Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

22 Aug 2013

जुलूश धकणा स्थगित, बन्द यथावत



कालेबुङ 21 अगष्ट:
मोर्चा महा-सचिव रोशन गीरिले आन्दोलनलाई दुइदिनको लागी स्थगित गर्ने घोषणा गरेपछि आज कालेबुङमा प्रतिदिन हुने जुलूश अनि पदसभा कार्यक्रम हुन सकेन। यध्यपि जुलूशमा भाग लिन मोर्चा समर्थकहरु भने यहाँको डम्बरचोकमा उपस्थित बनेका थिए। डम्बरचोकमा उपस्थित बनेको मोर्चा समर्थकहरुलाई सम्बोधन गर्दै प्रवक्ता डा. हर्कबहादुर छेत्रीले दलको घोषणा अनुरुप दुइदिनको निम्ति जुलूश अनि धरणा कार्यक्रम स्थगित गरेको बताए। पार्टी महा-सचिव रोशन गीरिले दार्जीलिङमा एउटा पत्रकारसम्मेलनको आयोजना गरि दुइदिन पहाड़मा कुनै प्रकारको जुलूश अनि पदसभाहरु नहुने जानकारी दिएता पनि यता कालेबुङमा भने मोर्चा समर्थकहरु संगै हालैमा गठित भेएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, गोटाफो संयोजक आर. मोक्तान लगायत क्रामाकपा नेताहरु डम्बरचोकमा उपस्थित बनेका थिए। तर, मोर्चा अनि गोजोएक-को आपसी तालमेलको मकिको कारण आज सबै दलका प्रतिनिधिहरु सडकमा उपस्थित रहेता पनि कालेबुङमा कुनै प्रकारको कार्यक्रमहरु भने भएन। डम्बरचोकको भिड़लाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता छेत्रीले समर्थकहरुको उत्साहजनक उपस्थितिलाई स्वागत जनाए। जुलूश अनि पदसभाको कार्यक्रम स्थगित हुँदा प्रवक्ता छेत्रीले गत 19 अगष्टको दिन दुर्घटनामा निधन भएका मिरिकका नारी मोर्चा कार्यकर्ताहरुको दिवाङ्गत आत्मा-शान्तिको निम्ति समर्थकहरुलाई दुइ मिनचको मौन धारण गरिदिने अनुरोध गरे। उक्त मौन धारणको कार्यक्रम पछि कालेबुङ शहर फेरि जन-शुन्य बनेको थियो। जुलूश, धरणा अनि पदसभाको कार्यक्रम स्थगित भएता पनि कालेबुङमा बन्द भने यथावत नै रहेको छ। शहरको दोकान-पाट, यातायत सेवा, शैक्षिक संस्थान, ब्यांक, डाकघरलगायतको अधिकांशा करकारी कार्यलयहरु आजसम्म पनि खुलेको छैन। शहरको मुलमार्गहरुमा केवल एम्बुलेन्स, सेना अनि पुलिसको बहान मात्र देख्न पाइन्छ।

20 Aug 2013

‘घर भित्रै जनता’ पहाड़ अचल



कालेबुङ 19 अगष्ट:
गोर्खाल्याण्ड जोइन्ट एक्शन कमिटिले आह्वान गरेको ‘घर भित्रै जनता’ कार्यक्रमले सम्पूर्ण पहाड़ नै ठप्प बन्यो। यस अघि मोर्चाले डाकेको पहाड़ बन्द अनि जनता कर्फ्युलाई हाई कोर्टले असंवैधानिक रहेको पुष्टी गरे पछि हाई कोर्टको व्यानलाई ध्यानमा राख्दै गोजोएक-ले ‘घर भित्रै जनता’ नामक रणनीति तय गरेको हो। अनिश्चितकालीन पहाड़ बन्द, जनता कर्फ्यु वा घर भित्रै जनता जुनै पनि प्रकारको कार्यक्रम होस छुट्टै राज्य चहाने पहाड़का जनताले यसलाई पूर्णरुपले समर्थन जनाइरहेका छन्। अघिबाटै दुइदिने जनता कर्फ्युको सामना गरिरकेका पहाड़का जनताले आज छुट्टै राज्य प्राप्तिको निम्ति घर भित्रै बसेर गोजोएक-ले आह्वान गरेको ‘घर भित्रै जनता’ कार्यक्रमलाई पनि सफल बनाएका छन्। छुट्टै राज्यको निम्ति आन्दोलनलाई नेतृत्व गर्नेहरुले पहाड़ बन्द, जनता कर्फ्यु, घर भित्रै जनता गरि रणनीतिलाई विभिन्न प्रकरको नाम दिए तापनि यस्तो असर भने एकै प्रकारको रहेको छ। आज पहाड़भरिका जनताले जोरोएक-ले आह्वान गरेको घर भित्रै जनता कार्यक्रमलाई पालन गर्दा यहाँका तीनैवाट महकुमा ठप्प बनेको थियो। यता, कालेबुङ महकुमामा छुट्टै राज्य चहाने जनताले शान्तिमय ढ़ंगमा उक्त कार्यक्रम पालन गरेका छन्। कमिटिको कार्यक्रमलाई पालन गर्दै आज पुरा दिन कालेबुङवासी घरवाट बाहिर निस्केन्न्। फलस्वरुप पुरा शहर शुनशान हरेको थियो। आज जनता घरबाट बाहिर नआउँदा यहाँका दोकान-पाट, यातायात सेवा, शैक्षिक संस्थान, ब्यांक, डाक-घरलगायतको अधिकांश सरकारी कार्यलयहरुसम्मेत बन्द रहेको थियो। केवल यहाँको महकुमा अधिकारीको कार्यलयमात्र आज खुला रहेको थियो। कालेबुङ शहरको मुल-मार्गहरुमा केवल एम्बुलेन्स, सेन अनि पुलिसको वहानमात्र देखियो। गोजोएक-ले आह्वान गरेको घर भित्रै जनता पनि आन्दोलनकै एउटा अंश रहेकोले गर्दा शहरमा शान्ति-श्रंखला बनाइ राख्न पुलिस प्रशासनले कड़ा सुरक्षा व्यवस्था मिलाएको छ। पुलिसका जवानहरुलाई शहरको विभिन्न स्थानहरुमा तैनाथ गरिएको छ भने कालेबुङमा रहेको दुइ कम्पनी केन्द्रीय अर्धसैनिक बलका जवानहरुले पनि क्रमिकरुपमा शहरको प्रमुख स्थानहरुमा गस्ति लगाइरहेका छन्।

कालेबुङमा दुइवटा परिक्षाहरु शुरु



कालेबुङ 19 अगष्ट:
छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा चलिरहेको आन्दोलनको कारण पहाड़ अचल रहेता पनि यस्तै अवस्थामा कुशल शिक्षक बन्नको निम्ति आजदेखि पहाड़का 48 जना उम्मेद्वारहरुले डिपलोमा इन एलिमेन्ट्री एडूकेशनको परिक्षा दिन शुरु गरेको छ। पश्चिम बंगाल शिक्षा मंत्रायल अधिनस्थ सञ्चानल हुने प्राथमिक शिक्षक प्रशिक्षणलाई यस बर्षदेखि शिक्षा परिषदले डिपलोमा इन एलिमेन्ट्री एडूकेशनको नाम दिएको छ। उक्त डिपलोमा कोर्स यहाँको जनता कलेजमा विगत वर्ष 2012देखि शुरु भएको थियो। उम्मेद्वारहरुले दुइ वर्षको प्रशिक्षण पुरा गरे पछि आजदेखि परिक्षा शुरु हो। यहाँका जनता कलेज/बीटी कलेजका प्राचार्य मनिन्द्र भुजेले आज पत्रकारहरुलाई जानकारी दिँदै परिक्षामा कुल 48 जना परिक्षार्थीहरु रहेको बताउँदै ‘परिक्षार्थीहरुमा 24 जना पुरुष अनि 24 जना महिला रहेका छन्’। पहाड़मा चलिरहेको आन्दोलनले परिक्षामा असर पर्दैन भन्ने प्रशना गर्दा तिनले जनता कलेजमा बीटी गर्नेहरुको निम्ति हस्टेलको पनि सुविधा भएको कारण बन्दले कुनै प्रकारको प्रभाव नपर्ने बताए। ‘परिक्षा दिने सबै उम्मेद्वारहरु हस्टेलमा नै बस्छन्’ तिनले भने ‘बिहान परिक्षा केन्द्रमा विध्यार्थीलगायत हामी हस्टेलबाटै आउँछौ’ । यहाँको जुब्ली हाई स्कूलमा आजदेखि शुरु भएको उक्त परिक्षा आगमी महिनाको दुइ तारिक समापन हुनेछ। कतिपय समस्याको कारण विगत धेरै वर्ष अघिदेखि यहाँको जनता कलेजमा यस प्रकारको कोर्स अनि परिक्षा बन्द अवस्थामा थियो भने गलभग सात पर्ष पछि आजदेखि पुन शुरु भएको छ। शिक्षण पेशामा चासो राख्ने उम्मेद्वारहरुले पहाड़ बन्द रहेता पनि आज सफलतापुर्वक परिक्षा दिएका छन्।
अर्कोतिर, कालेबुङ शहर अचल रहेको अवस्थामै आजदेखि एक्सट्रनल माध्यमिक परिक्षा वोर्डको सेनटप परिक्षा शुरु भएको छ। कालेबुङ संग्लन क्षेत्रहरुबाट कुल 64जना विध्यार्थीहरुले आजदेखि सेनटप परिक्षा लेख्न शुरु गरेका छन्। यस वर्ष कालेबुङबाट कुल 80जना विध्यार्थीहरुले उक्त परिक्षाको निम्ति फारम जम्मा गरेका थिए भने आज सेनटप परिक्षाको प्रथम दिन केवल 64 जना विध्यार्थीहरुमात्र उपस्थित बनेका थिए। परिक्षा यहाँको कुमदुनी विधाल्यमा सम्पन्न भइरहेको छ।  यस सेनटप परिक्षा आगमी 23 अगष्टको दिन सकिने विधाल्यका शिक्षक प्रभारी योंगदेन घिसिङले जानकारी दिएका छन्।

चोरीको आरोपमा चार युवाहरु पक्राउ



कालेबुङ 19 अगष्ट
चोरी गरेको आरोपमा आज कालेबुङ पुलिसले यहाँको इष्टमेन रोडबाट चारजना युवाहरुलाई पक्राउ गरेको छ। इष्टमेन रोडमा अवस्थित इडेन गार्डन स्कूलको हस्टेलबाट सिलिन्डर अनि अन्य आवश्यक सामाग्रीहरु चोरी गरेको आरोपमा पुलिसले रोशन खवास, शिव सुब्बा, माइकल राई अनि छिरिङ तामाङलाई आज बिहान पक्राउ गरेको हो। कालेबुङ थाना शुत्रबाट प्राप्त भएको जानकारी अनुसार प्रमुख आरोपी रोशन खवास रहेको छ भने चोरी गरिएको सामाग्रीहरु पुलिसले शिव सुब्बाको घरबाट उद्धार गरेको हो। चोरी काण्डमा माइकल राई अनि छिरिङ तामाङले सहयोग पुर्याएको पुलिस शुत्रको भनाइ छ। यता आरोपी छिरिङ तामाङ विरुध न्यायलयले अघिबाटै ड्रग्स मामिलामा वारंट जारी गरेको थियो। उक्त चारैजना आरोपीहरुलाई पुलिसले आज कालेबुङ कोर्टमा पेस गरेको थियो। कोर्टले प्रमुख आरोपी रोशन खवासलाई दुइदिनको पुलिस हिरासतमा पठाएको छ भने अन्यलाई न्यायिक हिरासतमा लिएको छ।