Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

25 Aug 2013

कालेबुङमा जुलूश र जनसभा जारी

कालेबुङ 24 अगष्ट:
जनमुक्ति माइनोरेटी संगठनको अगुवाइमा आज कालेबुङमा जुलूश अनि जनसभा सम्पन्न भयो। जुलूश अनि जनसभाको आज चौथो दिन पनि कालेबुङमा मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। सयौ मोर्चा समर्थकहरुलाई नेतृत्व गर्दै माइनोरेटी संगठनका प्रतिनिधिहरुले यहाँको डम्बरचोकबाट जुलूश निकालेका थिए। संगठनका कोषाध्यक्ष सुवास मित्तललाई पुलिसले पक्राउ गरेता पनि सदस्याहरुले भने सक्रियरुपमा जुलूशमा भाग लिएका थिए। उक्त संगठनको आजको जुलूशमा कालेबुङका विभिन्न क्षेत्रहरुबाट आएका मोर्चा समर्थकहरु पनि समेल भएका थिए भने छुट्टौ राज्य गोर्खाल्याण्डको मांगमा नारा-बाजी गर्दै जुलूशले शहर परिक्रमा गरेको थियो। जुलूश अनि नारा-बाजीको कार्यक्रम पछि डम्बरचोकमा एउटा जनसभा सम्पन्न भएको थियो। जनसभामा गार्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, हिल्स कंग्रेसमा उपाध्यक्ष पीबी घतानी, क्रामाकपा नेता मोहन पौडयाल, मोर्चा महकुमा समितिका अध्यक्ष सरीता राईलगायत क्षेत्रीय नेताहरु उपस्थित थिए। जनसभालाई क्रामाकपा नेता मोहन पौडयाल अनि मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष सरीता राईले सम्बोधन गरेका थिए।
आज सम्पन्न भेको जनसभालाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौडयालले हालको पुलिस कार्वाहीको कड़ा विरोध गरेका छन्। छुट्टै राज्यको आन्दोलनमा लागी परेका संग्रामी नेताहरुलाई पहाड़बाट पक्राउ गरेता पनि पुलिसले नक्सलवाड़ीबाट पक्राउ गरेको पुष्टी गरेर झुटो तथ्य प्रमाणीत गरिरहेको तिनको भनाइ छ। पहाड़का राजनीतिक बन्दीहरुलाई जलपाईगढ़ी पुर्याएको घटनाको पनि तिनले विरोध जनाएका छन्। ‘तर, छुट्टै राज्यको दिर्घकालिन मांगलाई सरकारले कुनै पनि तरिकाले दवाउन सक्दैनन्’ आफ्नो सम्बोधनमा तिनले यसो भने ‘जनताले सरकारको दमननीतिलाई पर्वहा गरेका छैनन्’।  बंगालबाट अलग हुन सन् 1907 साल देखिनै पहाड़मा छुट्टै राज्यको मुद्दा लिएर विभिन्न आन्दोलनहरु चलिरहेको बताउँदै तिनले त्यस समय धेरैवाट प्रलोभनहरु देखाएर आन्दोलनलाई दवाउन सरकार सफल भएको जनाए। हाल देशको विभिन्न प्रान्तहरुमा छुट्टै राज्यको मांगमा आवजहरु उठिरहेको कुरालाई अघि राख्दै तेलङ्गना राज्य निर्माणको प्रक्रियाले भने अन्तिम रुप लिसकेको तिनको भनाइ छ। ‘बिदर्भ, बुंदेलखण्ड, कार्वीयाङ्ल्याङ, बोडोल्याण्ड आदिलाई राज्य को दर्जा दिइनु पर्ने मांगमा हाल ती क्षेत्रका जनताहरु संघर्षरत छन्’ तिनले भने ‘तर भारत सरकार छुट्टै राज्य हुन नदिनको निम्ति अनेक प्रकारको प्रलोभन देखाएर हामीलाई भुलाउने प्रयासमा छ’। छैटौ अनुसूची अन्तगर्त कार्बीयाङ्ल्याङमा चरिरहेको स्वयत्त शासनलाई आज ती क्षेत्रका जनताले अस्वीकार गरेको तर्क राख्दै क्रमाकपा नेता पौडयालले व्यवस्थाले छुट्टै राज्यको आकांक्ष पुरा गर्न नसकिने बताए। तिनले आफ्नो सम्बोधनमा केवल छुट्टै राज्यको निम्ति सन् 1996 सालमा क्रामाकपा गठन भएको कुरा राखे। ‘छुट्टै राज्यको निम्ति विमल गुरुङको नेतृत्वमा मोर्चाले शुरु गरेको आन्दोलनमा अघिबाटै क्रामाकपाले साथ दिएको थियो’ तिनले भने ‘फेरि आजको निर्णायक आन्दोलनमा पनि क्रामाकपा मोर्चाको साथमा छ’। ‘उत्त बंगाल विकास मन्त्री गौतम देव फेरि चारो लिएर जीटीएमा छर्न आउँदै छन्’ यसरी ब्यंग्य कस्दै तिनले भने ‘छुट्टौ राज्य गोर्खाल्याण्ड प्राप्त नभएसम्म जनता सचेत बनेर संघर्षमा अघि बढ़नु पर्छ’। आन्दोलनको जन-उपस्थिति देखेर हाल राज्य सरकार अन्योलतामा परिरहेको बताउँदै तिनले भारतमा गोर्खाहरुको निम्ति छुट्टै राज्य निर्माण नभएसम्म जन-एकता कायम राख्नु पर्ने आह्वान गरेका छन्। जनसभालाई सम्बोधन गर्दै मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष सरीता राईले पनि जनताको एकताले आन्दोलनमा ठूलो सहयोग पुगिरहेको जनाए। छुट्टै राज्य प्राप्तिको निम्ति दिर्धकालिन संघर्ष गरिनु पर्ने बताउँदै तिनले जनसाधरणलाई सक्रियरुपमा आन्दोलनमा सहयोग पुर्याईदिने अपिल गरेकी छन्।

पक्रा परेका माइनोरेटी नेता जमानतमा रिहा

कालेबुङ 24 अगष्ट:
गत 11 अगष्टको दिन कालेबुङमा नानीहरुलिएर में बच्चो अलग राज्य गोर्खाल्याण्डको मांगमा प्रशासनिक अनुमति बिनानै जुलूश निकालेको आरोपमा आज पुलिसले जनमुक्ति माइनरेटी फोरमका कोषाध्यक्ष सुबाश गुप्तालाई पक्राउ गरेको छ। गुप्तालाई सुक्रबार राती नै पुलिसले मेन रोड स्तिथ तिनको नीजि आवसबाट केरकारको निम्ति थाना ल्याएको थियो भने यसै अवधि तिनलाई पक्राउ गरेको थाना शुत्रमार्फत थाह लागेको छ। आरोपी गुप्ता विरुध पुलिसले भारतीय दण्ड संहिता की  धारा १४३,१८६,३३६ एवं  ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ भने तिनलाई आय कालेबुङ कोर्टमा प्रस्तुत गरेको थियो। तिनी विरुध धारा १४३ अन्तर्गत प्रशासनिक अनुमति बिना जुलूस निकालेको , धारा १८६ अन्तगर्त पुलिस कार्वाहीमा बाधा दिएको, धारा ३३६ अनुसार नानीहरुलाई जुलूशमा सामेल गराएको अनि धारा ५०६ अन्तर्गत धम्की दिएको आरोपहरु लागेको। सबै आरोपहरुलाई केन्द्र गरि न्यायलयले तिनलाई पाँस सय रुपीयाको जरीमाना तिर्न लगाएर जमानतमा रिहा गरेको छ। तर, आगमी 30 अगष्टको दिन गुप्तले कालेबुङ कोर्टमा आफ्नो उपस्थिति दिनु पर्ने छ न्यायलयको आदेश छ।

बन्दले दिक्क बनेपछि लाग्दैछन् समतल

कालेबुङ 24 अगष्ट:
पहाड़ बन्दले दिक्क बनेपछि आज कालेबुङबाट सयौ जनसाधरण समतल झरेका छन्। बन्दले आज आठह्रा दिन पुरा गरिसकेको छ। छुट्टै राज्यको मांगमा आन्दोलित पहाड़ हाल अचल रहेकोले गर्दा बन्दबाट राहत लिन मानिसहरु समतल तिर प्रस्थान हुन थालेका छन्। कालेबुङबाट आज दुइवटा उत्तर बंगाल परिवहान निगमको बसमा सयौ मानिसहरु सिलगढ़ी प्रस्थान भएका छन्। यहाँको थाना डाँड़ा परिसरमा आज सिलगढ़ी जाने यात्रीहरुको निकै भिड जमेको थियो। बन्दको कारण पहाड़ भरिनै हाल नीजि वहानहरुको चलाचल ठप्प बनेको छ। यस्तो अवस्थामा सरकारले प्रशासनिक सुरक्षा दिएर कालेबुङमा दुइवटा बस पठाउँदा आज थाना डाँड़ा परिसरमा यात्रीहरुको भाग-दौड़ मच्चिएको थियो। सिट रोक्न यात्रीहरु बसको मुल ढोकबाट होइन खिडकीबाट छिरिरहेका थिए। गत केही दिन अघि उत्तरबंगाल विकास मनत्री गौतम देव कालेबुङ आएर बन्दको अवधि खाध्य सामाग्रीहरु विरतण गर्ने अनि यातायात सुविधाको निम्ति परिवहानको बसहरु कालेबुङ पठाउने घोषणा गरेका थिए। यसैले मन्त्री देवको दोस्रो घोषणा आज कालेबुङमा पुरा भएको छ। मन्त्री देवको घोषणा अनुरुप खाध्य सामाग्रीहरु लिन कालेबुङका जनसाधरण पुलिस थानाहरुमा त गएनन् तर, उसै मन्त्रीले गरिदिएको यातायात व्यवस्थाको भने जनसाधरणले हर्ष साथ उपभोग गरिरहेका छन्। के कारणले सिलगढ़ी जान हुँदैछ भन्ने प्रश्ना गर्दा बसमा सवार भएका यात्रीहरुले राजनीतिक समस्याबाट पन्सिन खोज्दै आफूलाई मौन राखे। शहर पुर्णरुपले बन्द रहेता पनि बन्दको अवधि कालेबुङबाट सिलगढ़ी जाने यात्रीहरुको संख्या भने दिन प्रतिदिन बृद्धी भइरहेको छ। यात्रीहरुलाई सुरक्षासाथ सिलगढ़ी पुर्याउन प्रशासनले यात्रा अवधि सुरक्षाकर्मीहरु खटाएको छ। यसैले सुरक्षा बलको आडमा गर्व अनुभाव गर्दै आज कालेबुङबाट सयौ मानिसहरु समतल प्रस्थान भए।

CALL FOR DEMOCRACY

  • Dear Sir/Madam, 
           The intellectuals, writers, social activists of Siliguri are continuously and sharply observing the developments of Darjeeling hills political scenario. This democratic section holds the stand that the Government of West Bengal should move ahead politically to solve the old issue of identity issue rather than applying stern administrative models and acting in stubborn aggressive mood. The arrest of political workers as well as common people has crossed 650 till date. The peaceful scenario of the hills has been sabotaged by the unnecessary deployment of additional police force, SSB and CRPF in nooks and corners of the hills. A fear psychosis has swept away the normalcy of the hill’s public life. The democratic values seem to be facing dire results of state atrocities of arrests of people, baseless transfer of officials. In order to address this crisis, to condemn the atrocities and to demand for the restoration of democratic environment, a joint press release is being issued on 27th Aug 2013 (Tuesday) with the names of the individuals/organisations who are in favour of peoples’ right to democratic life. We request you to go through the draft of the release attached herewith and to give your consent of inclusion of your name, if you agree to be named, by 26ht August 2013 (Monday). WE would even request you to forward this letter to as many democratic people as possible so that they may also come forward for this mass appeal. Thanks With expectations of positive and constructive feedback.
                                                                                                                               Yours Truly
                                                                                                                          Raja Puniani Siliguri

    For further query Please call
     Rupam Deb- 8436471085, 9749066812;
    Sailesh Chettri- 8515872564, 9733443476;
    Ananyo Mukherjee- 9434947412,
    Raja Puniani - 9002320631