Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Nov 2011

‘गोर्खाल्याण्डःमोर्चालाई व्यापार’

कालेबुङ, 4 नोभेम्बर।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले मोर्चाले गोर्खाल्याण्ड शब्दलाई व्यापार बनाएको ठाडो आरोप लगाएको छ। क्रामाकपा आञ्चलिक समितिका सचिव मोहन पौड्यालले आज बताए अनुसार गोर्खा जनमुक्ति मोर्चाले पञ्चायत चुनाउ नगरेर नगरपालिका चुनाउ मात्र गर्नु व्यापारिक वृतिको नमूना रहेको बताए।
 तिनले भने, तराई र डुवर्सको एकै इञ्च नछोड्‌ने बताउने मोर्चा अन्तमा गोर्खा बाहुल क्षेत्रसम्म पुगेको थियो। मोर्चाले कसरी नाटक गर्‍यो भने यता जीटीएमा कुरा ठामठिम गरेर उता लङमार्च फर गोर्खाल्याण्ड गर्‍यो। अहिले त्यो मार्चलाई फर्किएर हेेर्दा पत्तो लाग्छ कि त्यो अनावश्यक कार्यक्रम थियो। यस्तै अनावश्यक कार्यक्रम गरेर नै सिब्सुमा तीनजनाले ज्यान गुमाए। अकबर लामा गुमाए।  तर अन्तमा गोर्खाल्याण्डको मुद्दा त्यागेर विकासको निम्ति जीटीए अनि अहिले फेरि जीएण्ड एटीए भनिरहेको छ।
 मोर्चा जीएण्ड एटीएसम्म आइपुग्दा गोर्खाल्याण्ड शब्दलाई व्यापार बनाइसकेको स्पष्ट हुन्छ। तिनले नगरपालिका चुनाउमाथि विचार माग्दा भने, यो बङ्गालको खेल हो। खेल किन हो भने मोर्चालाई शक्ति बँचाई राख्न कुनै पनि सरकारी आर्थिक कोष चाहियो। त्यो नगरपालिकाले मात्र पुरा गर्न सक्छ। यदि यस्तो होइन भने 75 प्रतिशत जनता ग्राम पञ्चायतमा बस्छन्‌, त्यसको चुनाउ किन हुँदैन? अब सीमाङ्‌कनको कुरा पनि रहेन। अब त पञ्चायतको चुनाउ हुनुपर्ने। तर मोर्चाले ग्राम पञ्चायतका 70 प्रतिशत जनतामाथि शासन गर्नको निम्ति नै केवल नगरपालिका चुनाउ गरिरहेको छ। तिनी अनुसार  न त सरकारले जनताको असुविधालाई हेरिरहेको छ न त मोर्चाले।
 मोर्चालाई कतिबेला नगरपालिका आफ्नो कब्जामा लिउँ अनि जनतालाई सास्ती दिउँ भइरहेको पनि पौड्यालले बताए। तिनले भने, नगरमा प्रभुत्व जमाएपछि गाउँ बस्तीलाई आफ्नो अधीनमा राख्न नै मोर्चाले ग्रामीण जनतालाई वास्ता नगरी दलीय फाइदाको निम्ति नगरपालिका चुनाउ गरिरहेको छ। तर वास्तवमा नै पहिले ग्राम पञ्चायत चुनाउ हुनुपर्ने हो। गोर्खाल्याण्डको मुद्दालाई दलीय फाइदाको निम्ति  मोर्चाले प्रयोग गरिरहेको बताउँदै तिनले भने, मोर्चाले जनताको आकांक्षाप्रति कुठराघात गरेको छ। तिनी अनुसार ग्राम पञ्चायत चुनाउ 2006 देखि नै भइरहेको छैन। तर 2009 सम्म नगरपालिका भने मोर्चाको अधीनमा नै थियो। असुविधा ग्रामीणवासीलाई छ। उनीहरू आफ्ना सानोदेखि सानोसम्मको कुनै पनि कागजपत्र बनाउन सकिरहेका छैनन्‌। उनीहरूको निम्ति स्थापित पञ्चायतबाट कुनै पनि सुविधा पाउन सकिरहेका छैनन्‌। यसकारण चुनाउ नै गर्छ भने मोर्चाले ग्राम पञ्चायत चुनाउ गर्नुपर्छ।


Related Posts:

  • न बल्झाउ न यार घरी घरी त्यो रातको कुरा  गजल सैलेन्द्र समदर्शी। न बल्झाउ न यार घरी घरी त्यो रातको कुरा गन्तव्य नै नभेटी छुटिएको त्यो साथको कुरा। पोल्छ एकहोरो छात्ती यो रोइदिन्छ बेस्सरी राति पिएर कहाँ बिर्सिन सक्छ त्यो आघातको कुरा। अरूले देख्दा चोट सानु, भ… Read More
  • Giri flies to Delhi for talks VIVEK CHHETRI … Read More
  • Gurung and 2 others get bail Siliguri, July 19: Bimal Gurung and two other leaders of the Morcha were granted bail by a court in Jalpaiguri today. The chief executive of the GTA Sabha appeared at the chief judicial magistrate’s court in Jalpaiguri … Read More
  • Traffic bar to stay after crack cure The Coronation Bridge over the Teesta. File picture Siliguri, Jan. 13: The Coronation Bridge over the Teesta will be out of bounds for heavy and medium vehicles even after the 2ft-long crack near the crown of th… Read More
  • Nepalese or Gorkha? Hope on Sunday run Mumbai, Jan. 13: Namper Lemcha from Darjeeling is among the thousands who will participate in the Mumbai International Marathon here on Sunday. The 35-year-old has not seen much of the city yet but Mumbai too — li… Read More

0 comments: