Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Aug 2013

आन्दोलनलाई दिल्लीमुखी बनाउ - हिल्स कंग्रेसको अपिल

कालेबुङ 26 अगष्ट :
छुट्टै राज्यको मांगमा हाल पहाड़मा उठिरहेको जन-आन्दोलनलाई राज्य सरकारले चारैतिरबाट दवाउने प्रयास गरिरहेको समय दार्जीलिङ जिल्ला कंग्रेसले आन्दोलनलाई दिल्ली केन्द्रीत गर्नु पर्ने आह्वान गरेको छ। जिल्ला कंग्रेसका सचिव दिलिप प्रधानले आज कालेबुङमा सम्पन्न भएको जनसभालाई सम्बोधन गर्दै उक्त मनाशय प्रकट गरेका हुन्। प्रदेश कंग्रेसको कटु आलोचनाहरु सहेर पनि हाल दार्जीलिङ जिल्ला कंग्रेसका प्रतिनिधिहरु गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिमा रहेर छुट्टै राज्यको मुद्दा उठाईरहेका छन्। जिल्ला कंग्रेसले पहाड़को प्रमुख समस्यामाथि ध्यानदिने बताउँदै सचिव प्रधानले आफ्नो सम्बोधनमा राज्यका कंग्रेस नेताहरुको नै उल्टा आलोचना गरेका छन्। बंगाल विभाजन हुँदैन भन्ने पक्षलिएर राज्यका सबै दल एक हुन सक्छ भने छुट्टै राज्यको निम्ति हामी पहाड़का दलहरु किन एक हुन पाउँदैन तिनले राज्य कंग्रेस अनि भारतीय जनता पार्टीका नेताहरुलाई प्रश्न गरे। हामीले बंगालका कंग्रेस नेताहरुको मुख हेरेर दलको झण्डा समातेका होइनौ तिनले भने हाम्रो कुराकानी दिल्लीसंग भइसकेको छ  दार्जीलिङ जिल्ला कंग्रेसले शुरु देखिनै युनियन टेरिटेरीको मुद्दा उठाउँदै आइरहेको छ भने हालको आन्दोलनमा समावेश बनेर यस दलले छुट्टै राज्यको मुद्दालाई अघि राखेको छ। पहाड़ बन्द अवधि नै आफूहरुले दिल्ली भ्रमण गरि दलका शिर्ष नेताहरुलाई पहाड़को स्थिति बारे अवगत गराई सकेको पनि तिनले आजको जनसभा मार्फत जनसाधारणलाई अवगत गराएका छन्। एउटै मुद्दाको निम्ति पहाड़का दलहरु एक हुनु पर्ने कंग्रेस अध्यक्ष सोनिया गान्धीको भनाइ रहेको बताउँदै तिनले पहाड़का सबैदलहरुलगायत सामाजिक संघ-संस्थाहरुलाई पनि एक भएर आन्दोलनमा अघि बढ़नु पर्ने आह्वान गरेका छन्। हालैमा गठित गेर्खाल्याण्ड संयुक्त कार्वाही समितिबाट दलहरु बाहिरिएको कुराईलाई केन्द्र गर्दै तिनले अन्य समुद्य अनि आन्दोलनहरुबाट पहाड़ले एकताको शिक्षा लिनु पर्ने बताएका छन्। तृणमूलकोसाथमा प्रदेश कंग्रेस, सीपीएम अनि भाजपाले गोर्खाल्याण्डको विरोध गरिरहेको समय पहाड़का दलहरुमा अनेकता देखिनु लजास्पदक कुरा रहेको तिनको भनाइ छ। के कारण गेर्खाल्याण्ड संयुक्त कार्वाही समितिबाट दलहरु बाहिरिन्दै छन्तिनले प्रश्न उठाएका छन्। अब उसो आन्दोलन दिल्लीमुखी हुनुपर्ने बताउँदै तिनले आफ्नो सम्बोधनमा संयुक्त कार्वाही समिति अघि कंग्रेसको पक्षबाट उक्त कुरा राख्ने बताएका छन्। पहाड़मा आन्दोलन भइरहेको समय एउटा टोली दिल्लीमा हुनु आवश्यक रहेको तिनको भनाइ छ। तिनले आजको जनसभाबाट पहाड़का अहिलेसम्मका संसद, विधायक अनि वुद्धीजीविहरुका एउटा टोलीले दिल्लीमुखी आन्दोलनलाई नेतृत्व गर्नुपर्ने सुझाव दिएका छन्।
जुलूश अनि धरणा कार्यक्रम पछि शहरमा सम्पन्न भएको आजको जनसभालाई जीटीए सभासद सीपी पौडयालले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा तिनले बंगाल सरकारको दमननीतिको आलोचना गर्दै सरकारले आन्दोलनलाई हिंसात्मक बनाउन धेरै प्रकारको षड़यन्त्र गरिरहेको आरोप लगाए। आधारहिन आरोपहरु लगाएर बंगाल सरकारले आन्दोलनलाई राष्ट्र विरोधी बनाउने प्रयास गरिरहेको छ तिनले भने। अब आन्दोलनलाई जनताले नै अधिबढ़ाउनु पर्ने तिनले अपिल गरेका छन्।
आजसम्पन्न भएको जुलूश अनि जनसभा कार्यक्रममा मोर्चा नेताहरु रमेश आले, नोर्देन लामा, विजय सुन्दास, क्रामाकपा नेता मोहन पौडयाल, कंग्रेस नेता पीबी घतानी आदि उपस्थित थिए। जुलूशमा कालेबुङका विभिन्न क्षेत्रहरुबाट आएका मोर्चा समर्थकहरुले भाग लिएका थिए। शहरमा क्रमिकरुपमा जनसभा अनि जुलूश कार्यक्रमहरु सम्पन्न भए तापनि यहाँका दोकान-पाट, शैक्षिक संस्थानहरु, यातायात सेवा लगायत अधिकांश सरकारी कार्यलयहरु भने आजसम्म पनि अचल रहेको छ।

Related Posts:

  • Scan on fleecing of tourists by taxis - Action against six cabs in GangtokNIRMAL MANGARGangtok, June 1: Sikkim police today launched a crackdown on taxis overcharging passengers in the peak tourism season. One vehicle was taken into custody and documents seized from five other cabs.Traffic police p… Read More
  • Steps planned against overchargeAVIJIT SINHASiliguri, June 1: The increase in the incidents of tourists being overcharged by sections of taxis and hotels during the current season has prompted the tour operators in north Bengal and Sikkim to plan steps that… Read More
  • GJM dismissed the Highway Block CommitteeMUKESH SHARMAKalimpong, May 31MEMBERS OF HIGHWAY BLOCKThe GJM party has today dismissed the Highway Block Committee demands for a separate constituency after the news of division among the Committee itself. Commenting on the … Read More
  • Rambi School, the story of ‘Fish without Water’MUKESH SHARMARambi, May 31:Rambi, a small village along the stretch of National Highway 31A has the population of two thousand peoples. The village in the name of education has only a high school to cater education for the po… Read More
  • "World No Tobacco Day 2012"RANGPO-1ST JUNE 12Golden Cross PHARMA PRIVATE LIMITED RORATHANG observed the "World No Tobacco Day 2012" on 31st May 2012 on the theme of "Tobacco Industries Interference". 3 day long Different type of programme like Awarenes… Read More

0 comments: