Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Nov 2011

ट्रकको धक्काले कालेबुंग डम्बर चौक मै विकाश योगीको मृत्यु

कालेबुग/डी० के० वाइबा :-  ट्राफिक नियमको अवमान्य गर्दा आज कालेबुंग शहरको मुटु मानिने डम्बर चौकमा नै एकजना व्यक्तिले आफ्नो ज्यान गुमाउँन परेको छ | घटना बिहान लखभग   ९ बजे भएको हो | यहाँ डम्बर चौकमा  WB 71A-0667 नम्बर भएको ट्रकको धकका लाग्दा पाब्रिंगटार निवासी विकाश योगी (४०) ले घटना स्थल मै प्राण त्यागे | जानकारी अनुसार विकाश योगी आफ्नो ब्यांकको कतिपय काम लिएर परिवार सितै कालेबुंग आएका थिए | उनका परिवारका मानिसहरु दार्जीलिंग मरौमा जान कालेबुंग आएका थिए भने मृतक योगी भने ब्यांकको काम सकेर घर फर्किनेयोजनामा  थिए |  तर उनको आफ्नो ब्यांकको काम गर्न अघि नै दुर्घटनामा परेर ज्यान गुमाउँन परयो | कालेबुंग शहर आइपुगेका योगी यहाँको बस स्ट्याण्ड तर्फ गैरहेका थिए | सोही समय विपरित दिशाबाट आइरहेको ट्रकको चपेटमा परेर उनले घटना स्थल मै प्राण त्यागे | दुर्घटना पछि ट्रकका चालक अन्जीत मंगरलाई पुलिसले पक्राउ गरेको छ भने ट्रक पनि आफ्नो कब्जामा लिएको छ | शहरको मुटु मानिने डम्बर चौक परिसरमा नै दुर्घटना भएर ज्यान गुमाएपछि शहरको ट्राफिक व्यवस्थामा गतिलो प्रश्न उठेको छ | एकातिर ट्राफिक कर्मी ड्युटीमा तैनाथ हुन्छन् भने अर्को तर्फ तैनाथ पुलिस कर्मीको अघि नै यस्तो घटना भएर निर्दोष मानिसले ज्यान गुमाउनु पर्दा दोष कसको भन्ने प्रश्न उठेको छ | यस दिशातर्फ ट्राफिकको नियम अमान्य गर्दा नै यस्तो दुर्घटना भएको हो अनि यसमा ट्राफिक पुलिसको पनि उत्तिकै गल्ति देखा परेको छ | एकातिर केही दिन अघि मात्र विभिन्न संघ संस्था र प्रशासनका अधिकारीवर्ग मिलेर कालेबुंगको ट्राफिक व्यवस्था सुव्यवस्थित पर्न नयाँ नियम समेत बनाएको छ भने उक्त नयाँ नियम गत १ नोबेम्बर देखि कार्यनवय समेत गरिएको छ | तर आज भएको दुर्घटनाले उक्त ट्राफिक नियम सरासर उल्लङ्घन भएको छ | कालेबुंग महकुमा अधिकारी द्वारा गत २३ सितम्बरको दिन जारी पत्र MO nmbr. 270 (6) अनि मोटर भिकल विभाग दार्जीलिंग द्वारा जारी पत्र संख्या ३१७ लगायत जिल्ला शासक द्वारा जारी पत्र संख्या २२ मा कालेबुंग शहरमा ट्रकहरुको चलाचल बिहान ६ बजे देखि ९ बजे सम्म अनि बेलुका २ बजे देखि ४ बजे सम्म पूर्ण रुपले बन्द गर्नु पर्ने नियम रहेको छ  | यस अतिरिक्त में लाइनमा जाने ट्रकहरुलाई भने बिहान ९ बजे सम्म शहर छोड्नु पर्ने नियम रहेको छ | तर आज बिहान भएको दुर्घटना भने ९.१५ बजे भएको हो जुन समयमा
 ट्राफिक नियम अनुरुप ट्रकको चलाचल प्रतिबन्ध लगाएको छ | यसरी प्रतिबन्ध समयमा कसरी ट्रकलाई शहरमा कुद्न दिईयो भन्ने अहिले उतर विहिन प्रश्न अल्झेको छ | 

Related Posts:

  • महिला हिंसाविरुद्ध र्‍याली र सङ्गोष्ठीकालेबुङ, 18 मई। अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्‍यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानक… Read More
  • छापामा आएको खबर असत्य-हिल तृणमूलकालेबुङ, १७ मई| बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्न नपाउँदा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू निराश बनेका छन् भनेर कतिपय मिडियाले गलत प्रचार गरेको आरोप हिल तृणमूल महिला सङ्गठनका प्रमुख ननिता गौतमले लगाएकी छन्| आज … Read More
  • ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More
  • Decision on others, Morcha out: Tirkey Siliguri, May 19: Akhil Bharatiya Adivasi Vikas Parishad leader Birsa Tirkey today ruled out any understanding with the Gorkha Janmukti Morcha for the panchayat polls, but said local leaders in the Dooars would decide on a ti… Read More
  • Cop son killed in Gangtok brawlGangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youth… Read More

0 comments: