपले नै मुद्दालाई पार लगाउनेछ भन्ने दाबी नरहेको पनि बताए। यसपल्ट हुने आन्दोलन क्षेत्रीय स्तरमा भन्दा बडी राष्ट्रीय स्तरमा हुने पनि तिनले जनाउँदै क्षेत्रीय स्तरमा रहेका राष्ट्रीय पार्टीहरु पनि यदि साझा मञ्चमा आए राम्रो हुने पनि तिनले बताए। यदि राष्ट्रीय दलहरु साझा मञ्चमा आएर गोर्खाल्याणडको निम्ति आवाज उठाए त्यसले केन्द्रमा दबाव हुने पनि प्रधानले बताए। किन कि गोर्खाल्याण्डको निम्ति सबैले सामुहिक रुपले आवाज उठाए उनीहरुले केन्द्रको नेताहरुमा दबाव दिने कार्य गर्नु कर्तब्य रहेको अनि यस्तो रणनीति भए केन्द्रमा दबाव हुने पनि तिनले दाबी गरे। बिगतका दिनहरुमा भएको आन्दोलनमा जस्तो यसपल्ट आम मानिसहरुलाई क्षेत्रीय स्तरमा हुने कष्टप्रद आन्दोलन पनि साझा मञ्चले नगर्ने उदेश्य राखेको बताउँदै भारतमा गोर्खाहरुको त्याग र बलिदानको आजसम्म कदर सरकारले नगरको पनि प्रधानले आरोप लगाए। साझा मञ्चको निम्ति दलीय सहमती बनिएपछि कार्यक्रमको रणनीति र रोडम्याप तयार पार्ने पनि भागोप राष्ट्रीय कार्यकारी अध्यक्ष रेभरेन एनोसदास प्रधानले बताए।

Related Posts:

  • GNLF enacting its ‘politics of silence’? KURSEONG 8 Sep 2013 The Gorkha National Liberation Front, once the most powerful and influential party in the Darjeeling hills, has remained silent even as the Gorkha Janmukti Morcha-led agitation continues … Read More
  • JSTO, JPTO meet to discuss school reopening issue PRADIP LOHAGUN KALIMPONG 8 Sep 2013 The Janmukti Secondary Teachers’ Organisation and Janmukti Primary Teachers’ Organisation have endorsed the GJM’s move to reopen schools and colleges from September 13. The… Read More
  • More effective measures needed, not strikes: public KURSEONG 8 Sep 2013 Some sections of pro-Gorkhaland supporters in the hills believe the leadership should halt the programme of continued bandhs and come up with other forms of protests to increase the momen… Read More
  • अब माटोको निम्ति लड़ने छौ - शैनिक मोर्चा कालेबुङ 8 सेप्टमेबर(छेवाङ योञ्जन) : जीटीएका डेप्युटी चिफ एक्ज्युकेटीभ एवम पुर्व सैनिक/अर्ध-सैनिक मोर्चा अध्यक्ष रमेश आलेले पनि आज कालेबुङमा सम्पन्न भएको दलको पथसभाबाट राज्य सरकारको दमननीतिको आलोचना गरेका छन्। यहाँको डम्बरचो… Read More
  • आन्दोलनको रणनीति परिवर्तन गर्नुपर्छ - ड़ा. छेत्री कालेबुङ 9 सेप्टम्बर (छेवाङ योञ्जन) : लामो समयको बन्दले गर्दा पहाड़को जन-जीवन अस्तव्यस्त रहेको कारण अब आन्दोलनको आगमी रणनीति फेरबदल गर्न सक्ने मोर्चा प्रवक्ता एवम कालेबुङका विधायक ड़ा. हर्कबहाजुर छेत्रीले मनतव्य दिएका छन्। आज… Read More

0 comments: