2नोभेम्बर/कालेबुङबाट प्रदीप लोहगुनको रिपोर्ट :- गत जुलाई महिनामा जीटीएमा सम्झौता भई सकेपछि पनि विभिन्न विभागमा बकाया रहेका कर र बीलहरुको भुक्तानलाई लिएर उत्पन्न अन्योलतामाथि मोर्चाले बिराम लगाएको छ।मोर्चा नेतृत्वले विभागीय अधिकारीहरुसँग बैठक गरेर छलफल गरेपछि यस बर्षको अगस्त महिनादेखि अघिका कर र बीलहरु बुझाउन नपर्ने बयान जारी गरेको छ। मंगलबार पार्टीको दार्जीलिङस्थित केन्द्रीय कार्यालयमा मोर्चा र विभागीय अधिकारीहरुको बैठक सम्पन्न भए पछि दलका महासचिव रोशन .गिरीले यस आशयको बयान जारी गरेका हुन। मोर्चाले यस अघि पनि बकाया बीलहरु भुक्तान गर्नु नपर्ने घोषणा गरेको थियो। तर अगस्तदेखि यताको बीलहरु भुक्तान गर्ने उपभोक्ताहरुले कतिपय तकनीकि असुबिधाको सामना गर्नु परेपछि मोर्चाले विभागका अधिकारीहरुसँगै बैठक गरेर यस मामलालाई साम्य बनाएको छ। मोर्चाले बर्ष 2008देखि सरकारमाथि दवाउ बनाउन बिजुली, टेलिफोनका बीललगायत अन्य सरकारी करहरु बुझाउन बन्द गरेको थियो, जुन यस बर्ष जुलाईमा जीटीएको सम्झौता नहुञ्जेलसम्म जारी रहेको थियो। मोर्चाको यस असहयोग आन्दोलनको कारण राज्य सरकारले पहाडबाट प्राप्त हुने करोडौंको राजस्व गुमाउनु परेको थियो।यता, जीटीएको सम्झौता पछि पनि बिद्युत बिभागले अगस्त अघिका बीलहरु पनि पठाउन थालेपछि आममानिसहरुले अन्योलता र असुबिधाको सामना गर्नु परि रहेको थियो।यही अन्योलतालाई केन्द्र गरी मोर्चा नेतृत्वले विभागका उच्च अधिकारीहरुसँग बैठक गरि बील भुक्तानको बिषयबारे चुडान्त निर्णय लिएको मोर्चा महासचिव रोशन गिरीले बताएका छ्न।
2 Nov 2011
Home »
» अगस्त महिनादेखि अघिका कर र बीलहरु बुझाउन नपर्ने चुडान्त निर्णय
अगस्त महिनादेखि अघिका कर र बीलहरु बुझाउन नपर्ने चुडान्त निर्णय
8:47 pm
No comments
Related Posts:
महेन्द्र पी लामा को नेपाली समाचारपत्र कान्तिपुर मा प्रकाशित कुराकानी नयाँ दिल्ली स्थित इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) मा सम(कुलपति (प्रो-भीसी) रहेका महेन्द्र पी लामा दार्जिलिङमा जन्मेहुर्केका नेपालीभाषी प्राध्यापक हुन् । संसारको सबैभन्दा ठूलो मानिएको इग्नूमा अहिले विश… Read More
बन्दको प्रभाव धार्ममा मैले सोधे ‘भैया, मुर्ति कतिको बिक्री हुँदैछ?’ ‘यो पालि मूर्तिको बिक्री राम्रो भएन हौ” तिनले भने। ‘किन?’ फेरि मेरो प्रश्न थियो मुर्तिकार सञ्जय पललाई। ‘मैले किन भनिरहनु... तपाईलाई थाहै छ किन बिक्रि हुँदैन भनेर’ यती भनेर उ… Read More
SC directs GJM to file response to high court ruling Darjeeling 16 Sep 2013 GJM general secretary Roshan Giri today appeared before the Supreme Court for a hearing on a petition filed on September 3 against the Calcutta High Court’s ruling about the bandh called … Read More
Landslip in Kalimpong claims life PRADIP LOHAGUN KALIMPONG 16 Sep 2013 A sudden landslip near the Tharpa Choling Monastry in Kalimpong today claimed the life of a 30-year-old man. According to eyewitnesses, Ritesh Chettri was working at a co… Read More
CPRM opposed to ‘undemocratic agitation’ call by Gurung KURSEONG 17 Sep 2013 CPRM spokesperson Govind Chettri has said the residents of the hills do not prefer an undemocratic agitation for statehood. His statement came soon after GJM chief Bimal Gurung announced in… Read More
0 comments:
Post a Comment