
19 Apr 2012
Home »
» रिङटाङ चियाकमान 23 अप्रेल देखि पुन खोलिने
रिङटाङ चियाकमान 23 अप्रेल देखि पुन खोलिने
3:48 pm
No comments
19 अप्रेल(कालेबुङ):- कलकत्ता उच्च न्यायालयको आदेश पछि दार्जीलिङ जिल्ला प्रशासनले बन्द रिङटाङ चिया कमानका मालिकलाई श्रमिकहरुको बकाया राशि भुक्तान गर्न अनि आगामी सोमबारदेखि कमान पुन खोलाउने निर्देश दिएको छ।
बन्द चियाकमानको समस्याबारे उच्च न्यायालयमा गरिएको जनहित याचिकाको संज्ञान लिँदै उच्च न्यायालयले कमानको समस्याको समाधान गर्ने दिशामा जिल्ला प्रशासनलाई पहल गर्ने निर्देश दिएपछि जिल्ला प्रशासनले यो पदक्षेप ग्रहण गरेको हो। बुधबार दार्जीलिङस्थित जिल्लापाल कार्यालयमा डाकिएको त्रिपक्षीय बैठकमा रिङटाङ चियाकमानका मालिक सुशिल चौधरीलाई जिल्लापाल एस मोहनले आगामी 23 अप्रेलदेखि कमान खोल्ने अनि बकाया राशिहरु भुक्तान गर्ने निर्देश दिएका छन। बुधबार जिल्लापालको कार्यालयमा सम्पन्न बैठकमा मोर्चाबाट महासचिव रोशन गिरी, कमानका मालिक सुशिल चौधरी, जिल्लापाल सौमित्र मोहन अनि श्रमिक संगठनका प्रतिनिधिहरु पीटी शेर्पा र सुरज सुब्बा उपस्थित थिए। रिङटाङ कमानको कारखाना सन 1996मा जलेदेखि यता यो कमान बन्द अवस्थामा छ।कमान बन्द भएपछि यहाँका 944जना श्रमिकहरुको परिवारले कष्टकर जीवन भोग्दै आइरहेका छन। चिया कमान खोल्ने माग गर्दै यहाँका श्रमिकहरुले दार्जीलिङ तराई डूवर्स प्लान्टेशन युनियनको नेतृत्वमा गत 26 मार्चदेखि नौ दिनको आमरण अनशन पनि गरेका थिए। युनियनको भनाई अनुसार कमान मालिकले 5 करोड, 70 लाख 30 हजार रुपियाँ भुक्तान गर्न बाँकी छ। जिल्लापालले कमान मालिकलाई यो राशि यो महिनाको अन्तिम सप्ताहसम्म चुक्ता गर्नु पर्ने निर्देश दिएको छ। यता, मालिकले यो राशि चुक्ता गर्न नसकेको खण्डमा कमानको लिज रद्द गरिनु पर्ने श्रमिक संगठनको भनाई छ। हिजो सम्पन्न भएको बैठकको अवधीमा कमानका श्रमिकहरुले जिल्लापाल कार्यालय परिसरमा धर्ना प्रदर्शन पनि गरेका थिए। अर्कोतिर, बैठकमा भएको सहमतिबारे जिल्लापाल एस मोहनले जानकारी दिएका छन।

Related Posts:
तराई-डुवर्स अन्तर्भुक्तिको अडानमा मोर्चा र विश्वास गर्न नसकिरहेको विपक्षप्रज्ज्वल छेत्री कालेबुङ, 28 जून। गोर्खा जनमुक्ति मोर्चाले तराई-डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्छ भन्ने कुरा अहिले पनि विपक्षी दलहरूले विश्वास गर्न सकिरहेको छैन। किनभने, तराई-डुवर्स अन्तभुक्ति नभई नै मोर्चा जीटीए सम्झौतामा ज… Read More
IAF nod for Bagdogra night landing - Flights allowed to land & take off till 10pm, says airport directorSiliguri, July 1: The Indian Air Force today informed the airport director of Bagdogra that it would allow the Airport Authority of India (AAI) to use the runway of the airport for night landing till 10pm, an extension of fou… Read More
ISI link walks free, points to jail ‘mistake’ - Police take army contractual driver into custody after he holds news conferenceJune 28: A contractual driver for the army who was arrested last month for suspected ISI links today held a news conference in Siliguri where he alleged that he was released “by mistake” from the Darjeeling correctional home.… Read More
Bail for Gurung in Dooars caseJuly 1: Bimal Gurung and four leaders of the Gorkha Janmukti Morcha today got interim bail from the Jalpaiguri district and sessions court in a case of violence in the Dooars. Somnath Pal, the public prosecutor, said on Janu… Read More
Ready-in-May reply to delay charge Vindicated, says MiraCalcutta, June 29: State election commissioner Mira Pande today said the poll panel had been prepared to hold the panchayat elections in April or May this year, making it clear it would not take the blame for the delay. “We … Read More
0 comments:
Post a Comment