फेंसी बुटिककी संस्थापिका बबीता घतानी दमालाले व्यवासय साथ साथै वेरोजगार युवतीहरुलाई रोजगारको अवसार प्रदान गर्दै आइरहेकोमा आज कालेबुङ प्रेस क्लबले आफ्नो 13 औ स्थापना दिवसको अवसरमा सम्मान जनाइयो । आज स्थानिय रमाकृष्ण रंगमञ्च भवानमा प्रेस क्लबले 13 औ स्थापना दिवस अनि कालेबुङ रत्न पुरस्कार समारोह आयोजना गरेको थियो। कार्यक्रमा कालेबुङका विधायक डा हर्कबहादुर छेत्री मुख्य अथिति रहेका थिए। उक्त कार्यक्रमा शिक्षा वित पीआर प्रधान , पीबी घतानी , कालेबुङ विक्ष्यान केन्द्रका किउरेटर बी बी गुरुङ आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
      कार्यक्रममा उपस्थित भएका मुख्य अतिथि डा छेत्रीको बहुली बाट फेंसी बुटीककी संस्थापीका बबिता घतानी धमालालाई अंग वस्त्र . स्मृती चिन्ह अनि प्रसस्ती पत्र प्रदान गरी सम्वर्धना जनाइयो।
यसै कार्यक्रममा यहाँको एसयुएमाइ विधालय अनि सप्तश्री क्ष्यानपीट विधालयलाई पनि शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै आज सम्मान जनाइयो। यसै कार्यक्रममा उपस्थित भएका टी भी पत्रकार अरुण कुमारको वाहुलीबाट दैनन्दनी समाचार च्यानलका भिडियो ग्राफर एवम तकनिकी सम्पादक मनोज राईलाई पनि प्रसस्ती पत्र प्रदान गर्दै सम्मान जनाइयो ।कार्यक्रममा क्लबका अध्याक्ष अरुण कुमार रसाइली सचिव अरुण कुमार राई अनि सदस्यहरुको पनि उपस्थित रहेको थियो । कार्यक्रमलाई क्लबका सद्स्य एवम शिक्षक सिताराम काफ्लेले सञ्चालन गरेका थिए।








 
 
 
 
 
 
0 comments:
Post a Comment