कालेबुङ 15 सेप्टेम्बरः-(प्रदीप)
जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेशन(जेएसटीओ)-ले
पहाडका शिक्षक शिक्षिकाहरूलाई ‘शो कज’ नोटिश गर्ने शिक्षा विभागलाई उल्टै स्पष्टिकरण माग्ने प्रस्ताव ग्रहण गरेको
छ। जेएसटीओले पहाडका सम्पूर्ण माध्यमिक
अनि उच्च माध्यमिक स्कूलका प्रमुखहरूसँग
बैठक गरेपछि यो निष्कर्ष निकालेको हो। संगठनको केन्द्रीय समितिका प्रवक्ता भीषण रोकाले आज दिएको जानकारी अनुसार बन्दको अवधीमा शैक्षिक संस्थानहरू बन्द राखेको सम्बन्धमा शिक्षा विभागले जारी गरेको कारण
बताऊँ नोटिशलाई केन्द्र गरी शनिबार जेएसटीओको एउटा बैठक सम्पन्न भएको थियो। तकदाह खण्डको 6 माइलस्थित सामुदायिक भवनमा सम्पन्न
बैठकमा जेएसटीओका पदाधिकारीहरूसहित 131
वटा
माध्यमिक अनि उच्च माध्यमिक विद्यालयका
प्रमुखहरू उपस्थित थिए। शिक्षकहरूको यस प्रतिनिधि संगठनका पदाधिकारी
र स्कूलप्रमुखहरूको भेलाले शोकज नोटिश जारी गर्ने जीटीएको शिक्षा
विभागको पदक्षेपलाई तकनीकि रुपले गलत ठहर गरेको छ। जीटीएका मुख्य सचिवसहित सम्पूर्ण पदस्थ अधिकारीहरू जीटीएका मुख्य कार्यपालको अधिनमा रहनेछ भन्ने कानूनी प्रावधान विद्यमान रहेको अवस्थामा जीटीएको शिक्षा विभागका कार्यकारी निदेशकको निर्देशमा डीआइले कसरी शोकज नोटिश जारी गरेभन्ने संगठनको तर्क छ। ‘हामी यसको तत्काल उत्तर नदिने निर्णय
लिएका छौं। बरु हामी उल्टै विभागले आफ्नो
क्षेत्राधिकारदेखि बाहिर गएर किन काम गर्यो भनेर
स्पष्टिकरण पो माग्नेछौं’ जेएसटीओ प्रवक्ता भीषण रोकाले भने। तिनले विभागको स्पष्टिकरण पाइ सकेर शिक्षकहरूले शोकजको उत्तर दिनै
परे सबै शिक्षकहरूले एउटै कारण दर्शाउने
बैठकले प्रस्ताव ग्रहण गरेको जानकारी पनि दिएका छन।
रोकाले विभागसँग स्पष्टिकरण माग्ने अनि शिक्षकहरूको आफ्नो अडान
जाहेर गर्ने कार्यको दायित्व संगठनलाई प्रदान गरिएको पनि बताएका छन। रोकाले शिक्षकहरूलाई नोतिश जारी गर्ने शिक्षा विभागको कार्य तकनीकि
रुपले त्रुटीपूर्ण रहेको कुरा अझ खुलाउँदै
भने, ‘जीटीएका मुख्य कार्यपालले आफ्नो
पदबाट राजिनामा दिइसकेको अवस्था यो अहिले अचल छ। अर्कोतिर, मुख्य सचिवलगायतका जम्मै अधिकारीहरूले जीटीए मुख्य कार्यपालको निर्देशमा
काम गर्नुपर्नेछ भन्ने यसको कानूनमा उल्लेख
छ। यस्तो अवस्थामा कसको आदेशमा शिक्षा विभागले
शोकज जारी गर्यो भन्ने हाम्रो प्रश्न छ’ तिनले बन्दको अवधीमा
स्कूल नगएको भन्दै शिक्षक शिक्षिकाहरूलाई सोझै शोकज नोटिश जारी गर्ने शिक्षा विभागको कार्यको पनि आलोचना गरेका छन। तिनले
शिक्षकहरूले प्रत्यक्ष रुपले राज्य सरकारको
कर्मचारी नरहेको दाबी गर्दै शिक्षा विभागले
शिक्षकहरूलाई नियुक्ति दिने स्कूल प्रबन्धन समितिलाई नोटिश जारी गर्नुपर्ने थियो भन्ने विचार पनि प्रकट गरेका छन। तिनले विभागद्वारा शिक्षकहरूलाई पठाइएको शोकज नोटिशमा सम्बन्धित शिक्षकको नाम र
ठेगानासमेत सम्बोधन नगरिएको गुनासो पनि
व्यक्त गरेका छन। यता, तिनले बन्दको अवधीमा विद्यार्थीहरूले
भोग्नु परेको पाठ्यक्रमको नोक्सानीको भरपाइ गर्न शनिबारलगायत
पूर्वनिर्धारित बिदाहरूको कटौति गरेर पनि पठनपाठन सुचारू राख्ने
जेएसटीओको निधोलाई स्कूल प्रमुखहरूले पनि मोहर लगाएको जनाएका छन।
16 Sept 2013
शोकज नोटिश जारी गर्ने जीटीएको शिक्षा विभागको पदक्षेप तकनीकि रुपले गलत छ - जेएसटीओ
Related Posts:
School for rock guitar RAJEEV RAVIDAS Lepcha (third from left) with some of his students in the music school in Kalimpong on Sunday. Picture by Chinlop Fudong Lepcha Kalimpong, May 13: If you have been toying with the idea of playing th… Read More
Hill model for J&K SANKARSHAN THAKUR New Delhi, May 11: The centrally appointed Jammu and Kashmir interlocutor group has recommended cascading devolution of powers to the Jammu and Ladakh regions on the lines of the Gorkhaland Territor… Read More
7 Indians among 13 dead in Nepal plane crash Kathmandu, May 14 (PTI): Eleven Indians were among 15 passengers killed on Monday when a private plane with 21 people on board crashed in northern Nepal while trying to land at high- altitude Jomsom airport, a popular Himala… Read More
Unions to dangle land right carrot in tea belt Better days ahead? Siliguri, May 14: The tea garden wings of… Read More
Morcha plans to lie low in plains VIVEK CHHETRI … Read More
0 comments:
Post a Comment