Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

1 Nov 2011

बिजनबारी दुर्घटनामाथि न्यायिक जॉंच भए सरकारलाई नै अप्ठ्यारो पर्छ-विनय तामङ


SAROKAR


कालेबुङ, 1 नोभेम्बर।
बिजनबारीमा भएको पुल दुर्घटनाले राजनैतिक मोड लिइसकेको भए पनि अहिले आविप-मोर्चाको सम्झौताले बिजनबारी काण्ड छायामा पर्दै गइरहेको छ। तर केही राजनैतिक दलहरूले बिजनबारी घटनालाई ताजा राख्दै घटनामाथि न्यायिक जॉंच हुनुपर्ने माग गरिरहेको छ। मोर्चाले गरेको राजनैतिक जनसभा, अनि मोर्चाले नै गरेको सांस्कृतिक कार्यक्रममा उदय-मनिला सोताङको गीत सुन्न गएकाहरू दुर्घटनामा परेका थिए। दुर्घटनाले तर पछिबाट अर्कै मोड लियो। पुलसित नै सरकारको अनुमति विना गरिएको कार्यक्रममा अवैद्धरुपले जडान गरेको बिजुलीको तार पनि खोलामा झर्दा करेन्ट लागेर धेरैको ज्यान गएको अनि त्यसैलाई  लुकाउन पोष्टमर्टम नगरिएको घटना अघि आएको छ। यता मोर्चालाई बँचाउन नै मुख्यमन्त्रीले घटनामाथि न्यायिक जॉंच नगरेको आरोप पनि विपक्षले लगाएको छ। यस सम्बन्धमा मोर्चा सहसचिव विनय तामाङ अनुसार घटना मोर्चाको कारणले भएको होइन न कि मोर्चाको कार्यक्रमको कारणले भएको हो। तिनले भने, मोर्चाको कार्यक्रम त सकिएको थियो। जहॉं दुर्घटना भयो त्यो ठाउँ र कार्यक्रम भएको ठाउँमा आकास पातालको फरक छ। मोर्चालाई तर घटनाको जिम्मेवार बताइने काम भइरहेको छ जो गलत हो। दुर्घटना भएदेखि मोर्चाका प्रतिनिधिहरू घाइतेहरूलाई अस्पताल लैजानु, देखरेख गर्नु खटिरहेका छन्‌। जसले एउटा घाइतेलाई एउटा विस्कुट धरी दिएका छैनन्‌ उसले मोर्चामाथि आरोप लगाउनु हॉंस्यास्पद कुरा हो- तामाङले क्रामाकपालाई लक्ष्य गर्दै भने। तिनी अनुसार दुर्घटना हुनुमा सरकारको दोष छ। तिनले भने, हुनसक्छ पुल भुइँचालोको कारण धरापमा थियो। भइँचालोले ब्रिटिशकालीन पुललाई धराशयी बनाइसकेको थियो अनि धेर भार थेग्न नसकेर चुट्टियो। यस घटनाको न्यायिक जॉंच हुनुपर्छ भन्छ भने हाम्रो पनि यही माग छ। तर यसमा मोर्चाको कुनै दोष छैन। न्यायिक जॉंच भयो भने सरकारलाई नै अपठ्यारो पर्ने छ। तिनले क्रामाकपालाई आरोप लगाउँदै भने, जुन ठाउँमा दुर्घटना भयो, त्यहॉं पहिले क्रामाकपा माकपा थियो। आफ्नो शासनमा किन क्रामाकपाले पुल बनाएन त? किन दोष मोर्चालाई दिन्छ? दोष लगाउनु सजिलो छ। कर्म गर अनि दोष्याउ।


आदिवासी बिकास परिषदबीच मतभेद शुरु हुनको पछि राज्य सरकारको हात रहेको संकेत

1 नोभेम्बर/कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट :-  प्रस्तावित जीटीएमा तराई र डूवर्सका क्षेत्रहरु गाभेर यस नयाँ व्यवस्थाको  जीएटीए नामाकरण गरिने मोर्चा र आदिवासी बिकास परिषदबीच सहमति बनेको दुइ दिन नबित्दै आबिपका नेताहरुले दिएको बयानले यस राजनैतिक घटनाक्रमको पछि राज्य सरकारको हात रहेको संकेत दिएको छ। आदिवासी बिकास परिषदका नेताहरुले मोर्चाले भविष्यमा तराई र डूवर्सका क्षेत्रहरुलाई समेटेर गोर्खाल्याण्डको आन्दोलन गरेको खण्डमा आफ्नो संगठनले मोर्चासँग सम्बन्ध विच्छेद गर्ने बयान दिएका छ्न। आबिप नेताहरुको यस प्रकारको बयानले अलग गोर्खाल्याण्ड राज्यको आन्दोलनलाई स्थायी रुपले दबाउन राज्यको ममता सरकारले आबिपलाई प्रयोग गरेको स्पष्ट बनेको छ। पहाड अनि तराई-डूवर्समा शांति र बिकास बहाल गर्ने बहानामा राज्य सरकारले आफै बोक्सी, आफै धामीको भुमिका निर्वाह गरिरहेको यस नयाँ राजनैतिक घटनाक्रमले प्रष्ट पारेको छ। ममता सरकार एकातिर पहाड र तराई-डूवर्सको समस्या समाधान गरेर यी क्षेत्रका जनताबीच आफ्नो सकारात्मक छवि बनाउन चहान्छ भने अर्कोतिर साम,दाम, दण्ड-भेदको नीति अप्नाएर अलग राज्यको मागलाई सधैँको निम्ति तुहाउन चहान्छ।यदि आबिपका क्षेत्रिय स्तरका नेताहरुलाई राज्य सरकारले विश्वासमा नलिएको भए मैत्री सम्बन्ध स्थापित भएको 24 घण्टा बित्दा-नबित्दै यी आदिवासी नेताहरुले मोर्चामाथि दबाउको राजनीति किन शुरु गरेका हुन भन्ने स्वाभाविक प्रश्न उठाउन सकिन्छ। मोर्चाले अलग राज्यको आन्दोलन पुन शुरु गरेको खण्डमा सम्बन्ध विच्छेद गर्ने बयान दिएर आबिप नेताहरुले मोर्चामाथि मनोबैज्ञानिक प्रहार गर्ने कार्य शुरु गरेका छ्न भन्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन।मोर्चा र आबिप मिलनको यस अप्रत्याशित घटनालाई राज्य सरकारको कूटनैतिक जीतको रुपमा हेर्न सकिन्छ। किनभने तत्कालिन बाममोर्चाको शासनकालदेखि नै गोर्खा र आदिवासीहरुबीच राजनैतिक मात्र होइन तर जातीय द्वेष पनि शुरु भएको थियो। मोर्चा र आबिपबीच भएका कतिपय हिंसात्मक घटनाहरुले पनि यो कुरा स्पष्ट बनेको थियो। यता, ममता सरकारले राज्यको बागडोर सम्हालेको लगत्तै मोर्चासँग जीटीएको सम्झौता गरेको घटनाले आदिवासीहरुमा असन्तुष्टी शुरु भएको थियो। आदिवासीहरुले पनि डूवर्सलाई अलग प्रशासनिक व्यवस्था प्रदान गर्नु पर्ने माग तीव्र पार्न थालेका थिए।यस्तो अवस्थामा राज्य सरकारले कूटनैतिक चाल चलेर एउटै ढुँगाले दुइटा चरा मार्ने काम गरेको छ।एकातिर राज्य सरकारले पहाड र समतलको समस्या समाधान मात्र होइन तर गोर्खा-आदिवासीबीच मैत्री सम्बन्ध स्थापित गराउन सकेको श्रेय लिनेछ भने अर्कोतिर आदिवासी संगठनको काँधमा बन्दुक राखेर गोर्खाल्याण्डको मागलाई पनि दमन गर्ने प्रयास गर्नेछ। 

मंग्पूमा भव्यताको साथ छट पूजा -अर्चना सम्पन्न


मंग्पू/केशर मोक्तान : भारत धर्म निर्पेक्ष देश हो | यहाँ विभिन्न जातीमा विभिन्न धर्मावलम्बी -परम्परा पाईन्छ | विभिन्नतामा एकता सर्वपरी छन् | हिन्दु जातिको काली पूजा र दुर्गा पूजाको समाप्ति संगै आज समस्त हिन्दुवासी,हिन्दु राष्ट्र तथा भारत,नेपाल लगायत भारतको बिशेष बिहार र यु० पी० राज्यमा बडो धुमधामले छट पुजार्चना हुन्छ | छट पूजा तीन दिन हर्सोल्लासको साथ मनाईन्छ | पुजा अवधि सुर्य उदय अनि सुर्यास्त हुने मुहर्तमा विशेष लोटाबाट पानी चुहाउदै (अरक ) चदाउदै सुर्यको पुजा गरिन्छ भने विभिन्न फूल - फलादी तथा सेलरोटी झैँ छट पुजा भक्तजनले ठेकुवा प्रसादको रुपमा चदाउन्छन् | यस पुजाको अवधि माताको कोखबाट आदित्यको जन्म भएको भक्तजन मान्छन्  भने उही आदित्य नै सुर्य हुन्  भन्ने धारणा छ | यस्तै इस्वरीय प्रार्थना,धन्यवाद,क्रित्यग्यता स्वरुप छट पुजा अर्चना मंग्पू मा स्थायी रुपमा बसोबास गर्ने बिहारी सम्प्रदायका सम्पूर्ण परिवारले मंग्पूमा ६० सालदेखि छट पुजा सम्पन्न भएको जानकारी अशोक कुमार चौधरीले बताएका छन् | यस शक्ति पुजा मंग्पूको गान्धी प्राथमिक पाठशाला प्रांगणमा रेशेप बजार स्थित अनि अशोक कुमार चौधरीको घरको ठुलो कुवामा मनचित पुजा मण्डपमा सामुहिक रुपमा सम्पन्न भयो | यो पुजा कतिले निज बासस्थानहरुमा पनि पालन गरे | पुजा अवधि भरि सुर्यदेवको पुजा आरधना गर्दै लोक संगीतमा भजनहरु पनि प्रस्तुत गरियो | उक्त पुजामा मंग्पूका छट पुजा धर्मावलम्बीहरुले आ- आफ्नो पसलहरु बन्द गरि भव्यताको साथ पालन गरेका थिए | यो पुजा बिशेष खोला,नदि,पोखरी, पानी धारा, पानी मुहानमा घाट बनाएर गरिने प्रथा रहेपनि मंग्पूमा अस्थायी पानी पोखरी बनाएर सम्पन्न गरियो |  यो कार्यक्रम बिहान ५ बजे देखि शुरु भएर साँझ ६ बजेसम्म प्रति दिन पुजा अर्चना भइरहेको जानकारी भक्तजन प्रतिनिधि ओम प्रकाश गुप्तले बताए | यो पुजामा आफ्नो मनोकामना पूर्ण हुने आस्था रहेको बुझियो | बर्तमान यस पुजा पहाडी खण्डमा झैँ समतल क्षेत्रमा बिहारी,युपी बासी बाहेक अन्यान्य जातीहरुले पनि हर्षको साथ श्रद्धापूर्ण पुजा अर्चना गरेको देखिन्छ |

Gorkha Gold Cup to kick-off on November 4 in Kalimpong Mela ground


Darjeeling, Oct. 31: The biggest sporting extravaganza of the Darjeeling hills, the All India Brigade of Gurkha Gold Cup which was revived after 25 years in 2010, will make its debut in Kalimpong this year with the town set to host two matches.
Fourteen teams from India, Bhutan and Nepal will take part in the tournament that is organised jointly by the district administration and the Darjeeling Gorkha Hill Sports Association.
“The tournament will kick off on November 4 at the St Joseph’s College (North Point) ground (in Darjeeling) and the finals will be played on November 13,” said Saumitra Mohan, the district magistrate of Darjeeling and president of the tournament’s organising committee.
Two matches of the tournament will be played at the Kalimpong Mela Grounds. “The matches in Kalimpong will be organised in collaboration with the Kalimpong Sports Association on November 5 and 6. However, matches will be held in Darjeeling also on these two days simultaneously,” said Dawa Lama, the vice-president of the organising committee.
Apart from well known Indian teams like Pune FC, Tata Football Academy, Jamshedpur and Bhaichung Bhutia’s Sikkim United Club, defending champions Army XI from Calcutta, will vie along with one of Nepal’s top team, Three Star Club, and Bhutan’s Bhutan Clearing Football Club to lift the trophy. Seven Calcutta-based teams like B.N.R. Club, Southern Samity and Techno Aryan have also confirmed their participation in the tournament.
The inaugural match will be played between Darjeeling XI and Kalighat Milan Samity. Sports Authority of India (Darjeeling) will take on Tata Football Academy in the second match on the opening day. Football, which is clearly the most popular sports in the hills, is expected to receive a major boost from the tournament to be organised with a budget of Rs 54 lakh.
Ticket prices have been kept at Rs 100, 40 and 20 per day. Winners will walk away with a trophy and a cash prize of Rs 1.3 lakh while the runners-up will take home Rs 70,000.