
20 Apr 2012
आगलागीमा सयवटा दोकानहरु नष्ट
20 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहरको एचडी लामा रोडमा आज बिहानीपख भएको भयवह आगलागीको घटनामा लगभग एक सयवटा दोकानहरु जलेर नष्ट भएको छ। आज बिहान दुइबजी भएको यस घटनामा झण्डै पाँच करोड मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको अनुमान गरिएको छ।
बिहानीपख दुइ बजीदेखि शुरु भएको आगोलाई पाँच घण्टाको कठोर परिश्रमपछि सात बजी मात्र नियञ्त्रणमा ल्याउन सकिएको थियो। आगलागीले यहाँको एउटा होटललाई पनि नोक्सान पुर्यापएको छ तर होटलभित्र रहेका पर्यटकहरुलाई अप्नि समयमा नै सुरक्षित निकालिएको थियो। घटनाको लगत्तै दार्जीलिङ अग्निशमन विभागका तीनवटा दमकलहरु घटनास्थलमा पुगेर आगोमा नियञ्त्रणमा ल्याउने प्रयास शुरु गरे। पछि खरसाङबाट दुइवटा दमकल पनि मगाइएको थियो भने अग्निशमन वाहनसँगै आएको हरियाणाको एउटा धार्मिक संगठनको पनि सहयोग लिइयो। यस भयवह आगलागी काण्डलाई साम्य बनाउन जलपहाडस्थित 107 डीए रेजिमेन्टका जवान, दार्जीलिङ पुलिस, स्थानीय अनि हरयाणाबाट आएका स्वयंसेवी संगठनका कार्यकर्ताहरुले पनि सहयोग पुर्याङएका थिए। नगरपालिका अध्यक्ष अमर सिंह राईले बताए अनुसार घटनापछि नगरपालिकाले राहत कार्यको निम्ति राज्य सरकार अनि नगरपालिका मामिला मंत्रालयसँग बित्तिय मददको गुहार लगाएको छ। अग्निकाण्डका पिडीतहरुको सहयोगको निम्ति नगरपालिकाले राहत कोष पनि शुरु गरेको छ। यता, गोजमुमोले पनि पिडीतहरुको निम्ति हरसम्भव सहायता गर्ने प्रतिश्रुति दिएको छ। दार्जीलिङका सांसद जसवन्त सिंहले यस काण्डका पिडीतहरुको निम्ति पचास लाख रुपियाँ अनुमोदन गरिसकेको मोर्चा नेतृत्वले बताएको छ।

Related Posts:
Jungle fire incidentRANGPO-11TH MRCH12Jungle fire occurring incident is started in the different part of the state during this dry season.yesturday at 2.12 pm the fire was occurred at chukchi forest in Namthang territorial forest area in south… Read More
SDF memorial banner for the communityRANGPO-10TH MARCH12 This year Sikkim democratic front 2nd decade completion grand function organised at jorthaang is memorable for the business community of the state .after the reformation of trade and business affairs … Read More
भिक्टोरिया पूलको संरक्षणको निम्ति सरकारी तौरमा पहल हुनु पर्ने माग12 मार्च (कालेबुङ):- लामो समयदेखि सरकारी संरक्षण र सम्वर्द्धनबाट बञ्चित रहेको दार्जीलिङको ऐतिहासिक भिक्टोरिया फल्स पूलले आफ्नो शतबार्षिकीको अवसरमा सरकारी निकायको ध्यानाकर्षण गराएको छ। आइतबार स्थानीयहरुले पूल निर्माण गरिएको शत… Read More
Traning to the farmers in ginger cultivationRANGPO-10TH MARCH12 Horticulture and agriculture department east Sikkim organised training and distribution programme at bhurung ward of west Pandam constituency today. According to the news Mr. j n giri deputy director hor… Read More
Gati infrastructure limited neglected the landless people’s grivenessRANGPO-11TH MARCH12Gati infrastructure limited n hydel power Project Company having its project site at bhasmey has totally neglected the landless people’s griveness those who has given their land in projects. According to th… Read More
0 comments:
Post a Comment