Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Aug 2013

कालेबुङमा विमो-को जुलूश र जनसभा, हजारौ विध्यार्थीहरु सड़कमा


कलेबुङ 27 अगष्ट:
छुट्टै राज्यको मांगमा पहाड़मा चलिरहेको आन्दोलनलाई थप प्रभावशाली बनाउन मोर्चाले कार्यक्रमहरुमा फेरबदल गर्योपछि आजदेखि विध्यार्थी मोर्चा कार्यकर्ताहरु सड़कमा उत्रेका छन्। अबको पाँचदिनसम्म विध्यार्थी मोर्चाले पहाड़मा चलिरहेको आन्दोलनलाई अघिबढ़ाउने छ। पार्टी हाइ-कमानको निर्देश अनुसार आज जनमुक्ति विध्यार्थी मोर्चा कालेबुङ महकुमा समितिले पनि शहरमा विशाल जुलूश अनि जनसभाको आयोजना गरेको थियो। कालेबुङका विभिन्न क्षेत्रहरुबाट आएका हजारौ विध्यार्थीहरुले आजको जुलूश अनि जनसभामा भाग लिएका थिए। आज सम्पन्न भएको विध्यार्थी मोर्चाको जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो। विमो नेताहरु दिपेन थापा अनि समिर सुन्दासले नेतृत्व गरेका उक्त जुलूशमा सामेल भएका विध्यार्थीहरुले छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा विभिन्न प्रकारको नारा-बाजी लाएका थिए।  कालेबुङको विधालयहरु बन्द रहेता पनि आज विमोको आह्वानमा कालेबुङ महकुमा अन्तगर्त पर्ने विभिन्न क्षेत्रहरुबाट विध्यार्थीहरु उत्साहित बनेर जुलूश अनि जनसभामा भाग लिइरहेका थिए। विध्यार्थीहरुको आजको जुलूशले शहर परिक्रमा गरि यहाँको डम्बरचोकमा आएर धरणा प्रदर्शनमा परिणत भएको थियो। गलभग एक घण्टासम्म विध्यार्थीहरुले डम्बरचोक परिसरमा विभिन्न प्रकारको नाराबाजी गर्दै राज्य सरकारको दमननीतिको विरोध जनाए। विध्यार्थीहरुको आन्तिम चाहना गोर्खाल्याण्डअनि हम होंगे कामयाब एक दिनभन्ने विध्यार्थीहरुको आजको नाराले कालेबुङ शहर नै गुञ्जिएको थियो।
शहरमा आज भएको जुलूश अनि धरणा प्रदर्शन पछि डम्बरचोकमा नै विध्यार्थी मोर्चाको जनसभा सम्पन्न भएको थियो। सभालाई विमो नेता समिर सुन्दास अनि मोर्चा सभासद दावा लेप्चाले सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा विमो नेता सुन्दासले विध्यार्थीहरुको आजको जुलूश अनि धरणा क्रायक्रमले राज्य सरकारलाई चकित पारेको बताए। मुख्यमन्त्रीले नै विध्यार्थीहरुलाई पढ़ाइ छोडेर सड़कमा उत्रीन वाध्य बनाएको तिनले आरोप लगाएका छन्। आफ्नो सम्बोधनमा तिनले राज्यका नेतृत्वहरुले व्यक्तव्य दिन अघि पहाड़ आएर छुट्टै राज्य चाहने समर्थकहरुको संख्या हेर्नुपर्ने चुनौती दिएका छन्। छुट्टै राज्य भए मात्र पहाड़को शिक्षा व्यवस्थामा सुधार आउने बताउँदै तिनले राज्य प्राप्तिको निम्ति विध्यार्थीहरु संघर्षरत हुने बताए। हामीले छुट्टै राज्यको मांग केन्द्रलाई मागी रहेका छौ तिनले भने राज्य सरकार संग कुनै प्रकारको सरोकार छैन। पहाड़मा उठिरहेको छुट्टै राज्यको मांग न्यायउचित रहेको तिन बताउँदै गणातान्त्रीक आन्दोलनको नै जित हुने दावी गरेका छन्।
यता जनसभामा उपस्थित बनेका विध्यार्थीहरुलाई सम्बोधन गर्दै मोर्चा सभासद दावा लेप्चाले केवल छुट्टै राज्यले मात्र गोर्खाहरुको चिन्ह्रारी संकटको समस्या समाधान हुने बताए। तिनले पनि आफ्नो सम्बोधनमा पहाड़मा उठिरहेको अगल राज्यको आन्दोलन न्यायसंगत अनि संवैधानिक रहेको बताउँदै अझ आन्दोलनलाई तिब्ररुपमा अघि बढ़ाउनु पर्ने बताएका छन्।
शहरमा जुलूश अनि जनसभा गर्ने कार्य जारी रहेता पनि यहाँको दोकान-पाट अनि यातायात सेवाहरु भने पूर्णरुपले ठप्प बनेको छ। बन्दको चपेटमा परेर यहाँका शैक्षिक संस्थानहरुलगायत अधिकांश सरकारी कार्यलयहरुनै अचल रहेको छ। बन्द अवधि शहरमा एम्बुलेन्स, पुलिस अनि सेना वहानहरु सड़कमा देख्न पाइन्छ। अर्कोतिर, पुलिस प्रशासनको देखरेखमा कालेबुङबाट प्रतिदिन दुइवटा परिवहानको बसहरु मात्र सिलगढ़ी प्रस्थान भइरहेको छ।

Related Posts:

  • मन्त्रीहरुको पहाड़ भ्रमण व्यर्थ, एलडीसीले जातिमाझ फाटो ल्याउँछ - ड़ा छेत्री कालेबुङ 21 अगष्ट: मुख्यमन्त्रीले पहाड़ भ्रमण गर्ने कुरालाई केन्द्र गर्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रेले विभिन्न प्रकारका टिप्पणीहरु दिएका छन्। डा. छेत्रीले आज कालेबुङका पत्रकारहरुसंग कुराकानी गर्दै यसचोटीको मुख्यम… Read More
  • ‘घर भित्रै जनता’ पहाड़ अचल कालेबुङ 19 अगष्ट: गोर्खाल्याण्ड जोइन्ट एक्शन कमिटिले आह्वान गरेको ‘घर भित्रै जनता’ कार्यक्रमले सम्पूर्ण पहाड़ नै ठप्प बन्यो। यस अघि मोर्चाले डाकेको पहाड़ बन्द अनि जनता कर्फ्युलाई हाई कोर्टले असंवैधानिक रहेको पुष्टी गरे… Read More
  • ममता ब्यानर्जीले पहाड हाँसेको छैन भन्ने बुझ्नुपर्छ – जे बी राई डी के वाइबा, कालेबुङ 21 अगष्ट। “मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ आगमनमा स्वागत अथवा बिरोध केही हुनेछैन। तर तानशाही प्रबृत्ति अप्नाएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोज्ने ममता ब्यानर्जीले यसपल्ट दार्जी… Read More
  • नगरपार्षद बरुण भुजेल पक्राऊ कालेबुङ 21अगस्त(प्रदीप)  मोर्चा नेतृत्व र कार्यकर्ताहरूलाई पुराना मामिलाहरूमा पक्राउ गर्ने क्रम जारी रहेको छ। आज कालेबुङबाट नगरपालिका पार्षद बरुण भुजेल पनि पक्रा परेका छन। कालेबुङ नगरपालिकाको वार्ड नम्बर 16का नगरपार्षद … Read More
  • जुलूश धकणा स्थगित, बन्द यथावत कालेबुङ 21 अगष्ट: मोर्चा महा-सचिव रोशन गीरिले आन्दोलनलाई दुइदिनको लागी स्थगित गर्ने घोषणा गरेपछि आज कालेबुङमा प्रतिदिन हुने जुलूश अनि पदसभा कार्यक्रम हुन सकेन। यध्यपि जुलूशमा भाग लिन मोर्चा समर्थकहरु भने यहाँको डम्बरचो… Read More

0 comments: