8:42 pm
कालेबुङ, 20 अक्टोबर।
राजनैतिक हत्या र छुट्टैराज्यको मुद्दा अहिले सम्पूरक नै बनेको छ। गोर्खालीग नेता मदन तामङका हत्याराहरू अहिलेसम्म पक्रा नपर्नु बङ्गालको गणतन्त्रको सबैभन्दा ठूलो नमूना रहेको गोर्खालीगको दाबी छ। यता पहाडमा गणतन्त्रको स्थापनाको निम्ति नै आन्दोलनलाई छोडेर विकासको प्रक्रिया ल्याइएको केन्द्र राज्य र मोर्चा समेतको दाबी पनि छ। पहाडमा गणतन्त्र स्थापना त भयो तर यसको कुनै पनि नमूना राज्य सरकारसित छैन। छुट्टै राज्यको आन्दोलन नहुनुलाई राज्य सरकार र मन्त्रीहरूले शान्ति बताइरहेको छ भने त्यसलाई मोर्चाले पनि मान्यता दिइरहेको छ। सही अर्थमा गणतन्त्रको स्थापना त्यसबेला हुन्छ जब राजनैतिक हत्याका दोषीहरूलाई राज्य सरकारले पक्राउ गरेर उनीहरूलाई दण्ड दिन्छ। आफ्नो नेता गुमाएका दल गोर्खालीगले मदन तामङको हत्याको मुद्दालाई अन्त गर्ने चाबी राज्य सरकारसित रहेको दाबी गरिरहेको छ। मदन तामङकी श्रीमती भारती तामङले सोही राज्य सरकारलाई हत्याराहरूलाई पक्राउ गर्ने अपील गरेकी भए पनि तिनको अपीललाई राज्य सरकारले पत्तो नदिएको आरोप छ। तामाङले भनेकी थिइन्, मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्नको निम्ति धेरै पत्र दिँदा पनि भेट्न मानिनन्। किन भने मुख्यमन्त्रीसित नै मदन तामाङ हत्याकाण्मा संलग्नहरूको फोन ट्यापिङको डिजिटल फाइल छ। यता लीग नेता प्रताप खातीको भनाई छ, मुख्यमन्त्रीसित त्यो डिजिटल फाइल भएकैले उनी लीग प्रतिनिधिहरूसित भेट्न चाहिरहेकी छैनन्। लीग अनुसार कित मुख्यमन्त्री मदन तामाङकी हत्याराहरूलाई बँचाएर हत्याराहरूसित गोर्खाल्याण्ड मुद्दासित सम्झौता गराउने पक्षमा छिन अनि त्यसै गरिरहेकी छ, कि त ममता व्यानर्जीले पहाडमा यसैको कारण अशान्ति होस् भन्ने चहान्छिन्। प्रताप खातीले त सोझै भनेका छन्, हत्याराहरू जीटीएमा सम्झौता गर्ने गोर्खा जनमुक्ति मोर्चाका नेताहरू हुन्। उनीहरूको विरूद्ध प्राथमिकी दर्ता छ। हत्याराहरूसित राज्यका मुख्यमन्त्रीले कुराकानी गर्नु भनेको हत्या र हिंसा बङ्गालको गणतन्त्र हो भनेर प्रमाणित गर्नु हो। लीगले ममता व्यानर्जीलाई अपील गर्दै डीजीटल फाइल सीबीआईको हात पारिदिने अपील गरेको छ। लीगलाई विश्वास छ कि यसो गरेमा सीबीआईले हत्याराहरूलाई पक्राउ गर्न सक्छ। लीगले भारतको कानून व्यवस्थामा विश्वास गर्दै गरेको यो अपीललाई मुख्यमन्त्रीले कतिको गम्भीर लिने हो, त्यो स्पष्ट छैन। यता नयॉं सरकार बनेदेखि उता मदन तामङको हत्यासित संलग्न रहेको मानिएको गोर्खा जनमुक्ति मोर्चाका नेता निकोल तामङको अत्तोपत्तो छैन। सीबीआईले निकोल तामङ नेपालमा रहेको मात्र होइन नेपालबाट नै फोनमा परिवारसित कुराकानी भइरहेको समेत बताएको थियो। सीबीआईले निकोलको पोल खोलेपछि निकोलको परिवारले सीबीआईलाई सफा झुट बोलेको आरोप लगाएको थियो। त्यसबेला मीडियाले सीबीआई सॉंचो कि परिवार सॉंचो हो, यसको प्रमाण सीबीआईले निकोललाई नेपालबाट पक्राउ गरेपछि मात्र स्पष्ट हुने निचोड निकालेको थियो। तर अहिलेसम्म न त निकोल नेपालमा रहेको नै सीबीआईले पुष्टि गर्न सकेको छ न त निकोललाई पक्राउ नै गर्न सकेको छ। आखिर कहॉं छन् त निकोल, पहाडको राजनीतिमा सबैभन्दा ठूलो रहस्य नै निकोल बनेको छ। वाम सरकारको बेला पिन्टेल भिलेजबाट सीआईडीको हातैबाट भागेको भनिएको निकोलको अहिलेसम्म सीबीआईसमेतले पत्तो लाउन नसक्नुमा पनि राजनीति नै घुसेको हुनसक्ने शंका पनि लीगले गरेको छापामा आइसकेको छ। पहाडको हुने राजनैतिक हत्याको सवालमा बङ्गालमा जुनै सरकार आए पनि कानै चिरेको हुने ममता व्यानर्जीको सरकारले पुष्टि गरेको अहिले पहाडका मानिसहरूले अनुभव गरिरहेका छन्।
Related Posts:
मदन तामाङ हत्याकाण्डका भुमिगत आरोपीहरु पक्राउ कालेबुङ, १५ फरवरी
मदन तामङ्ग हत्याकाण्डमा अभियाग लागेर लामो समयदेखि भूमिगत रहेका पॉंचजनालाई सीबीआईले आज दार्जीलिङबाट पक्राउ गरेको छ| मोर्चाको विभिन्न भातृ सङ्गठनहरूसँग सम्बद्ध रहेका कार्यकर्ताहरू पूरण थामी, किस्मत छेत्री, दि… Read More
बहसमा सयुक्त समिति गठन गर्ने आमसहमती , समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गर्नेकालेबुङ, १५ फरवरी
पहाडमा सञ्चालन भइरहेको चिटङ्गण्ड कम्पनी अनि मल्टिलेवल मार्केटिङ कम्पनीहरूको स्थायित्व, वैद्यता, जवाफदेहीता र कार्यप्रणालीलाई लिएर आज कालेबुङमा गत्तिलो वहस छेडियो| हिमालय पिपस्स च्यानल(एचपीसी) को आयोजनामा समस… Read More
Appeal for calm, firmness on visits - Deb says ministers would go to hills despite protestsSukna (Siliguri), Feb. 12: North Bengal development minister Gautam Deb today appealed for calm in the hills after his return from Kalimpong where he faced black flags but he also said that state ministers would keep visiting… Read More
Morcha takes GTA grouse to governor - Team discusses state ‘interference’ Calcutta, Feb. 15: A Gorkha Janmukti Morcha team today said it had apprised the Bengal governor of the state’s alleged interference in the GTA’s affairs and that M.K. Narayanan had assured the leaders he would speak to the ch… Read More
Sikkim dharnaGangtok, Feb. 15: Different political organisations under the banner of Democratic Alliance of Sikkim today staged a daylong dharna in front of the East district administrative complex to protest police lathi-charge on Sikkim… Read More
0 comments:
Post a Comment