Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Nov 2011

चिहानको शासनमा बस्नु हुँदैन-देवान

कालेबुङ, 4 नोभेम्बर।
बिजनबारी घटना, मोर्चा आविप सम्झौतापछि अब पहाडको राजनीति तताउने नगरपालिका चुनाउ नजिक आइरहेको छ। यसको निम्ति मोर्चाले चुनाउ आयोगसित भेटघाट गरिसकेको छ भने पहाडमा मोर्चाले नगरपालिका चुनाउको निम्ति रणनीति पनि तयार पारिसकेको छ।
 विधानसभा चुनाउमा भारतीय गोर्खा परिसङ्घले सबै दलहरूलाई गोर्खाल्याण्डको निम्ति एक हुने आह्वान गरेको भए पनि भागोपको आह्वानलाई दलीय स्वार्थको मुद्दाको कारण कुनै पनि दलले  पत्तो दिएन। यसपल्ट नगरपालिका चुनाउ आइरहेको सम्बन्धमा भागोपको दृष्टिकोण कस्तो छ भनी सोधिएको प्रश्नमा प्रभाकर देवानले भने, नगरपालिका चुनाउसित भागोपको कुनै पनि सम्बन्ध छैन किन भने भागोप अराजनैतिक सङ्गठन हो। बङ्गालको राजनीतिसित मात्र पनि भागोपले सरोकार राख्दैन। नगरपालिका चुनाउ राजनैतिक विषय हो। तिनले  बङ्गालमा बस्ने नबस्ने मूल मुद्दा रहेको बताउँदै  अझ भने, बङ्गाललाई चिहान भन्दैछौं भने त्यही चिहानको ऐनभित्र बस्नु मेरो व्यक्तिगत विचारले उचित होइन। भागोपलाई विधानसभा चुनाउको बेला क्षेत्रीय राजनीतिमा चासो राखेको आरोप लागेको थियो तर यसबारे भागोपले छुट्टैराज्यको मुद्दाको निम्ति विधानसभा चुनाउको अवसरमा एक बद्ध गराउने कोशिश गरेको बारम्बार बताइरहेका छन्‌। यसपल्ट नगरपालिका चुनाउको अघि नै फेरि भागोपलाई दलीय एकताको निम्ति जुटिरहेको पाइएको छ। भागोपलाई मन नपराउनेहरूले भागोपलाई चुनाउको बेला सक्रिय रहेको आरोप लगाउने गरेको भए पनि छुट्टैराज्यको आन्दोलन विकासमा टुङ्गिएपछि अहिले प्रस्तावित क्षेत्रबाट राजनैतिक-अराजनैतिक सङ्गठनहरूलाई एक गरेर राष्ट्रियस्तरको छुट्टैराज्यको आन्दोलन गर्ने कार्यसूची बनाइरहेको छ। यसको निम्ति भागोपले पहिलो बैठक गरिसकेको छ भने दोस्रो बैठक कालेबुङमा नै गरिने भएको छ। सोही बैठकद्वारा नै भावी रणनीति तय गरिने भएको छ।


Related Posts:

  • AIGL leadership critical of agitation leadership PRADIP LOHAGUN KALIMPONG 10 Sep 2013 All India Gorkha League general secretary Pratap Khati today told the media the Gorkhaland Joint Action Committee leadership lacks capability, discipline and honesty. … Read More
  • GJAC to hold “decisive” meeting on Tuesday Darjeeling 9 Sep 2013 An air of expectation spiced up with a generous helping of apprehension looms large over the Queen of Hills as the Gorkhaland Joint Action Committee gets ready for an all-important meeting on … Read More
  • Morcha blinks before season Sept. 10: An action committee has suspended the Darjeeling strike till October 20, lifting the cloud over the Puja-driven tourist season and unwittingly conceding that the state government’s tough policy has yielded resu… Read More
  • आन्दोलन प्रति विद्यार्थीहरुका धारणा कालेबुङ 10 सेप्टम्बर: ‘छुट्टै राज्यको चाहना लिएर नारा लगाउँदै यसरी पदयात्रमा हिड़्दा शरीर दुखेको पनि पत्तो पाइँदैन रहेछ, खुब आनन्द लाग्यो’ दार्जीलिङको हर्मोनटेज निवासी 17 वर्षीय रभजाज राईले आज कालेबुङका पत्रकारहरुलाई यस प्र… Read More
  • Shutdown lifted to “honour” home minister’s request Darjeeling 10 Sep 2013 After 41 days of observing a shutdown interspersed with a few days of respite, the Gorkha Janmukti Morcha today finally relented and called off its agitation to “honour” the request made … Read More

0 comments: