कालेबुङ 15 सेप्टेम्बर: दिल्ला प्रदेश
कांग्रेस समिति अन्तगर्त रहेको गोर्खा सेलका अध्यक्ष श्यामसेन तामाङले आज
गोर्खाल्याण्ड राज्य निर्माण मोर्चामा प्रवेश गरेका छन्। राष्ट्रीय राजनीतिक दल
कांग्रेस त्याग्दै तिनले आज गोरानिमोको झण्डा ग्रहण गरेका छन्। गोरानिमो अध्यक्ष
दावा पाखरिनले आज यहाँको हिलटपमा अवस्थित पार्टी कार्यलयमा एउटा सभाको आयोजना गरि गोर्खा
सेलका अध्यक्ष तामाङलाई दलको झण्डा प्रदान गरे। मूलरुपमा पेशोक निवासी तामाङ विगत
दश वर्षा अधि नै दिल्ली लागेका थिए। गत 2011 सालदेखि भने तिनले प्रदेश कंग्रेस
अन्तगर्त रहेको गोर्खा सेलमा अध्यक्षको पदभार सम्हाल्दै आइरहेका थिए। गोर्खाल्याण्ड
राज्य निर्माण मोर्चाको झण्डा समात्न साथै श्यामसेन तामाङलाई पार्टी प्रमुख
पाखरिनले दलको दिल्ली शाखाका संयोजकको कार्यभार सुम्पेका छन्। पार्टीमा आउन साथै
शिर्ष पद पाएका तामाङले पत्रकारहरुसंग कुराकानी गर्दै तीब्रगतिरुपले दिल्लीमा दलको
संगठन विस्तार गर्ने बताए। ‘केन्द्र
कि राज्य सरकारले गोर्खाल्याण्डको मुद्दा प्रति कुनै प्रकारको चासो देखाएको छैन,
गोरानिमोको एउटा मात्र लक्ष्य छुट्टै राज्य हो, यसैले आज म यस दलमा आए र अब दलको
परामर्श लिएर दिल्लीमा हाम्रो मुद्दा उठाउनेछु’ तिनले भने। आज तिनलाई पार्टीको झण्डा अनि नियुक्ति पत्र प्रदान
गर्दै दल प्रमुख दावा पाखरिनले अबउसो दिल्लीमा पनि आफ्नो दलको संगठन विस्तार हुने
दावी गर्दै यसले गोर्खाल्याण्डको मुद्दालाई थप बल पुग्ने बताए। ‘छुट्टै राज्यको मुद्दालाई प्रभावशाली
बनाउन दिल्ली र कलकता नै प्रमुख स्थानहरु हो’ पाखरिनले भने ‘सर्वभारतीय
गोर्खाहरु एक भएर यो मुद्दालाई अघि बढ़ाउनु पर्छ’। दल प्रमुख पाखरिनले आज पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टीको भावी
कार्यक्रमहरु बारे पनि जानकारी दिएका छन्। तिनी अनुसार फेडेरेशन फर न्यु स्टेट को
ब्यानरमा वर्षको अन्ततिर दिल्लीमा छुट्टै राजोय गोर्खाल्याण्डको मुद्दालिएर
विभिन्न प्रकारको कार्यक्रमहरु सम्पन्न हुनेछ। गोर्खाल्याण्ड संयुक्त कार्वाही
समितिबाट बाहिरिएका पाखरिनले आज पत्रकारहरुसंगको कुराकानीमा आन्दोलन अवधि एक भएर
कार्यक्रम गर्ने बताएका छन्। केहीदिन अघिको लामो पहाड़ बन्दबारे आफ्नो टिप्पणी
राख्दै तिनले लगातर बन्द गरे तापनि कुनै प्रकारको उपल्बदी हासिल नहुने बताए। ‘फेडेरेशन मार्फत अब देशको विभिन्न
गोर्खा बाहुल क्षेत्रहरुमा गोर्खाल्याण्डको मांग गर्दै बन्द डाक्नु पर्छ, यसले
सरकारलाई निकै प्रभाव पार्छ’
तिनले भने।
16 Sept 2013
शयामसेन तामाङ भए गोरानिमो दिल्ली शाखाका संयोजक
Related Posts:
Sikkim krantikaari morcha west Pandam constituency level meetingSANJAY AGARWAL –RANGPO-26TH FEBRURI 13 Sikkim krantikaari morcha west Pandam constituency level meeting was held at Rangpo under the president ship of Mr. gopal Dahal central Pandam .the main aims and objective of the meeting… Read More
Hill outfit to file bandh PILDarjeeling, Feb. 18: An anti-Gorkha Janmukti Morcha outfit has said it will file a PIL against the latest round of strikes and bandhs declared by Bimal Gurung that would “only serve to harass the common public”. If the gener… Read More
Morcha ire over delay in pardon - 382 cases await withdrawal Darjeeling, Feb. 27: The Gorkha Janmukti Morcha is peeved over the state government’s delay in withdrawing 382 cases filed against party activists during the four-year statehood agitation and the issue could become another fl… Read More
Gorkha Janmukti Morcha(GJMM) supporters join Congress JALPAIGURI: Unhappy with the Gorkha Janmukti Morcha (GJM), at least 30 hardliners of the party from the Dooars in Jalpaiguri joined the Congress on Monday. Most of them from Chamurchi on the Indo-Bhutan border, The Nepali sp… Read More
Gurung tries to soothe plains - Morcha leadership assures Dooars members of support as more leave partyFeb. 25: Bimal Gurung today assured Gorkha Janmukti Morcha leaders from the Terai and Dooars that he would always stand by them, the message coming when disgruntled plains cadres have joined Trinamul and the Congress. The Mo… Read More
0 comments:
Post a Comment