Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Aug 2013

कालेबुङमा जुलूश र जनसभा जारी

कालेबुङ 24 अगष्ट:
जनमुक्ति माइनोरेटी संगठनको अगुवाइमा आज कालेबुङमा जुलूश अनि जनसभा सम्पन्न भयो। जुलूश अनि जनसभाको आज चौथो दिन पनि कालेबुङमा मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। सयौ मोर्चा समर्थकहरुलाई नेतृत्व गर्दै माइनोरेटी संगठनका प्रतिनिधिहरुले यहाँको डम्बरचोकबाट जुलूश निकालेका थिए। संगठनका कोषाध्यक्ष सुवास मित्तललाई पुलिसले पक्राउ गरेता पनि सदस्याहरुले भने सक्रियरुपमा जुलूशमा भाग लिएका थिए। उक्त संगठनको आजको जुलूशमा कालेबुङका विभिन्न क्षेत्रहरुबाट आएका मोर्चा समर्थकहरु पनि समेल भएका थिए भने छुट्टौ राज्य गोर्खाल्याण्डको मांगमा नारा-बाजी गर्दै जुलूशले शहर परिक्रमा गरेको थियो। जुलूश अनि नारा-बाजीको कार्यक्रम पछि डम्बरचोकमा एउटा जनसभा सम्पन्न भएको थियो। जनसभामा गार्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोश दाश प्रधान, उपाध्यक्ष जेबी राई, हिल्स कंग्रेसमा उपाध्यक्ष पीबी घतानी, क्रामाकपा नेता मोहन पौडयाल, मोर्चा महकुमा समितिका अध्यक्ष सरीता राईलगायत क्षेत्रीय नेताहरु उपस्थित थिए। जनसभालाई क्रामाकपा नेता मोहन पौडयाल अनि मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष सरीता राईले सम्बोधन गरेका थिए।
आज सम्पन्न भेको जनसभालाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौडयालले हालको पुलिस कार्वाहीको कड़ा विरोध गरेका छन्। छुट्टै राज्यको आन्दोलनमा लागी परेका संग्रामी नेताहरुलाई पहाड़बाट पक्राउ गरेता पनि पुलिसले नक्सलवाड़ीबाट पक्राउ गरेको पुष्टी गरेर झुटो तथ्य प्रमाणीत गरिरहेको तिनको भनाइ छ। पहाड़का राजनीतिक बन्दीहरुलाई जलपाईगढ़ी पुर्याएको घटनाको पनि तिनले विरोध जनाएका छन्। तर, छुट्टै राज्यको दिर्घकालिन मांगलाई सरकारले कुनै पनि तरिकाले दवाउन सक्दैनन् आफ्नो सम्बोधनमा तिनले यसो भनेजनताले सरकारको दमननीतिलाई पर्वहा गरेका छैनन् बंगालबाट अलग हुन सन् 1907 साल देखिनै पहाड़मा छुट्टै राज्यको मुद्दा लिएर विभिन्न आन्दोलनहरु चलिरहेको बताउँदै तिनले त्यस समय धेरैवाट प्रलोभनहरु देखाएर आन्दोलनलाई दवाउन सरकार सफल भएको जनाए। हाल देशको विभिन्न प्रान्तहरुमा छुट्टै राज्यको मांगमा आवजहरु उठिरहेको कुरालाई अघि राख्दै तेलङ्गना राज्य निर्माणको प्रक्रियाले भने अन्तिम रुप लिसकेको तिनको भनाइ छ। बिदर्भ, बुंदेलखण्ड, कार्वीयाङ्ल्याङ, बोडोल्याण्ड आदिलाई राज्य को दर्जा दिइनु पर्ने मांगमा हाल ती क्षेत्रका जनताहरु संघर्षरत छन् तिनले भने तर भारत सरकार छुट्टै राज्य हुन नदिनको निम्ति अनेक प्रकारको प्रलोभन देखाएर हामीलाई भुलाउने प्रयासमा छ। छैटौ अनुसूची अन्तगर्त कार्बीयाङ्ल्याङमा चरिरहेको स्वयत्त शासनलाई आज ती क्षेत्रका जनताले अस्वीकार गरेको तर्क राख्दै क्रमाकपा नेता पौडयालले व्यवस्थाले छुट्टै राज्यको आकांक्ष पुरा गर्न नसकिने बताए। तिनले आफ्नो सम्बोधनमा केवल छुट्टै राज्यको निम्ति सन् 1996 सालमा क्रामाकपा गठन भएको कुरा राखे। छुट्टै राज्यको निम्ति विमल गुरुङको नेतृत्वमा मोर्चाले शुरु गरेको आन्दोलनमा अघिबाटै क्रामाकपाले साथ दिएको थियो तिनले भने फेरि आजको निर्णायक आन्दोलनमा पनि क्रामाकपा मोर्चाको साथमा छउत्त बंगाल विकास मन्त्री गौतम देव फेरि चारो लिएर जीटीएमा छर्न आउँदै छन् यसरी ब्यंग्य कस्दै तिनले भने छुट्टौ राज्य गोर्खाल्याण्ड प्राप्त नभएसम्म जनता सचेत बनेर संघर्षमा अघि बढ़नु पर्छ। आन्दोलनको जन-उपस्थिति देखेर हाल राज्य सरकार अन्योलतामा परिरहेको बताउँदै तिनले भारतमा गोर्खाहरुको निम्ति छुट्टै राज्य निर्माण नभएसम्म जन-एकता कायम राख्नु पर्ने आह्वान गरेका छन्। जनसभालाई सम्बोधन गर्दै मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष सरीता राईले पनि जनताको एकताले आन्दोलनमा ठूलो सहयोग पुगिरहेको जनाए। छुट्टै राज्य प्राप्तिको निम्ति दिर्धकालिन संघर्ष गरिनु पर्ने बताउँदै तिनले जनसाधरणलाई सक्रियरुपमा आन्दोलनमा सहयोग पुर्याईदिने अपिल गरेकी छन्।

Related Posts:

  • Educational Tour RANGPO-25TH AUGUST 12The forty member’s student’s team from Padma odzer choeling senior secondary school Gangtok up to class eight was came to Duga under west Pandam constituency in a day long educational tour. Escorted by fo… Read More
  • Bail rejectedCalcutta, Aug 24 : A division bench of Calcutta High Court comprising Justice A.K. Roy and Justice Taufique Uddin today rejected the bail petition of Sudesh Rai Maji who was arrested in connection with ABGL chief Madan Tamang… Read More
  • CM Chamling back from Delhi RANGPO-24TH AUGUST 12Sikkim chief minister Mr. Pawan kumar chamling was return back from delhi after one week long trip to Delhi .according to the news Mr. chamling was left for Delhi on 18th august .today maximum cabinet… Read More
  • Balidaan diwash celebrated by SGPPRANGPO-26 AUGUST 12Sikkim gorkha prajatantrik party has celebrated the balidaan diwas of major sahid durga malla was celebrated at the party office of Singtam.mr k b Pradhan as a chief guest has lighted the diya .party presid… Read More
  • Photography salute to first two - Sikkim exhibition of father-son’s Chogyal photosGangtok, Aug. 24: Off-season tourists to Sikkim have found a way to spend their time by browsing through a photography exhibition in tribute to the first two photographers of Sikkim, Tse Ten Tashi and his son Paljor Dorji.The… Read More

0 comments: