Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Oct 2011

नागरिक अधिकार मञ्चको स्वागत जनता सड्‌कमा ओर्लनैपर्छ- मञ्च

कालेबुङ, 19 अक्टोबर।
गोर्खा दुःख निवारक सम्मेलन अनि कालेबुङ संरक्षण समितिले संयुक्त रूपमा आयोजना गर्ने पिउने पानीको जुलूसलाई कालेबुङ नागरिक अधिकार मञ्चले पनि स्वागत जनाएको छ। मञ्चका अध्यक्ष एनपी दिक्षितले पनि पिउने पनी समाधनार्थ आयोजना गरिएको जुलूसमा कालेबुङबासी सबैले समर्थन जनाएर सहभागी हुनुपर्ने बताएका छन्‌। दार्जीलिङमा आएर जसरी मुख्यमन्त्री ममता ब्यानर्जीले बालसन जल परियाजनाको निम्ति राशि घोषणा गरे त्यसरी नै यदि उनी कालेबुङ पनि आइदिएकी भए कालेबुङको पिउने पानीको निम्ति पनि केही गरिदिन्थिन्‌ होला भन्ने मञ्चका अध्यक्ष एनपी दिक्षितले  आशा व्यक्त गरे। मुख्यमन्त्री कालेबुङ आएनन्‌ यद्यपि पिउने पानी यथाशीघ्र समाधानको मागमा मुख्यमन्त्री लगायत विधायक समेतलाई मञ्चले पत्रचार गरिसकेको तिनले जनाए। जनता जुलूसमा सहभागी बन्नु आवश्यक रहेको बताउँदै तिनले भने, जनता जबसम्म सडकमा ओर्लँदैन तबसम्म सरकारले रेटपुच्छर लाउँदैन। बिजुलीको खम्बामा बल्ब झुण्डाउनु होस्‌ अथवा बाटो  मरम्मति गर्न सरकारले आफै कहिले गर्दैन। यसैले सरकारलाई झकझकाउनै भएपनि हामी सड्‌कमा ओर्लनैपर्छ। मञ्चका सचिव पीके प्रधानले मञ्चले पिउने पानीको निम्ति अघिल्लो वर्षदेखि नै पहल गरेको भएपनि आजसम्म समाधान भने नभएको बताए। तिनले अस्थायी रूपमा होइन तर कालेबुङमा पिउने पानीको समस्याको स्थायी समाधान हुनुपर्ने बताए।


Related Posts:

  • पहाडको भौतिक अनि मानव संशाधनहरुको आधारहरु तैयार गरिनु पर्छ -येचुरी27 फरवरी(कालेबुङ):- दार्जीलिङ पहाडलाई स्वीर्जरल्याण्डको बिकासको ढाँचामा परिणत गर्ने राज्यकी मुख्यमंत्री ममता बेनर्जीको कथित संकल्पलाई कार्यरुपमा परिणत गर्न यहाँ भौतिक अनि मानव संशाधनहरुको आधारहरु तैयार गरिनु पर्ने आवश्यकता रह… Read More
  • Collective Meditation Camp For Student in GangtokSANJAY AGARWAL-RANGPO-27TH FEBRURY12-The Brahma Kumaris World Spiritual University has organized a Collective Meditation camp for their students for three days from 25th Feb. to 27th Feb .2012 at their centre, Development Are… Read More
  • CII global boost to hill, Dooars tourismVIVEK CHHETRIDarjeeling, Feb. 24: The CII has invited around 50 stakeholders of the tourism industry from 13 countries across the world to explore the tourism potential of Darjeeling, the Dooars, and Sikkim.“More than 50 peop… Read More
  • MLA faces Cong protest over SJDA snubJalpaiguri, Feb. 26: Placard-wielding Congress workers today demonstrated in front of the SJDA chairperson, demanding that the party’s Jalpaiguri MLA and local municipality chief should be made part of the development agency.… Read More
  • Blood donation CampRangpo,26.feb- Red Ribbon Club, Himalayan Pharmacy Institute, ogranised an AIDS Awareness cum blood donation camp on the sponsorship of Sikkim State AIDS Control Society (SSACS), Gangtok, at Majhitar today. Program commenced … Read More

0 comments: