Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

2 Nov 2011

मंग्पूमा सुन्तला पाक्न शुरु-बजार भाउ राम्रो रहेकोले कृषकवर्ग खुशी


मंग्पू/केशर मोक्तान: मंग्पूमा सिन्कोना उद्योग संग संगै स्थानीय कृषकदाजुभाईहरुलेसुन्तला,अदुवा,कुच्चो,
र अलैंची खेती गरि वर्षेनी लाखौ रुपियाको उप्जनी गरेर जीविका चलाउने गर्छन| अदुवाको  बिक्री संग संगै मंग्पूमा सुन्तलाको व्यापार पनि शुरु भएको छ | मंग्पू वरिपरी जस्तै लाब्दा बस्ति,सिम्ले,रिबोंग,लाब्दा विभाग,चालिस धुरा अन्य ठाउँहरुमा सुन्तला पाक्न अथवा रंग चड्न शुरु भएको छ | यस वर्ष अदुवाको दर प्रति किलो ६ रुपियाँ मात्र रहेकोले स्थानीय कृषकहरुमा  निराशा छाएको थियो भने सुन्तला किन्ने व्यापारीवर्गले बोटको हरियो सुन्तला प्रति २ रुपियाँ गरेर दाम लगाउन शुरु गरिएको थाहा लागेको छ | यसैकारण पनि गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको दाम धेरै पाउँन सक्ने सम्भावना रहेको छ |  सुन्तलाको मूल्य राम्रो नै भएतापनि प्रतिवर्ष सुन्तलाको उत्पादन भने घट्दै गैरहेको कृषकहरु बताउछन | सुन्तलालाई पहेलो भएर झर्ने रोग अनि ज्यादातर किरा लाग्ने रोगले सताएको कारण नै प्रति वर्ष सुन्तलाको बोट मर्ने गरेको अनि सुन्तला उत्पादन घट्दै गएको जान्नमा आएको छ | केन्द्र अनि राज्य सरकारबाट कृषकहरुलाई सुन्तला उपार्जन गर्ने विषयमा थुप्रै प्रशिक्षा शिवीरहरु आएतापनि यस भेकका कृषकहरुलाई भने सरकारबाट कुनै प्रकारको सहुलियतहरु प्राप्त नभएको गुनासो गर्छन् कृषकहरु | तथापी कृषकहरुले आफ्नै बल बुतामा टेलिभिजन तथा पत्र पत्रिकामा सुन्तला खेती तालिम विषयमा अध्यान गरेर हाल सम्म आफ्नै हातले स्यारेर वर्षेनी लाखौ रुपियाँ बराबरको  सुन्तला उत्पादन गरेर बजारमा बिक्री गरिरहेको बताउँछन् | यधपी अदुवा, सुन्तला, अलैची र अन्य खेतीपाती विषयमा सरकार पक्षबाट तालिम दिए यहाँका स्थानीय कृषकहरु यस्ता तालिम लिन राजी रहेको बताउँछन् | भर्खरै मात्र बोटमा सुन्तलाको रंग चड्न  शुरु भएतापनि हालमा सुन्तलाको दरभाव राम्रो रहेकोले ब्यापारीवर्गले यस क्षेत्रमा प्राय जसो ठाउँहरुबाट  सुन्तला टिपाई शुरु गरेर  बिक्रीको निम्ति गाडीमा हालेर सिलिगुडी लैजान शुरु गरेको छ |

Related Posts:

  • लेप्चा युवाहरु सिभईक पुलिसमा कालेबुङ, 19 सेप्टेम्बर लेप्चा विकास परिषदको गठन पछि राज्यका लेप्चाहरुलाई विशेष अवसर प्रदान गर्ने मुख्य मन्त्री ममता ब्यानर्जीले आफ्नो बचन पुरा गर्न शुरु गरेकी छन्। एकातिर बेरोजगार लेप्चा युवाहरुलाई राज्यको विभिन्न विभागहरुम… Read More
  • कालेबुङमा धारावाहीक घरना जारी कालेबुङ 19 सेप्टेम्बर : छुट्टै राज्यको मांगमा धारावाहिकरुपमा अघि बढ़ीरहेको मोर्चाको धरना कार्यक्रमलाई समर्थकहरुले जारी राखेका छन्। आज 38 नम्बर लाभा लिङ्गसे स्मष्टिका मोर्चा कार्यक्रताहरुले यहाँको टाउन-हल परिसरमा सरकारले चाड… Read More
  • तकलिङमा जलातंक रोगथाम बारे कार्यशाला कालेबुङ 19 सेप्टेम्बर : तकदाह खण्ड विकास अन्तर्गत पर्ने तकलिङ (1) ग्राम पञ्चायतमा आज जल आतंक रोग (एन्टी रयावीस रोग) बारे एउटा कार्यशाला सम्पन्न भयो। गैर सरकारी संस्था पश्चिम बंगाल स्वयमसेवी स्वस्थय संस्था(डव्ल्युभीएचए) अनि … Read More
  • लेप्चा समुदायका मानिसहरुले फारम नभरी नै रोजगार पाउने निश्चित डी के वाइबा, कालेबुङ 18 सितम्बर। सरकारी रोजगारको निम्ति कुनै पनि बिभागमा पहिला बिज्ञापन प्राकाशित हुनेगर्छ अनि मात्र अघाडीको प्रक्रिया शुरु हुने गर्छ। प्रथममा बिज्ञापन प्रकाशित भए पछि आवदेकहरुले आवेदन पठाउँछन अनि परिक्… Read More
  • बन्दी आन्दोलनकारीहरुको न्याय र हकमांगमा बन्दी मुक्ति कमिटि कालेबुङ 18 सेप्टेम्बरः-(प्रदीप) सरकारले षडयञ्त्रपूर्वक थुनामा राखेका बन्दीहरूको न्याय र हकको निम्ति काम गर्ने बन्दी मुक्ति कमिटिले ताजा गोर्खाल्याण्ड आन्दोलनको क्रममा पक्रा पर्ने मोर्चा नेतृत्व अनि कार्यकर्त्ताहरूको रिहाइको … Read More

0 comments: