14 नोभेम्बर(कालेबुङ):- राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ। राज्यका खेलकूद मंत्री मदन मित्रले आइतबार दार्जीलिङमा यस आशयको घोषणा गरे। 13औं अल इण्डिया ब्रिगेड अफ गोर्खा गोल्ड कप फूटबलको फाइनलमा प्रमुख अतिथिका रुपमा उपस्थित खेलमंत्री मदन मित्रले यो घोषणा गरेका हुन। यस अवसरमा उनीसँग प्रभारी मंत्री मनिष गुहा, मोर्चामहासचिव रोशन गिरी, पहाडका विधायकहरु त्रिलोक देवान, डा रोहित शर्मा आदिको पनि उपस्थिति थियो। आइतबार दार्जेलिङको नर्थ पोइन्ट खेक मैदानमा भएको फाइनल खेलको समारोहलाई सम्बोधन गर्दै खेलमंत्रीले भाइचुङलाई राज्यको खेलकूद दूतको रुपमा राज्य सरकारले मनोनित गरेको कुरा सार्वजनिक गरेका थिए। भाइचुङले राष्ट्रीय दलबाहेक राज्यका धेरैवटा फूटबल क्लबहरुमा सम्बद्ध रहेर आफ्नो प्रतिभाको प्रदर्शन गरी सकेका छन। शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
14 Nov 2011
राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ
14 नोभेम्बर(कालेबुङ):- राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ। राज्यका खेलकूद मंत्री मदन मित्रले आइतबार दार्जीलिङमा यस आशयको घोषणा गरे। 13औं अल इण्डिया ब्रिगेड अफ गोर्खा गोल्ड कप फूटबलको फाइनलमा प्रमुख अतिथिका रुपमा उपस्थित खेलमंत्री मदन मित्रले यो घोषणा गरेका हुन। यस अवसरमा उनीसँग प्रभारी मंत्री मनिष गुहा, मोर्चामहासचिव रोशन गिरी, पहाडका विधायकहरु त्रिलोक देवान, डा रोहित शर्मा आदिको पनि उपस्थिति थियो। आइतबार दार्जेलिङको नर्थ पोइन्ट खेक मैदानमा भएको फाइनल खेलको समारोहलाई सम्बोधन गर्दै खेलमंत्रीले भाइचुङलाई राज्यको खेलकूद दूतको रुपमा राज्य सरकारले मनोनित गरेको कुरा सार्वजनिक गरेका थिए। भाइचुङले राष्ट्रीय दलबाहेक राज्यका धेरैवटा फूटबल क्लबहरुमा सम्बद्ध रहेर आफ्नो प्रतिभाको प्रदर्शन गरी सकेका छन। 13 Nov 2011
अराजनैतिक सङ्गठनले राजनैतिक मुदा उठाउन सक्छ-मुनिष
राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन गर्ने भार अब भागोपलाई छ| किन भने हिजो पहाडका राजनैतिक दल अनि अराजनैतिक सङ्गठनहरूबीच भएको बैठकमा भागोपलाई नै छुट्टैराज्यको आन्दोलनको नेतृत्व सुम्पिएको छ| अघइबाट नै भागोपले गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेको छ जसको राष्ट्रिय अध्यक्ष आर मोक्तान रहेका छन्| हिजो सर्वलीय बैठखले तयार पारेको मञ्टको नाम पनि गोर्खाल्याण्ड टास्क फोर्स नै रहेको छ| आर मोक्तानले बताए अनुसार भागोपकै टास्कफोर्सलाई नै सर्वदलीय सहमतिले उचित नाम रहेको बताएपछि यसै फोर्सलाई नै सर्वदलीय मञ्च बनाइएको छ| यता भागोप एक अराजनैतिक सङ्गठन भएकोले छउट्टैराज्य जस्तो राजनैतिक मुद्दाको उठान कसरी गर्न सक्छ भन्ने कुरा अघिबाट नै व्यापकरुपले चलिरहेको कुरा हो| भारतीय गोर्खा परिसङ्घ अराजनैतिक सङ्गठन रहेकोले नै राजनैतिक मुदाको उठान गर्न नसकेको बताइने गरे पनि राजनैतिक दलहरुले छुट्टैराज्यको मुद्दा सहीरुपले उठान गर्न नसकेकोले नै आन्दोलन सफल नभएको विषयमा सर्वदलीय बैठकमा चर्चा भएको मोक्तानले बताएका छन्| राजनैतिक सचेतकहरूले पनि छुट्टैराज्यको मुद्दाको उठानसित नै सहुलियतहरूको माग गरिएकोले नै जहिल्यै पनि आन्दोललाई स्थगित गरेर अन्य व्यवस्थामा नै आन्दोलन टुङ्गिने गरेको बताइरहेका छन्| दुइपल्टको आन्दोलन नै राज्य केन्द्रित रहेको मात्र होइन राज्य सरकारलाई विकास नभएको गुनासो गरिएकोले नै टुङ्गोमा पुग्न नसकेको राजनैतिक दहरूले बताउने गरेको छ|
भागोपले पनि यही कुरालाई अनुभव गरेको बताइएको छ| गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि गोर्खा जनमुक्ति मोर्चाले छुट्टैराज्यको आन्दोलन गर्यो तर दवै नै विकासको मुद्दामा आएर आन्दोलनलाई शिथिल बनाउन मात्र होइन बाधा गर्ने काम पनि गरिरहेको पर्यवेक्षकहरु बताउँछन्| गोरामुमोले दागोपाप अनि गोजमुमोले जीटीए थापेपछि छुट्टैराज्यको आन्दोलन सकिएको धेरैले अनुभव रिरहेको बेला भागोपले केन्द्र अनि राज्यलाई छुट्टैराज्य सकिएको छैन अनि अब यसको उठान राष्ट्रियस्तरमा हुने बताएको छ| आर मोक्तानले भने, जीटीए तथा दागोपाप छुट्टैराज्यको सवालमा तुलना गर्न नमिल्ने मुद्दाहरू हुन्| सहीरुपले कुनै पनि लले मुद्दाबारे केन्द्रलाई बुझाउन नसकेको कुरा नै टास्क फोर्सले गहिरोरुपले लिएको छ| यसकारण टास्कफोर्सले केन्द्रलाई पूर्णतथ्य सहितको दस्तावेजहरू बुझाउने छ| एक अराजनैतिक सङ्गठनले राजनैतिक दलहरूलाई एकत्रित गरेर भागोपले राजनैतिक मुद्दाको उठान कसरी गर्न सक्छ भन्ने प्रशिनकको उत्तरमा भागोपका राष्ट्रिय प्रवक्ता मुनिष तामङले भने, भागोपलाई अराजनैतिक सङ्गठनले राजनैतिक मुद्दा हुँदैन भन्ने कुरालाई मान्दैन| जन सरोकारका कुरा भागोपले उठान गर्न सक्छ| यदि अराजनैतिक सङ्गठनले राजनैतिक मुद्दाको उठान नगर्ने हो भने अराजनैतिक सङ्गठनका कार्यकर्ताहरूले भोट पनि नहाल्नु पर्न हो| राजनैतिक दलसित संलग्नहरूले मात्र भोट हाल्नु पर्ने हो| भारतमा कुनै पि नागरिकले राजनैतिक विचारको निर्माण गर्न सक्छ, राजनैतिक सवालमा बोल्न सक्छ| टास्क फोर्सले भारतभरिका गोर्खाहरूको राजनैतिक अनि चिह्नारीको सवालमा बोल्ने छ|
कालेबुङका वार्डहरूमा गुरुङले गठन गरे कमिटी
आगामी नरपालिका चुनाउको निम्ति आफ्नो पार्टीका उम्मेदवारहरू घोषित गरिएपछि त्यसैदिनदेखि गोर्खा जनमुक्ति मोर्ता अध्यक्ष गुरूङ कालेबुङका आफ्नो पार्टीका उम्मेदवार अनि वार्डका जनतासित मिलेर प्रत्येक वार्डमा बङ्गाल नगरपालिका अधिनियम अनुसार वार्ड कमिटी गठन गर्न जुटिरहेका छन्| ११ तारिख रामकृष्ण रङ्गमञ्चमा उम्मेदवारहरू चयन गर्ने क्रममा स्पष्ट रूपले नगरका कार्यकर्ताहरूलाई यसपल्ट नगरपालिकाको कार्यढॉंचा बेग्लै हुने बताएका थिए| भ्रष्टचार रोक्न, वार्ड पार्षदहरूको मनमानी रोक्न प्रत्येक वार्डमा वार्ड कमिटी गठन गर्ने तिनले दिएको वचनलाई पूरा गर्दै प्रत्येक वार्डका उम्मेदवार अनि जनतालाई लिएर वार्ड कमिटी गठन गरेका छन्| आज तिनले प्रत्येक वार्डका १० देखि १४ जनासम्मलाई लिएर वार्ड कमिटी गठन गरेका छन्| कमिटी गठन गर्दै कमिटीका प्रतिनिधिहरूलाई भाइबन्दी अनि ठेकेदारीबाट अलग रहने अनि आफ्नो वार्डको विकासको निम्ति निःस्वार्थ रूपले योगदान दिने निर्देश दिएका छन्| अर्कोतिर जनता अनि कमिटीको विरूद्धमा कुनै पनि उम्मेदवारलेे कार्य गरेको गुनासो आए तत्कालै राजीनामा दिनुपर्ने चेतावनी समेत गुरूङले दिएका छन्| आज कालेबुङको सबै वाडर्र्हरूसित बसेको सभामा नगरपालिकाका पूर्वघोषित अध्यक्ष एलबी परियार, गोजमुमो पार्टी सहसचिव विनय तामाङ. केन्द्रिय नेता प्रविण रहपाल नोर्देन लामा, विजय सुन्दास अनि स्टडी फोरमका सदस्य डा. आरबी भूजेल उपस्थित थिए| सभामा नै वार्ड पार्षद अनि वार्ड कमिटीका प्रतिनिधिहरूलाई १५ नोभेम्बरको दिन अर्को बैठकको निम्ति बोलाएका छन्, सो बैठकमा नरपालिकाको कार्यप्रणालीमाथि चर्चा परिचर्चा हुने बताइएको छ|
GNLF (Gorkha National Liberation Front) not to participate in Darjeeling municipal election
Municipal elections are scheduled to be held in
Asked, he told newsmen, GNLF considered the election is illegal as the state government had adopted an unanimous proposal by the then DGHC under him that a development council under the sixth schedule of constitution be set up for the region.
The suggestion had also been placed before the Centre but it had not the bill in Parliament.
''Only the bill will be considered by GNLF.anything else will be illegal,'' Ghising said.
''We are well wishers of the new government under Mamata Banerjee in












