Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

19 Sept 2013

बन्दी आन्दोलनकारीहरुको न्याय र हकमांगमा बन्दी मुक्ति कमिटि

कालेबुङ 18 सेप्टेम्बरः-(प्रदीप) सरकारले षडयञ्त्रपूर्वक थुनामा राखेका बन्दीहरूको न्याय र हकको निम्ति काम गर्ने बन्दी मुक्ति कमिटिले ताजा गोर्खाल्याण्ड आन्दोलनको क्रममा पक्रा पर्ने मोर्चा नेतृत्व अनि कार्यकर्त्ताहरूको रिहाइको निम्ति नागरिक समाजको दबाउ सृजना गर्ने निधो गरेको छ।
कमिटिको एउटा प्रतिनिधि टोलीले आज कालेबुङका पिडीत परिवारहरूसँग भेटेर उनीहरूको आफन्तजनको सम्मानजनक जेलजीवन र रिहाइ निश्चित गर्ने दिशामा काम गर्ने प्रतिश्रुति दिएको छ। बन्दी मुक्ति कमिटिको राज्य सचिव छोटन दास, उपाध्यक्ष प्रा अभिजित कुमार रोय, कार्यकारी सदस्यहरू भानु सरकार, डा अरुणकान्ति विश्वास आदि सामेल रहेको टोलीले मोर्चा उपाध्यक्ष प्रा कल्याण देवान, सभासद निमा तामाङ, नगरपार्षद बरुण भुजेल आदिका परिवारहरूसँग भेटेर उनीहरूको पक्राउसम्बन्धी सत्यतथ्यहरू संकलन गरेको छ। यस अवसरमा कमिटिका प्रतिनिधिहरूलाई क्रामाकपा नेताहरू अरुन घतानी, मोहन पौड्याल, सूदन प्रधान आदिले पनि सहयोग गरेका थिए। कलकता अनि सिलगढीबाट आएका कमिटिका पदाधिकारीहरूले शुरुमा यहाँको सातदोबाटोस्थित कार्यालयमा क्रामाकपा नेताहरूसँग बसेर पहाडको ताजा राजनैतिक स्थिति र सरकारको अन्यायपूर्ण धरपकडका गतिविधिहरूबारे अन्तर्क्रिया गरेका थिए। यसपछि टोलीका सदस्यहरूले कालेबुङ कोर्ट परिसरमा बरूण भुजेलका परिवारलाई भेट गरी तिनको पक्राउको घटनाविवरणसँगै संगठनले गर्ने सहयोगबारे आश्वस्त पारेका थिए। यस दिन बन्दी मुक्ति कमिटिका पदाधिकारीहरूले क्रमबद्ध रुपमा मोर्चा नेता कल्याण देवानकी श्रीमती गौरी देवान  अनि सभासद निमा तामाङका परिवारसँग भेटेर दुवैका पक्राउ अनि हालको जेलजीवनबारे जानकारीहरू सङ्ग्रह गरेका थिए। बन्दीहरूले आफूलाई राजनैतिक बन्दीको मर्यादा प्रदान गर्न जेलप्रशासनसँग दाबी गर्न सक्ने सल्लाह पनि कमिटिका सदस्यहरूले पिडीतपरिवारलाई दिएका छन। राजनैतिक आन्दोलनमा संलग्न रहेको अवस्थामा पक्रा परेका बन्दीहरूले कानूनी प्रावधानअनुसार राजनैतिक बन्दीको मर्यादाको दावी गरेर केही सामान्य सुविधाहरू उपभोग गर्न सक्ने उनीहरूको भनाइ छ। यसबीच, कमिटिका सदस्यहरूले क्रामाकपा नेताहरूको मध्यस्थतामा मोर्चा नेताहरूसँग पनि भेट गरेका थिए। यहाँको मल्ली रोडस्थित मोर्चा कार्यालयमा केहीबेर चलेको बैठकमा महकुमा सचिव कुमार चामलिङ, प्रेम छेत्री, शुभ प्रधान आदि उपस्थित थिए। मोर्चा नेताहरूद्वारा ताजा आन्दोलनको अवधीमा पक्रा परेका नेता र कार्यकर्ताहरूको पक्राउसम्बन्धी जानकारीहरू कमिटिका सदस्यहरूसँग साझा गरिएको थियो। यता, मिडियाकर्मीहरूसँग कुराकानी गर्दै बन्दी मुक्ति कमिटिका राज्य उपाध्यक्ष प्रा अजित कुमार रोयले आन्दोलनकारीहरूलाई षडयञ्त्रपूर्वक पक्राउ गर्ने सरकारको कथित दूर्नीतिको कठोर आलोचना गरेका छन। तिनले मोर्चा नेतृत्व र कार्यकर्ताहरू एकहजारभन्दा धेर मानिसहरूलाई पक्राउ गरिएको तथ्य कमिटिलाई प्राप्त भएको जानकारी दिँदै जीटीए सम्झौता हुँदा पुराना आपराधिक मामिलाहरू फिर्ता  लिने वचन राज्य सरकारले पूरा नगरेको बताए। ‘सबैलाई शान्तिपूर्ण राजनैतिक कार्यक्रम गरेर आफ्नो माग हासिल गर्ने अधिकार छ। राजनैतिक मागको निम्ति सङ्घर्ष गर्ने आन्दोलनकारीहरूलाई पडयञ्त्रपूर्ण पक्राउ गरी प्रताडित गर्नु मानव अधिकारको दृष्टिले पनि गलत र अन्यायपूर्ण छ। हामी पहिले यो पक्राउको सम्बन्धमा सत्यतथ्यहरूको संग्रह र छानबीन गर्छौं अनि फ्याक्ट फाइनडिङ रिपोर्ट तयार गरेर बन्दीहरूको पक्षमा वातावरण निर्माण गर्ने अभियान शुरु गर्छौं’ कमिटिका उपाध्यक्ष प्रा अजित कुमार रोयले भने।

अर्कोतिर, बन्दी अवस्थामा रहेका मोर्चा नेता कल्याण देवानकी श्रीमती गौरी देवानले पनि कमिटिको यो पहलले खुशी लागेको प्रतिक्रिया व्यक्त गरेकी छन। ‘हाम्रा निर्दोष मानिसहरूको निम्ति बोली दिन कोही त अघि सर्‍यो भन्ने लागेको छ’ श्रीमती देवानले भनिन्।

Related Posts:

  • Police face public ire in Mirik Report by:  DEEP PRADHAN MIRIK 24 Aug 2013 Tension gripped Mirik town today when GJM supporters, who had gathered to observe the ‘janta sadak ma’ programme, were obstructed by the police. But th… Read More
  • GTA meeting: GJM sets condition for participation Darjeeling 24 August: The Gorkha Janmukti Morcha has set a condition if it is to participate in the Gorkhaland Territorial Administration meeting scheduled for September 4, with party president Bimal Gurung asserti… Read More
  • कालेबुङमा जुलूश र जनसभा जारी कालेबुङ 24 अगष्ट: जनमुक्ति माइनोरेटी संगठनको अगुवाइमा आज कालेबुङमा जुलूश अनि जनसभा सम्पन्न भयो। जुलूश अनि जनसभाको आज चौथो दिन पनि कालेबुङमा मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। सयौ मोर्चा समर्थकहरुलाई नेतृत्… Read More
  • Rally, meeting held in Kalimpong Report by:  PRADIP LOHAGUN KALIMPONG 24 Aug 2013 A series of programmes were held today under the leadership of the Janmukti Minority Sangathan (JMS) in Kalimpong. Town residents attended the ra… Read More
  • SGP press meet on Gorkhaland issue Gangtok 24 Aug 2013 The Sikkim Gorkha Prajatantrik party today convened a press conference to express its views on the ongoing agitation for statehood in the Darjeeling hills. SGP president KB Rai said, “Th… Read More

0 comments: