Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Aug 2013

शहरमा विध्यार्थीहरुको जुलूश अनि जनसभा जारी

कालेबुङ 28 अगष्ट:
दलको पुर्वघोषित कार्यक्रम अनुरुप आज पनि कालेबुङमा गोर्खा जनमुक्ति विध्यार्थी मोर्चाको जुलूश अनि जनसभा सम्पन्न भयो। तेलेङ्गना राज्य निर्माण प्रक्रियाले तातिएको पहाड़को आन्दोलनलाई थप प्रभावशाली बनाउन मोर्चाले कार्यक्रमहरुमा फेरबदल गरि हाल विध्यार्थी मोर्चालाई सड़कमा उत्रारेको छ। पार्टी हाइ-मकानको निर्देश अनुसार छुट्टै राज्यको मांगमा हाल विध्यार्थीहरु पनि उत्साहित बनेर सड़कमा उत्रीरहेका छन्। विमोको सड़क आन्दोलनको आज दोस्रोदिन पनि छुट्टै राज्यको समर्थनमा हजारौ विध्यार्थीहरु सड़कमा उत्रेका थिए। कालेबुङका विभिन्न क्षेत्रहरुबाट आएका हजारौ विध्यार्थीहरुलाई साथमा लिएर आज विध्यार्थी मोर्चाले यहाँको डम्बरचोकबाट विशाल जुलूश निकालेको थियो।जको जुलूशलाई विमो नेताहरु दिपेन थापा, समिर सुन्दास, नारी मोर्चा नेता बंदना योञ्जन आदिले नेतृत्व गरेका थिए।  छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा निकालेको विमोको उक्त जुलूशले बंगाल सरकारको दमननीतिको विरोधमा व्यापक नारा-बाजी गर्दै शहर परिक्रमा गरेको थियो। शहर परिक्रमा पछि जुलूशमा उपस्थित बनेका विध्यार्थीहरुले सरकारले पहाड़प्रति गरेको दुर्व्यवहारको विरोधमा विभिन्न प्रकारको नारा-बाजी गर्दै लामो समयसम्म डम्बरचोक परिसरमा धरणा प्रदर्शन गरेका थिए। यसै अवधि नारी मोर्चा नेता बंदना योञ्जनलुपस्थित विध्यार्थीहरुलाई सम्बोधन गर्दै  देशमा गोर्खाहरुको राज्य नभएको कारण नै आज विध्यार्थीहरु सड़कमा उत्रिनु परिरहेको बताइन्। तिनले आफ्नो सम्बोधनमा हालको आन्दोलन विध्यार्थीहरुको निम्ति नै भइरहेको जनाउँदै अब विध्यार्थीहरुमा राज्य चलाउने क्षमता हुनुपर्ने बताएकी छन्। विध्यार्थीहरुले राज्य मात्र होइन देश पनि चलाउनु सक्नु पर्छ तिनले भने। डम्बरचोक परिसरमा आज सम्पन्न भएको विमोको जनसभालाई गोजमुमो कालेबुङ महकुमा समितिका कोषाध्यक्ष दावा घिसिङले पनि सम्बोधन गरेका थिए।
जनसभा कार्यक्रम अवधिनै विध्यार्थी मोर्चाको एउटा टोलीले आज कालेबुङबाट सिलगढ़ी जाने यात्रीहरुलाई खदा अर्पण गरि शुभेक्षा प्रकट गरे। बन्द अवधि पनि परिवहानको तीनवटा बस कालेबुङबाट दैनिकरुपमा सिलगढ़ी प्रस्थान भइरहेको छ। गत केही दिन अघि एउटा जनसभाबाट मोर्चा प्रवक्ता ड़ छेत्रीले उक्त बसको पनि प्रयोग नगरेर सरकारको दमननीतिको भत्सर्ना जनाउनु पर्ने अपिल गरेता पनि कालेबुङबाट सिलगढ़ी जाने यात्रीहरुमा भने कुनै प्रकारको प्रभाव परेको छैन। बन्द अवधि पहाड़मा खाध्य सामाग्री वितरण गर्ने अनि यातायात सेवा सुचारु राख्ने मन्त्री गौतम देवको प्रयासलाई विफल पार्न विधायक छेत्रीले जनसभाबाट गरेका उक्त आह्वानले यात्रीहरुमा कुनै प्रकारको प्रभाव परेको देखिएन। विधायकको आह्वान पछि झन कालेबुङबाट समतल प्रस्थान हुने मानिसहरुको संख्या दोबर बनेको छ। यसैले बन्द अवधि पनि कालेबुङबाट सिलगढ़ी जाने मानिसहरुलाई आज विध्यार्थी मोर्चा कार्यकर्ताहरुले खदा अर्पण गरि हार्दिक शुभेक्षा प्रकट गरे। प्रशासनिक सुरक्षा-व्यवस्था बिच आज पनि कालेबुङबाट परिवहान नगमको दुइवटा बस यात्रीहरुलिएर सिलगढ़ी प्रस्थान भएको छ।

Related Posts:

  • LPG Domestic cylinder crises is raising the voice against the distributer27TH SEPTEMBER 12 Day by day LPG Domestic cylinder crises is raising the voice against the distributer and from today in the work procedure of plant situated at bageykhola too . At Sikkim there is only one riffling plant… Read More
  • Police officer & car fall into Teesta An SUV carrying the officer in charge of Rambi police station rolled down 100 feet into the Teesta in Kalimpong.Along with OC Shiv Sagar Chhetri (right), his friend Soumen Banerjee and the driver of the car are missing. Th… Read More
  • Trinamul bats for berths Siliguri, Sept. 24: Trinamul leaders from north Bengal have started lobbying for the inclusion of party MLAs from the region in the state cabinet as six slots have fallen vacant following the resignations of six Congress min… Read More
  • 50km trek for father huntGangtok, Sept. 27: A 15-year-old boy walked 50km for five days to reach Chungthang last night to look for his father, missing after a landslide at the Teesta hydel project site on September 21. Adesh Kumar found that rescue … Read More
  • Gurung GTA pay: Rs 50000Darjeeling, Sept. 27: The GTA Sabha has proposed to pay a monthly honorarium of Rs 50,000 to its chief executive, rs 25,000 to elected members and Rs 5,000 to nominated members. The payment is subject to the approval of the … Read More

0 comments: