Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Oct 2011

भागोप फेरि सक्रिय राष्ट्रिय आन्दोलन क्षेत्रीयस्तरबाट गर्ने

कालेबुङ, 16 अक्टोबर।
विधानसभा चुनाउको बेला दलीय एकताको प्रयास गर्ने भारतीय गोर्खा परिसङ्घ अहिले फेरि तेस्रो चरणको आन्दोलनको निम्ति दलीय सहमति जुटाउन सक्रिय देखिएको छ। भागोपको दाबी छ, अघि पनि मुद्दा कै निम्ति यस्तो पहल गरिएको थियो तर चुनाउ लोलुपताले दलहरूलाई मुद्दाको निम्ति एकताको कुरा सुझेन।
अहिले चुनाउ छैन अनि गोर्खाल्याण्डको तेस्रो चरणको आन्दोलनको निम्ति फेरि दलीय सहमति जुटाउने कार्यमा भागोप व्यस्त छ। भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष एनोसदास प्रधानले आज भने, 23 अक्टोबरको दिन पहाडका दल अनि सामाजिक सङ्घसंस्था अनि सचेत नागरिकहरूलाई बैठकको निम्तो दिइएको छ। निम्तो मोर्चा अध्यक्ष विमल गुरूङलाई पनि दिइएको छ। जो पनि मुद्दामा इमान्दार छन्‌ उनीहरू बैठकमा सहमति जुटाउन आउने आशा हामीलाई छ। भागोपले गोर्खा जनमुक्ति मोर्चाले बङ्गाल सरकारसित दार्जीलिङको विकासको निम्ति गरेको सम्झौताको विरोध गरेको छैन। प्रधान अनुसार दार्जीलिङमा विकास पनि हुनुपर्छ। तर गोर्खाहरूको राष्ट्रिय चिह्नारीको निम्ति छुट्टैराज्य हुनुपर्छ। केन्द्रलाई छुट्टैराज्यको कुरा गर्दा गोर्खाल्याण्ड राज्य माग्नेहरू मिलेर आउनु भन्ने कुरा गर्छ। जहॉं आन्दोलन हुन्छ अथवा प्रस्तावित क्षेत्रमा नै दलीय विभाजन देखिएको छ। राष्ट्रिय मुद्दालाई बलियोसित उठान गर्नु हो भने विभाजित दलहरूमा एकिकरण अनिवार्य छ। यसैकारण दलीय सहमति र एकताको निम्ति भागोपले यो पहल गरिरहेको छ। प्रधानले भने, हामीले मोर्चालाई अलग राखेका छैनौं। उनीहरूले जीटीए थाप्नु कुनै बाध्यता होला तर मूलमुद्दाबाट नहटेको टेक छ। यसकारण इमान्दार छ भने मोर्चाले भागोपको पहललाई समर्थन गर्नेछ। भागोपले गोर्खाल्याण्डको निम्ति टास्क फोर्स गठन गरेको छ। भागोप राज्य समितिहरूको बैठकले प्रस्तावित क्षेत्रका दलहरूलाई एक गर्नुपर्ने प्रस्ताव लिइएकोले अहिले दलीय एकताको निम्ति पहल गरेको प्रधानको भनाई रहेको छ। भागोप राष्ट्रिय सङ्गठन भएकोले एउटा जिल्लाका दलहरूलाई किन सङ्गठित गर्ने किन राष्ट्रिय सङ्गठनहरूलाई एक नगर्ने भनेर प्रश्न गर्दा तिनले भने, जबसम्म क्षेत्रीयस्तरका सङ्गठनहरू एक हँदैन तब राष्ट्रिय सङ्गठनहरू एक हुनै सक्दैन। हामीलाई आसाम, शिलङका मानिसहरूले प्रस्तावित क्षेत्रका सङ्गठनहरू किन एक छैनन्‌ भनेर सोध्छन्‌। तिनले गोर्खाल्याण्डको मुद्दालाई देशभरिका समर्थन रहेको बताउँदै क्षेत्रीय दलहरूमा एकता ल्याउने काम सफल भएपछि क्षेत्रीयस्तरबाट राष्ट्रिय आन्दोलन गर्ने पनि बताए। मुख्य मन्त्री ममता व्यानर्जीले आफ्नै थलोमा आएर बङ्गाल विभाजन हुँदैन, गोर्खाल्याण्ड हुँदैन भन्दा पनि थप्पडी मार्नुपर्ने स्थिति रहेको बताउँदै तिनले जसको भूभाग होइन उसले विभाजनको कुरा गर्न उचित नरहेको बताए। तिनले भने, क्षेत्रीय शक्तिलाई सङ्गठित गर्ने काम भइरहेको छ। सबैको आन्दोलन हो। सबै सङ्गठित भएर अघि बढ्‌नुपर्छ। मोर्चालाई पनि साथ लिएर अघि बढ्‌छौं। राष्ट्रिय परिवेशमा चुप लाग्नु हुँदैन। दार्जीलिङ जिल्ला छुट्टैराज्यको निम्ति प्रस्तावित क्षेत्र हो, यहीबाट आन्दोलन हुनुपर्छ। जब देशले सैद्धान्तिकरुपले गोर्खाहरूलाई छुट्टैराज्य चाहिन्छ भन्ने कुरामा सहमति भएपछि मात्र राज्य कहॉं हुनुपर्ने भन्ने कुरा आउने भए पनि भागोपले धेरै ऐतिहासिक तथ्यहरू अनि गोर्खाहरूको बाहुल्यको आधारमा यही जिल्लामा नै छुट्टैराज्य हुनुपर्छ भन्ने कुरा सधैँ दोहोर्‍याइरहेको छ। देशभरि फैलिएको भागोपले दार्जीलिङ जिल्लामा विधासभा चुनाउको बेला दलहरू एकिकृत गरने प्रयास गर्दा धेरै आक्षेपहरूको पनि सामना गर्नु परेको थियो। अहिले स्थिति टरेपछि, मोर्चाले जीटीएमा हस्ताक्षर गरेपछि अनि नगरपालिका चुनाउ आउन लागेपछि फेरि छुट्टैराज्यको निम्ति दलहरू सङ्गठित गर्ने पहल गरिरहेको छ। भागोप राष्ट्रिय सङ्गठन भए पनि दार्जीलिङ प्रस्तावित क्षेत्र रहेकोले यहीँबाट नै आन्दोलन हुनुपर्छ भन्ने सोंचमा रहेको पनि बुझिएको छ। अहिलेसम्म भागोपको निम्तोलाई राजनैतिक सङ्गठनहरूले कसरी लिएको छ भन्ने कुरा स्पष्ट भएको छैन। गोर्खालीगले पनि यही कुरा केही दिन अघि गरेको थियो। अहिले भागोपले सबै दलहरुलाई लिएर संयुक्त मोर्चा गठन गर्ने पक्षमा देखिएको छ। यो संयुक्त मोर्चा केवल जिल्लाका राजनैतिक दलहरूलाई लिएर गठन गरिने हो कि देशभरिका सङ्गसङ्गठनका प्रतिनिधिहरुलाई पनि लिएर गरिने हो यो पनि स्पष्ट भएको छैन। क्षेत्रीयस्तरबाट नै राष्ट्रिय मुद्दाको उठान गर्ने भाागोपसित राष्ट्रियस्तरका कति सङ्गठनहरू साथमा छन्‌ त्यो पनि भागोपका आगामी कार्यक्रमहरूले नै तय गर्ने देखिएको छ।

Related Posts:

  • program on live stock management and poultry productionRANGPO-24TH MARCH12A day long program on live stock management and poultry production was organized at Darap Gram Prasaran Kendra on 23rd March 2012.The main objective behind the program was to make the people responsible t… Read More
  • Know your INDIAEvery nation has its native essence, its unique historical destiny as carved by this essence, and its unique trajectory towards this destiny. At any point in its history, the citizens of a nation will be existentially apart f… Read More
  • Drivers halt water supplyRAJEEV RAVIDASJeeps which ferry water from streams to Kalimpong were stationed on Kutidara Relli Road on Friday on account of the strike. Picture by Chinlop Fudong LepchaKalimpong, March 23: The water scarcity in Kalimpong wa… Read More
  • misuse of public money in RangpoRNGPO-24TH MARCH12How the public money is misuse and utilized by the various department it was seen at Rangpo –Duga road. Hundreds of bag of dolomite used for the cultivation land by the farmers is thrown at the road side… Read More
  • driving training programme24TH MARCH12Three month long driving training programme was launched from today at rangpo.organised by Rangpo nagar Panchayat and funded by urban development and housing department under SJSRY scheme rangpo urban development … Read More

0 comments: