Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Sept 2013

कालेबुङमा धारावाहीक घरना जारी

कालेबुङ 19 सेप्टेम्बर :
छुट्टै राज्यको मांगमा धारावाहिकरुपमा अघि बढ़ीरहेको मोर्चाको धरना कार्यक्रमलाई समर्थकहरुले जारी राखेका छन्। आज 38 नम्बर लाभा लिङ्गसे स्मष्टिका मोर्चा कार्यक्रताहरुले यहाँको टाउन-हल परिसरमा सरकारले चाड़ैनै छुट्टै राज्यको गठन प्रक्रिया शुरु गरिनु पर्ने अनि आन्दोलन अवधि पक्रा परेका मोर्चा नेतृत्व अनि कार्यकर्ताहरुलाई बिना शर्त छोड़नु पर्ने मांगमा धरना दिएका थिए। धरना प्रदर्शन गर्न अधि स्मष्टि सभासद सीपी पौड्याल अनि अध्यक्ष तोपदेन भोटीयाको अगुवाईमा समर्थकहरुले मोर्चाको पार्टी कार्यलयदेखि महकुमा अधिकारीको कार्यलयसम्म मौन जुलूस पनि निकालेका थिए। महकुमा अधिकारीको कार्यलय पुगेका मोर्चा नेताहरु सीपी पौड्याल, तोपदेन भोटीया, जिल्ला कंग्रेस नेताहरु शान्ति कुमार शर्मा, दिलिप प्रधान आदि नेतृत्वको एउटा टोलीले महकुमा अधिकारीसंग भेट गरि ज्ञ्यापन पत्र पनि पेस गरेको छ। ज्ञ्यापन पत्रमा हाल बन्दी रहेका मोर्चा नेतृत्व अनि कार्यकर्ताहरुलाई बिना शर्त रिहा गरिनु पर्ने माग गरेको छ। मौन जुलूस अनि महकुमा अधिकारीलाई ज्ञ्यापन पत्र बुझाउने क्रम पछि उक्त स्मष्टिका मोर्चा समर्थकहरुले यहाँको टाउन-हल परिसरमा आएर धरना प्रदर्शन गरेका हुन्। धरना प्रदर्शनमा सामेल भएका समर्थकहरुलाई सम्बोधन गर्दै स्मष्टि अध्यक्ष तोपदेन भोटीयाले आन्दोलनलाई शान्तिमय ढंगमा अघि बढ़ाउनु पर्ने अपिल गरे। राज्य सरकारले पहाड़मा जाति विभाजनको नीति अपनाइ रहेको आरोप लगाउँदै तिनले पहाड़का लेप्चा समुदायलाई पनि छुट्टै राज्यको आन्दोलनमा सह्योग पुर्याई दिने अनुरोध गरेका छन्। तया जिल्ला कंग्रेस नेता शान्ति कुमार शर्माले पनि प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै सरकारको दुर्नीति विरुद्ध लड़न हाल पहाड़का प्राया जसो दलहरु एउटै मञ्चमा आएको बताए। समय अनि परिस्थिति अनुसार नै हाल आन्दोलनमा लचिलोपना आएको तिनको भनाइ छ। आन्दोलन अवधि षड़यनत्रकारीहरुदेखि सचेत रहनु पर्ने पनि तिनले समर्थकहरुलाई अपिल गरेका छन्।

Related Posts:

  • Forums in plains reject plea to call off protestGautam Deb at the meeting with the representatives of the 16 plains outfits in Siliguri on Wednesday. Picture by Kundan YolmoSiliguri, March 28: More than 15 outfits in the plains today turned down minister Gautam Deb’s reque… Read More
  • Large Cardamom AuctionRANGPO-26TH MARCH12 The forth-coming Large Cardamom Auction Program on 28th (Wed) March 2012, has been extended to 11th (Wed) April 2012, due to the reason the price has crashed down drastically to the price of Rs. 25000-2600… Read More
  • ONE DAY FARMERS TRAINING CUM PIGLET DISTRIBUTION PROGRAMRANGPO- 27 March 2012-A day long program on piglets’ distribution & training on pig farming was conducted by State AH, LF&VS Department in Chongrang foodgodown, under Yaksum -Tashiding constituency in West Sikkim. The… Read More
  • big scam of Weight Bridge was shown in malli south SikkimRANGPO-28TH FEBRURY12 Another big scam of Weight Bridge was shown in malli south Sikkim under Sikkim nationalised transport of Sikkim transport department .according to the news under the chief minister 100 days programme two… Read More
  • Capacity Building TrainingRANGPO-28TH MARCH12 Nehru Yuva Kendra Gangtok, on behalf of Nehru Yuva Kendra Sangathan (NYKS) Sikkim zone organized 5 days long Capacity Building Training for the officials of Mentor Youth Club of North District Mangan, So… Read More

0 comments: