Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Nov 2011

राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ



14 नोभेम्बर(कालेबुङ):- राष्ट्रीय फूटबल दलका पूर्व अधिनायक भाइचुङ भुटियालाई पश्चिम बंगाल राज्यको खेलकूद दुत बनाइएको छ। राज्यका खेलकूद मंत्री मदन मित्रले आइतबार दार्जीलिङमा यस आशयको घोषणा गरे। 13औं अल इण्डिया ब्रिगेड अफ गोर्खा गोल्ड कप फूटबलको फाइनलमा प्रमुख अतिथिका रुपमा उपस्थित खेलमंत्री मदन मित्रले यो घोषणा गरेका हुन। यस अवसरमा उनीसँग प्रभारी मंत्री मनिष गुहा, मोर्चामहासचिव रोशन गिरी, पहाडका विधायकहरु त्रिलोक देवान, डा रोहित शर्मा आदिको पनि उपस्थिति थियो। आइतबार दार्जेलिङको नर्थ पोइन्ट खेक मैदानमा भएको फाइनल खेलको समारोहलाई सम्बोधन गर्दै खेलमंत्रीले भाइचुङलाई राज्यको खेलकूद दूतको रुपमा राज्य सरकारले मनोनित गरेको कुरा सार्वजनिक  गरेका थिए। भाइचुङले राष्ट्रीय दलबाहेक राज्यका धेरैवटा फूटबल क्लबहरुमा सम्बद्ध रहेर आफ्नो प्रतिभाको प्रदर्शन गरी सकेका छन।
यता, यस दिन भएको 13औ गोल्ड कपको फाइनल खेलमा पनि भाइचुङको टिम सिक्किम युनाइटेड फूटबल क्लब अनि जमशेदपुरको टाटा फूटबल एकाडेमीबीच भिडंत भएको थियो। यस रोमाञ्चक खेलमा दुवै दलले उत्क़ृष्ट प्रदर्शन गरेको भए पनि खेलको उत्तारार्द्धमा टिएफएले एकको विरुद्ध दुइ गोलले सिक्किम युनाइटेडलाई पराजित गरेको थियो। खेल समाप्त हुन केही अघि भाइचुङ आफै पनि मैदानमा ओर्लेका थिए। तर तिनको प्रयासले पनि दलले बढ्त हासिल गर्न सकेन। यस खेल समारोहका प्रमुख अतिथिको बाहुलीबाट बिजेता दललाई नगद एक लाख तीस हजार अनि ट्रफी तथा उपबिजेता दललाई नगद राशि सत्तर हजार अनि ट्रफी प्रदान गरिएको थियो। सिक्किम युनाइटेडका खेलाडी टोभ सिंहलाई म्यान अफ द टुर्नामेंटको रुपमा चयन गरिएको थियो।
अर्कोतिर, पश्चिम बंगालको खेलकूद दूतको रुपमा आफूलाई चयन गरिएकोमा भाइचुङ भुटियाले खुशी प्रकट गर्दै यस राज्यको फूटबल खेलको स्तर उकास्न आफ्नो प्रयास रहने बताएका छन।  

Related Posts:

  • जीटीएको करोडौंको परिकल्पना र विकास पर्खिरहेको कालेबुङकालेबुङ, 27 जून। कालेबुङको सुन्दरीकरण र ढॉंचागत विकासमा जीटीएले करोडौं रुपिँयाको योजना बनाइसकेको छ। गत वर्षको नोभेम्बर महिनामा कालेबुङ भ्रमणमा आएका जीटीए प्रमुख विमल गुरुङले यस्ता आशय प्रकट गर्दै केही वर्षभित्रमा नै कालेबुङको… Read More
  • छेवाङ हमलाकाण्डमा अझ एक आरोपी पक्राउकालेबुङ, 28 जून। छेवाङ भोटिया हमलाकाण्डमा थप एकजना आरोपी कुनाल प्रधानलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गत मार्चमा भएको तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको आरोपमा ठाकुरबारी निवासी कुणाल प्रधानलाई पुलिसले पक्राउ गरेको हो। आज… Read More
  • Small tea growers threaten strikeSiliguri, June 27: Small tea growers of north Bengal today threatened to launch an indefinite strike and stop supplying leaves to bought-leaf factories, alleging rate disparity. The bought-leaf factory owners had yesterday a… Read More
  • LandslidesGangtok, June 27: More than 200 tourists on a return trip from Chhangu Lake, Baba Mandir and Nathu-la were stranded at 15th Mile on JN Marg yesterday after multiple landslides blocked the road. The tourists reached Gangtok t… Read More
  • Cong petition on Paul stay - Mayor Gangotri moves high court challenging orderSiliguri, June 27: Darjeeling district Congress leaders today filed a writ petition in Calcutta High Court against the stay order issued by B.P. Gopalika on Nantu Paul’s disqualification as Siliguri Municipal Corporation coun… Read More

0 comments: