Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Oct 2011

कालेबुंग स्टोभ बम काण्ड : एउटा रहस्यको गाँठो


कालेबुंग/डी० के० वाइबा: बाबु जेलबाट निस्किए छोरा जेल भित्र पसे | यो व्यथा हो जीएलओ प्रमुख छत्रे सुब्बाको |लकभक एघार वर्ष घिसिंग हमला काण्डको आरोपमा पक्रा परेका छत्रे सुब्बा जेलबाट मुक्त हुन अघि नै उनका छोरा सन्तोष सुब्बा पुलिसको हातमा परे | कालेबुंग मोटर स्ट्याण्डमा एनबीएसटीसी बसमा स्टोभ बम पड्काएको आरोपमा तिनलाई पक्राउ गरिएको हो | हाल उनी कालेबुंग संसोधन गृहमा बन्दी रहेका छन् | बाबु आरोप मुक्त भएर जेलबाट  बाहिर निस्केको खुशी मनाउन पनि नपाई छोरा जेलमा पस्नु परेको पिडा सहनु परयो सुब्बा परिवारले | न्यायको निम्ति अब कति वर्ष पर्खिनु पर्ने हो भन्ने प्रश्नको उत्तर भविष्यको गर्भमा नै लुकेको छ अनि बाँच्नु परयो  न्यायको प्रतिक्षामा  फेरि एकचोटी सुब्बा परिवार |

स्मरण रहोस सन्तोष सुब्बालाई कालेबुंग पुलिसले स्टोभ बमको आरोपमा गत ३० जुलाईको दिन यहाँको रेली रोडबाट पक्राउ गरिएको हो | गत २६ जुलाईमा कालेबुंगको मोटर स्ट्याण्डमा एनबीएसटीसी बसमा अज्ञात ब्याक्तिहरुले बम पड्काएर ध्वंश गर्ने दुससाहस गरेको थियो | स्टोभ बम पड्केको दुई दिन पछि भूमिगत संगठनको नाममा रहेको युएलए ले विभिन्न समाचार माध्यमहरुमा सम्पर्क गरेर घटनाको जिम्मेवारी लिएको थियो | भूमिगत संगठनका मुखिया एम थेगिमले घटनाको जिम्मेवारी लिएपछि गत ३० जुलाईको दिन सन्तोष सुब्बालाई कालेबुंग पुलिसले पक्राउ गरेको हो | एम थेगिम नाम गरेको ब्याक्ति को हुन् भन्ने सुइँको समेत पत्तो लगाउन नसकेको पुलिस प्रसाशनको टाउको दुखाई बढेपछि चारैतिर खोजी अभियान चलाएर सुब्बालाई शंकाको आधारमा रेलीरोडबाट पक्राउ गरिएको थियो | सुब्बालाई पुलिसले पक्राउ गरेपनि एम थेगिम भने अझ सम्म रहस्यमय बनेको छ | स्टोभ बम काण्डपछि प्रसाशनले घटनाको गुत्थी सुल्झाउन सीआइडी टोली र फरेन्सिक जाँच टोली समेत कालेबुंग ल्याएको थियो | सीआइडी र फरेन्सिक जाँच टोलीले घटना बारे तथ्यहरु 
संग्रह गरेर गएपनि अझसम्म घटनाको जडसम्म पुग्न भने प्रसाशनको टाउको दुखाई बनेको छ | अनि आरोपको आधारमा बन्दी बन्न परेका छन् सन्तोष सुब्बा | आरोपका आधारमा बन्दी रहेको सन्तोष सुब्बा नै एम थेगिम हुन्  वा उनी राजनैतिक षड्यन्त्रको शिकार भएका हुन्  भन्ने कसैलाई थाहा छैन | अनि थाहा छैन कहिले मुक्ति हुने हुन् भनेर पनि | आरोपी सुब्बालाई कालेबुंग पुलिसले पक्राउ गरेर एम थेगिमको रहस्य पत्तो लगाउन नसकेतापनि प्रयाश भने जारी राखेको छ | यधपि प्रसाशनको हातमा उपलब्धि भने शुन्य नै रहेको छ | सीआईडी र फरेन्सिक जाँचका अधिकारी अनि पुलिसका उच्च अधिकारीहरु आए तर रहस्य अझै रहस्यमय नै बनेको छ | आरोपी सुब्बाबाट सत्यता सम्म पुग्न पुलिसले अदालतमा पेश गरेर यस अघि दुई चोटि रिमाण्डमा समेत लिईसकेतापनि कति सम्म सत्यताको नजिक पुग्न सके त्यो प्रसाशनलाई मात्र थाहा छ | आरोपी सन्तोष सुब्बालाई तीनचोटि अदालतमा पेश गरिसकेतापनि अझसम्म घटनाको गुत्थी भने सुल्झाउन सकेको छैन | 
एकातिर सुब्बाले आफुलाई निर्दोष रहेको दाबी गरेको छ भने अर्कोतिर पुलिस प्रसाशन भने आरोप सिद्ध गर्ने प्रयासमा जुटेको छ | सुब्बालाई पुलिसले पुन: भोलि कालेबुंग अदालतमा पेश गरिने भएको छ | कालेबुंग पुलिसले रहस्यमय घटनाको जडसम्म पुग्न भोलि तिनलाई अदालतमा पेश गरेर रिमाण्डमा लिने अर्जी अदालतलाई चडाउने सम्भावना रहेको छ | अदालतले पुलिसले चडाएको अर्जी स्वीकार गरे तिनलाई पुन केरकारको निम्ति पुलिस हिरासतमा राखिने भएको छ | तर पुलिसले एम थेगिन सम्म पुग्न भने सक्लान के भन्ने प्रश्न भने उत्तिकै टटकारो बनेको छ | यता जेलबाट निर्दोष साबित भएर जीएलओ प्रमुख तथा सन्तोषका पिता छत्रे सुब्बा यस सम्बन्धि मौन बसेका छन् | तिनी घरमा आइपुगेको भोलिपल्ट मात्र पत्रकारसंग कुराकानी गर्दै यदि दोषी पाए सजाय दिनुपर्ने होइन भने आफुलाई जस्तो जेलमा राख्नु नहुने माँग गरेका थिए | तर त्यसदिन देखि भने आजसम्म आफ्नो छोरा सम्बन्धि केही प्रतिक्रिया गरेका छैनन् | हाल मौन बसेका छत्रे सुब्बा भोलि आफ्नो छोरालाई भेट्न अदालत जानेहुन्  वा होइनन त्यो कसैलाई थाहा नभएपनि सन्तोष सुब्बा नै एम थेगिन हुन् भन्ने प्रश्नको प्रश्नको उत्तर पनि अहिले प्रसाशन पक्ष समेतमा छैन | जसको कारण तिनीहरुको टाउको दुखाई अझसम्म कम हुन सकेको छैन |

Related Posts:

  • CM targets Centre, CBI - Party leaders fear ‘damage’ in Mamata action refusalCalcutta, May 4: Mamata Banerjee today trained her guns on the Centre and the CBI, the criticism and insinuations coinciding with the prospect of a probe by the central agency into the Saradha default. “Threats are not going… Read More
  • Mamata Banerjee heads for Darjeeling to improve Morcha tiesKOLKATA: Chief minister Mamata Banerjee is likely to visit the Hills on May 14 to hold talks with Gorkha Janmukti Morcha (GJM) leaders and sort out all issues regarding the Gorkhaland Territorial Administration (GTA). She als… Read More
  • Shillong girls clear UPSC examShillong, May 4: Two Shillongites have cleared the civil services (main) examination, 2012 conducted by the Union Public Service Commission (UPSC), the results of which were declared yesterday. Isawanda Laloo and Daribha Lyn… Read More
  • BJP cries for minister headNew Delhi, May 4: The BJP alleged that railway minister Pawan Bansal was not just “morally culpable but criminally liable” for his nephew’s alleged acceptance of a huge bribe and demanded he should be immediately dropped from… Read More
  • Surprise voice of support for BansalNew Delhi, May 4: Janata Dal (United) chief Sharad Yadav today said Pawan Bansal should not be held accountable for what his relative might have done, breaking ranks with ally BJP that has demanded the railway minister’s resi… Read More

0 comments: