Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

18 Nov 2011

पुस्तकालय निमार्णको निम्ति कलेजमा आएको सरकारी राशीको व्यक्तिगतरुपमा प्रयोग हुन्दैँ छ। -शुन्दाश..


युवासङ्गम
कालेबुङ 18 नोभेम्बर : कालेबुङ महाविधालयको पुस्तकालय निर्माण बिषय लाई गारजेंस फोरम फर एडुकेशनका तारा सुन्दाशले हाल एउटा जटिल मुद्दा नै बनाएका छ्न्।सुन्दाशले पुस्तकालय निर्माणको निम्ति महाविधालयमा आएको सरकारी राशी कलेज सञ्चालन समितिले व्यक्तीगतरुपम प्रयोग गरिरहेको आरोप लगाएका छ्न।पुस्तकालय निमार्णको निम्ति कलेज सञ्चालन समितिले खुल्ला टेण्डर गर्नु पर्छ भन्ने बिषयमा तारा सुन्दाश अडिक रहेका छन । गत केहि दिन अघि पनि सुन्दाशले यसै बिषय लिएर महाविधालय पक्षा लाई विभिन्न प्रकारको आरोपहरु लगाएका थिए। आज पनि सुन्दाशले स्थानिय एउटा होटलमा पत्रकार सम्मेलनको आयोजना गरि कालेबुङ सरकारी महाविधालयले जारी गरेको स्पष्टीकरण सबै झुठो रहेको दावी गरेका छन।आफ्नो पार्टी सीपी(आइ)एम को जिल्ला समितिको प्रयासले नै कालेबुङ सरकारी महाविधालयले पुस्तकालय निमार्ण फण्ड पाएको बताउँदै सुन्दाशले गत वर्षाको 9 सेप्टेम्बरको दिन जारी गरेको आधिकारीक विक्ष्याप्तीको आधारमा कलेजले खण्ड विकाश अधिकारी अथवा महकुमा अधिकारीको सहयोगले मात्र पुस्तकालय निमार्ण गर्नु सक्ने निर्णय लिएको तर आज आएर कलेज पक्षाले नगरपालिका अभियंत को दिलाइले गर्दा पुस्तकालय निमार्णमा पनि दिलो भएको भन्नु झुठो कुरा रहेको उनले आरोप लगाएका छन।युजीसीले गठ्न गरेको निमार्ण समितिमा सरकारी अभियंत हुन्छ तर पनि कालेबुङ कलेजले किन महकुमा अधिकारी कार्यालयको अभियंत पर्खीरहेको भन्दै सुन्दाशले कलेज पक्षालाई प्रशन उठाएका छन।अन्य विभागको अभियंतहरु नहालेर केवल एसडीओ को अभियंतलाई मात्र पुस्तकालय निमार्ण समितिमा हाल्नु मिलिभगत विषय रहेको सुन्दाशको आरोप छ।सरकारी पैसाको टेण्डर गर्नुमा कलेज पक्षा किन दराउँदै छ भन्दै सुन्दाशले कलेजको निमार्ण समितिलाई केवल काम हेर्ने अधिकार मात्र छ तर काम गर्ने अधिकार सरकारले दिएको छैन भन्दै उनले पुन एक चोटी पुस्तकालय निर्माणको निम्ति खुल्ला टेण्डर गर्ने माग गरेका छन ।सुन्दाशले आज उत्तर बंगाल विश्वविधालयको सन 1981 सालको एमाण्डमेन्ट एक्ट पत्रकारहरुलाई देखाउँदै त्यस एक्ट भित्र भएको क्षमता भन्दा अधिक क्षमता कालेबुङ सरकारी महाविधालय सञ्चालन समितिका सचिउले उपभोक गरीरहेको बताएका छन।यदी पुस्तकालय निमार्णको निम्ति टेण्डर नगराए कलेज सञ्चालन समितिका सभापती अनि सचिउलाई न्यायलयमा उभाउने शुन्दाशले चुनौती दिएका छन्।

Related Posts:

  • Mamata to tap Morcha for RS pollsMamata, BimalMarch 21: Mamata Banerjee today invited Gorkha Janmukti Morcha president Bimal Gurung to meet her in Calcutta on March 24 apparently to seek his party’s support for the March 30 Rajya Sabha polls.Trinamul leaders… Read More
  • fake domicileRANGPO-20THMARCH12 Out of 31180 fake certificate of identifications holders official statement of land revenue department some years ago the department is in position to furnish only 212 names only is a same full for the… Read More
  • Morcha rails at CM for hill ‘neglect’MamataSiliguri, March 20: The Gorkha Janmukti Morcha today said Mamata Banerjee was “too occupied” with the railway ministry and appealed to people to decide if the new government had solved the Darjeeling issue as claimed by… Read More
  • Four delegates from Sikkim left for Delhi to support AnnaRANGPO-22ND MARCH12Four delegates from Sikkim left for Delhi to participate in the struggle and dharna organise by team Anna at Delhi jantar mantar on 25th march12.mr y t lepcha from nimtar ,mr basadev nirola from aahu, M… Read More
  • PM pledges hill solution - Darjeeling MP seeks funds for GTA regionManmohan Singh and Jaswant Singh in the Lok Sabhaon Monday. (PTI)New Delhi, March 19: Manmohan Singh today promised in Parliament that a “practical and viable solution” to the situation in the Darjeeling hills would be found … Read More

0 comments: