“I have decided to write to the management asking them to open the garden by April 30,” DM Saumitra Mohan said. He did not specify any reason for the extension. Sources said the DM wanted to give time to owner Sushil Chowdhury before taking further steps so that there was no room for complaint. The garden has been shut for 16 years.(TT)
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
24 Apr 2012
Ringtang deadline extension
“I have decided to write to the management asking them to open the garden by April 30,” DM Saumitra Mohan said. He did not specify any reason for the extension. Sources said the DM wanted to give time to owner Sushil Chowdhury before taking further steps so that there was no room for complaint. The garden has been shut for 16 years.(TT)
23 Apr 2012
अनिश्चितकालिन बन्दको प्रथम दिन डुवर्स अशान्ति

यस घटनाले निकै ठूलो रुप लिने अवस्था देखा परे पछि पुलिसले लाठीचार्ज र अश्रु ग्यास छोडेर स्थितिलाई नियञ्त्रणमा लिएको थियो। यता, डूवर्सको मालबजार अनि ओदलाबारीमा पनि बन्दलाई केन्द्र गरी समर्थक र विरोधीहरुबीच तनाउ उत्पन्न भएको थाहा लागेको छ। अनिश्चितकालिन तराई डूवर्स बन्दको पहिलो दिन आज यी क्षेत्रहरुमा बन्दले जनजीवन व्यापक रुपले प्रभावित भएको छ। बन्दले तराई र सिलगढीका क्षेत्रहरुमा आंशिक प्रभाव पारे पनि डूवर्समा भने बन्द असरदार रह्यो। आजदेखि शुरु भएको अनिश्चितकालिन बन्दले दार्जीलिङ पहाड र छिमेकी राज्य सिक्किमलाई समेत असर परेको छ। मोर्चाको भातृ संगठन जनमुक्ति चालक महासंघले बन्दको समर्थन जनाउँदै पहाडी क्षेत्रबाट आज डूवर्स र सिलगडीगामी वाहनहरुको चलाचल ठप्प पारेको थियो। जसले गर्दा आज समतलतिर जाने यात्रीहरुले कडा असुबिधाको सामना गर्नु पर्योर। यता, राजमार्ग 31ए मा पनि बन्दको प्रभाव देखियो। राजमार्गमा बन्दको प्रभावको कारण आज सिक्किम सिलगढीगामी टेक्सी अनि सरकारी यात्रीवाहनहरुको आवगमन ठप्प थियो। दार्जीलिङ-कालेबुङ्बाट सिक्किमगामी वाहनहरुको चलाचल भने सामान्य रहेको थियो। सर्वोच्च न्यायालयले बन्दबाट राजमार्ग 31एलाई अक्षुण्ण राख्ने स्पष्ट आदेश दिएको भए पनि आज बन्दको कारण राजमार्ग प्रभावित भएको थियो। यस सम्बन्धमा मोर्चा महासचिव रोशन गिरीको बयान लिन चहाँदा उनले यो निर्णय मोर्चाको नरहेको बताएका छन। बन्दमा राजमार्गमा बाधा सृजना गर्ने मोर्चाको कुनै कार्यक्रम नरहेको गिरीले जयगाँउबाट फोन मार्फत जनाएका छन। यता, ज़ीटीएबारे मोर्चा समर्थित मञ्चलाई डूवर्समा जनसभा गर्ने अनुमति नदिने राज्य सरकारको निर्णयले मोर्चा प्रमुख बिमल गुरुङ क्षुब्ध बनेका छन। मोर्चा अनि जोन बारलापंथी आदिवासी बिकास परिषदको अगुवाईमा यहाँका 36वटा संगठनहरुको सहयोग लिएर गठन गरिएको जोइन्ट एक्शन को अर्डिनेशन कमिटिले आजदेखि डाकेको अनिश्चितकालिम बन्दको पहिलो दिन डूवर्सका अधिकांश क्षेत्रहरु बन्द रहे।कमिटिको पकड दूर्बल रहेका केही क्षेत्रहरुमा बन्दको आंशिक प्रभाव देखा परे पनि बाक़ी क्षेत्रहरुमा बन्द असरदार र सफल भएको को अर्डिनेशन कमिटिका प्रचार सचिव कृष्ण छेत्रीले दावी गरेका छन।

बन्दको अवधीमा आज डूवर्सका व्यापारिक, बित्तिय अनि शैक्षिक संस्थानहरु पूर्णरुपले अचल रहेका थिए भने आपतकालिन सेवाबाहेकका अन्य सरकारी कार्यालयहरुमा पनि बन्दको व्यापक प्रभाव देखियो। डूवर्स क्षेत्रमा आज यातायात सेवा पनि पूर्नरुपले ठप्प थियो।यता, डूवर्सका अधिकांश चियाकमानहरुमा कामकाज हुनसकेन। ज़ीटीएको सम्झौता गराएर पहाड अनि तराई डूवर्समा शान्ति पुनर्बाहाली गरिएको दाबी गर्ने राज्यकी मुख्यमंत्री ममता बेनर्जीलाई आजको घट्नाले नयाँ समस्यासँग सम्मुखिन बनाएको छ। तराई डूवर्सको अन्तर्भुक्तिमा अडिएको मोर्चाले आफ्नो कार्यक्रमलाई डूवर्स केन्द्रित गरे पछि अब राज्य सरकारको निम्ति क्षेत्रमा कानून व्यवस्था र साम्प्रादायिक सदभावना कायम राख्न नयाँ चुनौतिहरुको सामना गर्नु पर्ने देखिन्छ। (प्रदीप लोहागुणको रेपोर्ट)
20 Apr 2012
आगलागीमा सयवटा दोकानहरु नष्ट
बिहानीपख दुइ बजीदेखि शुरु भएको आगोलाई पाँच घण्टाको कठोर परिश्रमपछि सात बजी मात्र नियञ्त्रणमा ल्याउन सकिएको थियो। आगलागीले यहाँको एउटा होटललाई पनि नोक्सान पुर्यापएको छ तर होटलभित्र रहेका पर्यटकहरुलाई अप्नि समयमा नै सुरक्षित निकालिएको थियो। घटनाको लगत्तै दार्जीलिङ अग्निशमन विभागका तीनवटा दमकलहरु घटनास्थलमा पुगेर आगोमा नियञ्त्रणमा ल्याउने प्रयास शुरु गरे। पछि खरसाङबाट दुइवटा दमकल पनि मगाइएको थियो भने अग्निशमन वाहनसँगै आएको हरियाणाको एउटा धार्मिक संगठनको पनि सहयोग लिइयो। यस भयवह आगलागी काण्डलाई साम्य बनाउन जलपहाडस्थित 107 डीए रेजिमेन्टका जवान, दार्जीलिङ पुलिस, स्थानीय अनि हरयाणाबाट आएका स्वयंसेवी संगठनका कार्यकर्ताहरुले पनि सहयोग पुर्याङएका थिए। नगरपालिका अध्यक्ष अमर सिंह राईले बताए अनुसार घटनापछि नगरपालिकाले राहत कार्यको निम्ति राज्य सरकार अनि नगरपालिका मामिला मंत्रालयसँग बित्तिय मददको गुहार लगाएको छ। अग्निकाण्डका पिडीतहरुको सहयोगको निम्ति नगरपालिकाले राहत कोष पनि शुरु गरेको छ। यता, गोजमुमोले पनि पिडीतहरुको निम्ति हरसम्भव सहायता गर्ने प्रतिश्रुति दिएको छ। दार्जीलिङका सांसद जसवन्त सिंहले यस काण्डका पिडीतहरुको निम्ति पचास लाख रुपियाँ अनुमोदन गरिसकेको मोर्चा नेतृत्वले बताएको छ।Strike in Dooars on April 22 to thwart meet
The strike was announced today. The Parishad-led Dooars Terai Co-ordination Committee also wrote to the Jalpaiguri district magistrate, requesting her not to grant permission to its rivals to hold the public meeting.
The Nagrakata event will be held under the banner of the Joint Action Co-ordination Committee and addressed by Gorkha Janmukti Morcha president Bimal Gurung.
The decision to call the strike was taken at a meeting attended by Rajesh Lakra, the general secretary of the Terai Dooars regional unit of the Parishad, and leaders of other constituents of the Dooars Terai Co-ordination Committee.
“We sent a letter to the Jalpaiguri district magistrate today, saying people in the Dooars and Terai are against the inclusion of the region in the Gorkhaland Territorial Administration. Any attempt to hold a meeting in the Dooars will lead to law and order problems,” said Lakra.
He said if the DM gave permission to hold the Nagrakata meeting, people would come down to the streets and “put up resistance”.
“The region might witness a spontaneous outburst of the people’s anger against the meeting. We want to prevent any such law and order problem,” said Lakra.
Asked about the letter to the DM, dissident Parishad leader John Barla, who had joined hands with the Morcha, said: “We had announced the meeting earlier this month. We had already deferred a 48-hour strike on the request of the state government which assured us that permission would be given to organise other forms of agitation. The meeting will be held in Nagrakata as scheduled and Morcha president Bimal Gurung will be the principal speaker.”
Barla, who is also the convener of the Joint Action Co-ordination Committee, said the plains would witness a tribal movement if permission was not granted for the meeting.(TT)











