Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

2 Nov 2011

बिजुलीको बिल माफी एकातिर अर्कोतिर हालैको अत्याधिक बिलले जनता मर्कामा


कालेबुङ २ नोभेम्बर: डी के वाइबा
गोजमुमोको पहाडमा उदयपछि नतिरेको बिजुलीको बिलहरु तिर्न नपर्ने खुशी मानिसहरुले राम्रो मनाउन नपाई बिभागबाट आएको बिलले टाउको दुखाई दिएको छ। तीन बर्षसम्म बिल तिर्न नपर्दा मानिसहरु एकैचोटि धेर बिल तिर्नु पर्ने चिन्ताले ग्रस्त भएको समयमा बिल माफी भएको सुने पछि केही राहत अनुभव गरेका छन। यद्यपी मानिसहरुले राहतको लामो श्वास भने फेर्न पाएनन्। किनभने हालै बिद्युत बिभगले जारी गरेको बिल बिगतको बिलहरुको तुलनामा अत्याधिक रहेको छ। जुन बिलहरु भने अगष्ट महिना यताको रहेको छ। पहाडमा गोजमुमोको उदय पछि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सबै मानिसहरू होमिए। आन्दोलन चर्के पछि मोर्चाले असहयोग आन्दोलनको घोषणा गर्दै पहाडभरी कुनै पनि कर भुक्तान पनि नगर्ने निर्णय लियो। मोर्चाले सरकारलाई दबाऊ दिन बिजुली,टेलिफोन, गाडीको कर भुक्तानमा रोक लगाएपछि मानिसहरुले पनि कुनै पनि करहरू सरकारलाई भुकतान गरेनन्। बेला बेलामा सरकाबाट कर भुक्तानको नोटिस पनि निस्कियो अनि नतिरेको खण्डमा बिजुली, टेलिफोनको लाइन काटिने नोटिस पनि संगै आयो। नोटिस निस्केपछि मेर्चाले आफ्नो हुँकार कस्दै सरकारलाई फेरि चुनौति दियो अनि बिल नतिर्ने निर्देश पनि संगै दियो। बिल कसैले तिरेनन्। सरकारलाई तिर्नु पर्ने करहरु १ सय करोड भन्दा अधिक भयो। तै पनि जनतामा त्रास भने छाईरहेको थियो। कुनै पनि समय सरकारले कर भुक्तान गर्न लगाउँने मानिसहरुलाई डर त थियो नै तर मोर्चाले जिम्मेवारी लिने अगावै भनेको कारण केहि हदसम्म राहत पनि मानिसहरुले गरिरहेका थिए। मोर्चाको ३ बर्षको आन्दोलनमा अनेकौं बिल मानिसहरुले तिरेनन् अनि मोर्चाको असहयोग आन्दोलनलाई सहयोग पनि दियो। समय बित्दै गएपछि आज आएर अन्तत: सबै बिलहरू तिर्न नपर्ने आधिकारीक घोषणा भएपछि मानिसहरुले राहतका सास फेरेका छन्। तिन बर्षसम्मको बिल तिर्न नपर्ने भएपछि मानिसहरुले राहत अनुभव गरेका छन् भने त्यो राहत भने उनिहरुले राम्रो संग लिन पनि पाएका छैनन्। एकातिर बिल नतिर्नु पर्ने भएको कारण मानिसहरु खुशी छन् भने अर्कोतिर बिगत दिनहरुको तुलनामा बिभागले बिल अधिक जारी गरेको छ। भर्खरै मात्र बिद्युत बिभागले बिल जारी गरेको छ जुन बिल पाएर मानिसहरू बिगतका बिल तिर्न नपरेकोमा खुशी समेत हुन नपाई निराश बन्न परेको छ। मोर्चाले बिल अगष्टदेखि मात्र तिर्नु पर्ने निर्देश दिएको भएपनि अगष्ट यता आएका बिलहरुले भने मानिसहरुको बजेट फेलहुने सम्भावना बडेको छ। बिगतका दिनहरुमा बिजुलीको बिल तीन महिनाको १५० रूपिया तिर्दै गरेको मानिसहरुको घरमा यसपल्ट ६ सय रुपिया भन्दा धेर आएको छ। यतिमात्र होइन कति मानिसहरुको बील त झन ३ हजार पनि आएको छ। यस सम्बन्धमा मानिसहरुले बिभागलाई लिखित गुनासो दर्ता गरेको भएता पनि आजसम्म बिभगबाट कुनै सकारात्मक पहल नभएको पनि मानिसहरुले गुनासो गरिरहेका छन। बिभागले उक्त बिषयमा पहल गर्नुको साटो बरु हरदरमा बिल ठिकै हो भन्ने दाबी गरिरहेको पनि मानिसहरुले गुनासो गरिरहेका छन् । यसबाट के स्पष्ट भएको छ भने एकातिर सरकारले मानिसहरुलाई तीन बर्षको बिल नतिराएर राहत दिएको जस्तो गरि अर्कोतिर भने अत्याधिक बिल पठाएर बिगत दिनहरुको बिल पनि सुनियोजित प्रकारले तिराउने रणनीति अप्नाएको देखिन्छ। यस सम्बन्धमा के अब फरि मानिसहरुको पक्षमा मोर्चाले नयाँ रणनीति अप्नाउँने हुन् कि भन्न नसकिएता पनि मानिसहरु भने चिन्ताबाट उम्कन पाएको छैन। सोझो मानिसहरु पनि अचानक बिभागबाट आएको अत्याधिक बिललाई हेरेर पुरानो दिनहरुको बिल संग तुलना गरिरहेका छन् । बिगतका दिनहरुमा जति बिजुली घरमा प्रयोग गर्थे त्यतिनै अहिले पनि प्रयोग गरिरहेको अनि मिटर समेत ठिक हुँदा हुँदै पनि कासरी यत्रो बिल आयो भन्ने बिषयमा मानिसहरु अनभिज्ञ बनेका छन् ।

Related Posts:

  • Less security for chief irks GTAVIVEK CHHETRI Darjeeling, Aug. 14: The GTA is peeved with the security detail provided to its chief executive Bimal Gurung and has demanded more armed personnel for him and security for his deputy, all 14 Sabha executive memb… Read More
  • SecretariatSiliguri, Aug. 16: Minister Gautam Deb today said Mamata Banerjee would inaugurate the construction of north Bengal secretariat at Kamrangaguri on September 1. He also said a plot was earmarked for the second campus of Rabind… Read More
  • Exclusive interview with Prachanda, Maoist leader This is a complete verbatim transcript of Nepali Maoist leader Prachanda's interview with Siddharth Varadarajan of The Hindu, conducted at an undisclosed location in the first week of February 2006. Highlights and excerpts fr… Read More
  • NH55 repair hope after PujasDarjeeling, Aug. 17: A stretch on NH55 blocked at Tindharia for nearly a year because of landslides is set to be repaired after the Pujas.The Centre, which will fund the project, has accepted the proposal for repairs by a Del… Read More
  • Morcha wing to award BarlaDarjeeling, Aug. 16: The Janmukti Asthai Karmachari Sangathan has decided to award tribal leader John Barla for strengthening ties between the Gorkhas and adivasis. Deepak Sharma, the spokesman for the Sangathan, an affiliate… Read More

0 comments: