17 अप्रेल(कालेबुङ):- तीव्र गतिमा गाडी हाक्ने होड्मा पाँचजना यात्रीहरुले ज्यान गुमाउनु परेको छ भने रहल चारजना यात्रीहरुलाई घाइते अवस्थामा विभिन्न क्षेत्रका अस्पतालहरुमा भर्ना गरिएको छ। सोमबार दार्जीलिङबाट यात्रीहरु लिएर गान्तोकतिर गइरहेको एसके 01-जे 0578 नम्बर भएको म्याक्स वाहनका चालकले राजमार्ग 31एमा नियञ्त्रण हराउँदा यो दूर्घटना भएको थियो। राजमार्ग 31एको चित्रे क्षेत्रको लाप्चेझोडा नजिक गोलाईमा चालकले नियञ्त्रण गुमाउँदा वाहन राजमार्गबाट लगभग दुइसय मिटरमुनि टिस्टा नदीमा पसेको थियो। यस भयवह दूर्घटनामा चालकलगायत वाहनमा सवार कूल दसजना यात्रीहरुमध्ये पाँचजनाको घटनास्थल मै मृत्यु भएको छ। पाँचजना घाइतेहरुमध्ये शोचनीय अवस्थाका दुइजनालाई सिलगढी लगिएको छ भने दुइजनाको कालेबुङ महकुमा अस्पतालमा उपचार चलिरहेको छ। बाहनका चालक सोनाम भुटियालाई घटनापछि मल्ली स्वस्थ्य केन्द्रमा भर्ना गरिएको थियो। हिजो भएको दूर्घटना मर्नेहरु दार्जीलिङको हरिदासहट्टाका वासिन्दा दम्पति उदय प्रधान अनि सुनिता प्रधान, जलपहाड निवासी प्रभात तामाङ, पाँचमाइल तादोङ्की मनिका राई अनि सिक्किमकै सुवेष्ना सुब्बाको रुपमा चिन्हित गरिएको पुलिसले बताएको छ। घाइतेहरुमा मन्सोङका जयबहादुर राई, जलढकाका अनुराग गुरुङ, रम्फू सिक्किमकी मञ्जु शेर्पा अनि प्रेमिका राई रहेका छन। यो दूर्घटना हिजो अपराह्न लगभग 3 बजेर 40मिनटतिर भएको थियो। राजमार्गबाट वाहन धेरैचोटी पल्टिँदै टिस्टा नदीको किनारमा पस्न पुगेको थियो। वाहनमा सवार पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीवित अवस्थामा गाडीभित्र थुनिएका घाइतेहरुलाई टिस्टामा र्याघफ्टिङ सञ्चालन गर्ने गोताखोरहरुले तत्कालै उद्धार गरी बचाएका हुन। टिस्टा नदीमा पर्यटकहरुलाई र्याञफ़्टिङ गराइरहेका गाइडहरुले वाहन दूर्घटनाग्रस्त भएर खोलामा पसेको देखे पछि तत्कालै र्याफ़्टिङको सवारी रोकेर बचाउ अभियान शुरु गरेका थिए। गोताखोरहरुले पहिले जीविताहरुलाई वाहनबाट सुरक्षित निकालेर किनारमा ल्याएका थिए। त्यसपछि यात्रीहरुको शवहरु पनि उनीहरुले नै उद्धार गरेका थिए। यस घटनामा टिस्टाका र्याछफ्टिङ गाइडहरुले निर्वाह गरेको भुमिकाको कालेबुङ पुलिस,मृतक अनि घाइतेका आफन्तजन र जनमानसले सराहना गरेका छन। गोताखोरहरुले घटना भएलगत्तै तत्परताकासाथ अभियान चलाएर घाइतेहरुको ज्यान बचाएर मानवताको उदाहरण प्रस्तुत गरेका छन।
यता, घटनाका प्रत्यक्षीदर्शी अनि घाइतेहरुले वहनका चालकको लापरवाहीले गर्दा नै 5 जनाले ज्यान गुमाउनु परेको आरोप लगाएका छन। वाहनका चालक सोनाम भुटियाले दार्जीलिङदेखि नै तीव्र गतिमा वाहन हाक्दै आइरहेका छन। यात्राको अवधीमा यात्रीहरुले उनलाई वाहन धिमा गतिमा कुदाउने अनुरोध गर्दै आइरहेका थिए। दूर्घटना हुनभन्दा केही समय अघि पनि चित्रेस्थित सेनाको छाउनीनजिक तेज गतिमा रहेको उक्त वाहनले एउटा अल्टो कारलाई हल्का धक्का दिएको थियो। यस कुरालाई लिएर दुवै चालकहरुबीच सामान्य भनावैरी पनि भएको घाइतेहरुको भनाई छ। भनावैरी पछि उक्त अल्टोकारलाई ओभरटेक गरेर तेज गतिमा बढेको सो मेक्स गाडीका चालकले केही अघि पुगेपछि नियञ्त्रण हराउँदा दूर्घटना भएको घाइते जयबहादुर राईले एच पी सी समाचारलाई बताएका छन।
17 Apr 2012
वाहन दुर्घटनमा पाचँको मृत्यु चारजना घाइते
Related Posts:
GTA queries hit Trinamul growth AVIJIT SINHA Siliguri, Feb. 22: Trinamul efforts to expand its base in the Terai and the Dooars have been hit badly with party leaders complaining that they were having to face uncomfortable questions on the demand to i… Read More
गोर्खाल्याण्डको निम्ति सबै द्लहरु एक हुनु पर्छ - गोरानिमो !-- /* Font Definitions */ @font-face {font-family:Mangal; panose-1:0 0 4 0 0 0 0 0 0 0; mso-font-charset:1; mso-generic-font-family:auto; mso-font-pitch:variable; mso-font-signatu… Read More
तिब्बतको स्वतञ्त्रता अनि मानव अधिकारको पुनर्बहालीको निम्ति अन्तरराष्ट्रीय समुदायसँग समर्थनको आह्वान !-- /* Font Definitions */ @font-face {font-family:Mangal; panose-1:0 0 4 0 0 0 0 0 0 0; mso-font-charset:1; mso-generic-font-family:auto; mso-font-pitch:variable; mso-font-signatu… Read More
Gurung to meet PC on Feb 28Darjeeling, Feb. 22: The Gokha Janmukti Morcha said today that a delegation led by party chief Bimal Gurung will meet the Union home minister on February 28 to discuss the delay in the formation of the administrative set… Read More
झीलको सफाईमा ओर्लिए ठेला व्यवसायीहरु !-- /* Font Definitions */ @font-face {font-family:Mangal; panose-1:0 0 4 0 0 0 0 0 0 0; mso-font-charset:1; mso-generic-font-family:auto; mso-font-pitch:variable; mso-font-signatu… Read More
0 comments:
Post a Comment