Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Sept 2013

लेप्चा समुदायका मानिसहरुले फारम नभरी नै रोजगार पाउने निश्चित

डी के वाइबा, कालेबुङ 18 सितम्बर। सरकारी रोजगारको निम्ति कुनै पनि बिभागमा पहिला बिज्ञापन प्राकाशित हुनेगर्छ अनि मात्र अघाडीको प्रक्रिया शुरु हुने गर्छ। प्रथममा बिज्ञापन प्रकाशित भए पछि आवदेकहरुले आवेदन पठाउँछन अनि परिक्षा अथवा अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ। तर दार्जीलिङ पहाडमा बस्ने लेप्चा समुदायका मानिसहरुको निम्ति भने कुनै पनि फारम नभरी नै रोजगारको अवसर प्राप्त भएको छ।
उनीहरुको निम्ति कुनै बिज्ञापन समते प्रकाशित भएन तर रोजगारको निम्ति एकाएक पुलिस जाँच (भेरिफिकेसन) शुरु भएको छ। लेप्चा समुदायका मानिसहरुलाई बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त रोजगारको अवसर प्रदान गर्ने कार्य शुरु गरिसकेको छ।
यहाँको मेला ग्राउण्डमा गत 3 सितम्बरको दिन लेप्चा समुदायको पक्षबाट ‘भाग्य विधाता’को उपनाम ग्रहण गरेर लेप्चाहरुको बिकाश गरिदिने घोषणालाई ममता ब्यानर्जीले अब पुरा गर्ने कार्य शुरु गरेकी छिन। तिनले एकसय जना लेप्चा युवाहरुलाई तत्काल रोजगार प्रदान गर्ने घोषणा गरेकी थिईन भने 5 हजार लेप्चा युवाहरुलाई पुलिसमा भर्ना गर्ने घोषणा गरेकी थिईन। एकसयजना लेप्चा युवाहरुलाई तत्काल रोजगार प्रदान गर्नको निम्ति तिनले सुची समेत मागीसकेको बताए पनि दुई हप्ता पार हुँदा समेत एकसयजना लेप्चा युवाहरुलाई रोजगार प्रदान गर्ने तिनको घोषणा पुरा भएको थिएन। तर तिनले घोषणा गरेको ठिक 15 दिनपछे भने लेप्चा समुदायका मानिसहरुले कुनै परिक्षा अनि कुनै अन्तरवार्ता समेत नबसी रोजगार पाउँने निश्चित बनेको छ। लेप्चा समुदायका युवाहरुलाई रोजगार प्रदान गर्न भित्र भित्रै अभियान चलाएकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाषणलाई कार्यरुपमा परिवर्तन गरिसकेकी छिन। विश्वस्त सुत्रले दिएको जानकारी अनुसार कालेबुङका मोठ 73 जना लेप्चा समुदायका युवाहरुको रोजगारको निम्ति पुलिस जाँच पुरा भएको छ। उक्त जाँच कार्य पुलिसले आज पूर्ण गरेर सरकार समक्ष आफ्नो रिपोर्ट समेत पठाएको छ। अचानक मंगलबारा राती कालेबुङ महकुमा क्षेत्रका मोठ 73 जना लेप्चा युवाहरुको पुलिस जाँच पत्र प्राप्त भएको सुत्रले बताएको छ। उक्त जाँच पत्र राती यहाँको राज्यसरकार अधिनस्थ रहेको गुप्तचर बिभागलाई प्राप्त हुनको साथै उक्त जाँच पत्र आज पठाउँनु पर्ने समेत आदेश आएको सुत्रले दाबी गरेको छ। सरकारी आदेश आए पछि आज सम्पूर्ण 73 जना लेप्चा युवाहरुको सम्पूर्ण जाँच कार्य समाप्त गरेर आज नै सरकारलाई पठाएको छ। उक्त पुलिस जाँच कार्य समाप्त हुनसाथै लेप्चा युवाहरुले रोजगार पाउँने निश्चित बनेको छ। यद्यपी उक्त रोजगार कुन बिभागमा पाउँने भन्ने बिषयमा भने उक्त पुलिस जाँच पत्रमा उल्लेख नगरेको सुत्रले बताएको छ। तिनले केवल कालेबुङ महकुमा क्षेत्रको निम्ति मात्र अहिले प्रथम चरणमा 73 जना लेप्चाहरु रहेको बताउँदै दार्जीलिङ, खरसाङ अनि मिरिक क्षेत्रका लेप्चाहरुको पनि रोजगारको निम्ति पुलिस जाँच भएको तिनले दाबी गरे। यद्यपी अन्य क्षेत्रहरुका सङ्ख्या कति हो भन्ने बिषयमा भने तिनले आफुलाई स्पष्ट थाह नभएको बताएका छन। तिनले पुलिस जाँच भएका लेप्चा युवाहरु अधिकांश उच्चतर माध्यमिक उतिर्ण रहेको बताउँदै राज्य सरकारले उक्त युवाहरुलाई पूर्णरुपले सरकारी रोजगार दिने दाबी समेत गरेको छ। तिनले कुनै पनि रोजगारको निम्ति पुलिस जाँच पत्र समाप्त भए पछि रोजगार निश्चितरुपले पाउँने बताउँदै यता कालेबुङका 73 जना लेप्चाहरुले रोजगार चाँडै पाउँने अझ दाबी गरेका छन।

Related Posts:

  • Cop son killed in Gangtok brawlGangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youth… Read More
  • महिला हिंसाविरुद्ध र्‍याली र सङ्गोष्ठीकालेबुङ, 18 मई। अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्‍यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानक… Read More
  • ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More
  • Hill police claim ISI arrests in KurseongKurseong, May 19: Darjeeling police today arrested two suspected ISI agents along with two of their links from Kurseong. Police have also detained three other people, one of them an upper division clerk in the army’s 33 Corp… Read More
  • Decision on others, Morcha out: Tirkey Siliguri, May 19: Akhil Bharatiya Adivasi Vikas Parishad leader Birsa Tirkey today ruled out any understanding with the Gorkha Janmukti Morcha for the panchayat polls, but said local leaders in the Dooars would decide on a ti… Read More

0 comments: