Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Nov 2011

मंग्पूमा भव्यताको साथ छट पूजा -अर्चना सम्पन्न


मंग्पू/केशर मोक्तान : भारत धर्म निर्पेक्ष देश हो | यहाँ विभिन्न जातीमा विभिन्न धर्मावलम्बी -परम्परा पाईन्छ | विभिन्नतामा एकता सर्वपरी छन् | हिन्दु जातिको काली पूजा र दुर्गा पूजाको समाप्ति संगै आज समस्त हिन्दुवासी,हिन्दु राष्ट्र तथा भारत,नेपाल लगायत भारतको बिशेष बिहार र यु० पी० राज्यमा बडो धुमधामले छट पुजार्चना हुन्छ | छट पूजा तीन दिन हर्सोल्लासको साथ मनाईन्छ | पुजा अवधि सुर्य उदय अनि सुर्यास्त हुने मुहर्तमा विशेष लोटाबाट पानी चुहाउदै (अरक ) चदाउदै सुर्यको पुजा गरिन्छ भने विभिन्न फूल - फलादी तथा सेलरोटी झैँ छट पुजा भक्तजनले ठेकुवा प्रसादको रुपमा चदाउन्छन् | यस पुजाको अवधि माताको कोखबाट आदित्यको जन्म भएको भक्तजन मान्छन्  भने उही आदित्य नै सुर्य हुन्  भन्ने धारणा छ | यस्तै इस्वरीय प्रार्थना,धन्यवाद,क्रित्यग्यता स्वरुप छट पुजा अर्चना मंग्पू मा स्थायी रुपमा बसोबास गर्ने बिहारी सम्प्रदायका सम्पूर्ण परिवारले मंग्पूमा ६० सालदेखि छट पुजा सम्पन्न भएको जानकारी अशोक कुमार चौधरीले बताएका छन् | यस शक्ति पुजा मंग्पूको गान्धी प्राथमिक पाठशाला प्रांगणमा रेशेप बजार स्थित अनि अशोक कुमार चौधरीको घरको ठुलो कुवामा मनचित पुजा मण्डपमा सामुहिक रुपमा सम्पन्न भयो | यो पुजा कतिले निज बासस्थानहरुमा पनि पालन गरे | पुजा अवधि भरि सुर्यदेवको पुजा आरधना गर्दै लोक संगीतमा भजनहरु पनि प्रस्तुत गरियो | उक्त पुजामा मंग्पूका छट पुजा धर्मावलम्बीहरुले आ- आफ्नो पसलहरु बन्द गरि भव्यताको साथ पालन गरेका थिए | यो पुजा बिशेष खोला,नदि,पोखरी, पानी धारा, पानी मुहानमा घाट बनाएर गरिने प्रथा रहेपनि मंग्पूमा अस्थायी पानी पोखरी बनाएर सम्पन्न गरियो |  यो कार्यक्रम बिहान ५ बजे देखि शुरु भएर साँझ ६ बजेसम्म प्रति दिन पुजा अर्चना भइरहेको जानकारी भक्तजन प्रतिनिधि ओम प्रकाश गुप्तले बताए | यो पुजामा आफ्नो मनोकामना पूर्ण हुने आस्था रहेको बुझियो | बर्तमान यस पुजा पहाडी खण्डमा झैँ समतल क्षेत्रमा बिहारी,युपी बासी बाहेक अन्यान्य जातीहरुले पनि हर्षको साथ श्रद्धापूर्ण पुजा अर्चना गरेको देखिन्छ |

Related Posts:

  • Mamata's 72-hour Ultimatum to GJM on Darjeeling Shutdown KOLKATA: Chief minister Mamata Banerjee on Saturday warned stern action against the agitating Gorkha Janamukti Morcha (GJM) leadership if the indefinite bandh in Darjeeling was not withdrawn within 72 hours (Monday). "Th… Read More
  • विध्यार्थी मोर्चाको मैत्री सदभावना पदयात्रा शुरु कालेबुङ, 10 अगस्त। दार्जीलिङ पहाडमा चलिरहेको अलग राज्यको आन्दोलनप्रति सिक्किमवासीहरूको पनि समर्थन जुटाउने उद्देश्य लिएर मोर्चाको भातृसंगठन विद्यार्थी मोर्चाले मैत्री सदभावना पदयात्रा  शुरु गरेको छ। विद्यार्थी मोर्चाक… Read More
  • फेरि सँगसँगै... Pradip Lohagun कालेबुङ 11  अगस्त। गोर्खाल्याण्ड र ‘सेटअप’-को दोसाँधमा तीन बर्षअघि भङगालिएको मोर्चा र क्रामाकपाको सहयात्रा फेरि एकपल्ट शुरु भएको छ।` हरियो वृत्तभित्र हसिया मर्तोल अङ्कित रातो झण्डाहरू बोकेर क्रा… Read More
  • Mamata Banerjee's 8 Security Men Injured in Accident Kolkata: Eight policemen sustained injuries after a bus rammed into a police kiosk near the residence of West Bengal Chief Minister Mamata Banerjee on Saturday. The policemen were immediately taken to state-run SSKM … Read More
  • सामुहिक नेतृत्वको अवधारणामा बिमल गुरुङ नै अग्रसर हुनुपर्छ - क्रामाकपा कालेबुङ,10अगस्त।गोर्खाल्याण्डको निम्ति फेरि एकचोटी शुरु भएको जनान्दोलनलाई सामुहिक नेतृत्वको अवधारणामा अघि बढाउन मोर्चा अध्यक्ष बिम्नल गुरुङले नै अग्रसर हुनुपर्ने क्रामाकपाको भनाइ छ। ताजा राजनैतिक परिस्थितिमा दलहरूको सामुहिकत… Read More

0 comments: