Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

7 Nov 2011

श्री सत्य साई सेवा सङ्गठनद्वारा कृष्णसिंह मोक्तानलाई अभ्यर्थना मोहन ठकुरीलाई सम्मान

कालेबुङ, 7 नोभेम्बर।
साई आन्दोलनका अग्रदूत कृष्णसिंह मोक्तानलाई श्री सत्य साई सेवा सङ्गठन कालेबुङ महकुमाले  आज एक कार्यक्रमबीच अभ्यर्थना जनायो।
साई भक्त अनि सङ्गठनहरूको निम्ति एक तीर्थस्थल नै बनेका सिंह दार्जीलिङमा साई अवधारणा र श्री सत्य साई बाबाका आध्यात्मिक चेतनाको बिकास गर्ने पहिलो भक्त हुन्‌। यसैकारण नै साई सङ्गठनहरूले वरिष्ठ साहित्यकार मोक्तानलाई आध्यात्मिक जगतका एक सन्त पुरुषकोरुपमा नै मान्ने गरेका छन्‌। बाघधारास्थित साई निलयमबाट साई गङ्गोत्रीको अलङ्‌कारले विभूषित मोक्तानलाई साईभक्तहरूले रथमा चढाएर नगरपरिक्रमा गराए। शोभायात्रा रामकृष्ण रङ्गमञ्चमा समाप्त गरियो। पहिलोचरणको कार्यक्रमपछि रामकृष्ण रङ्गमञ्चमा दोस्रो चरणको कार्यक्रम सम्पन्न भयो। खगेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि एवं आकर्षणको केन्द्रविन्दु सम्वर्धित व्यक्ति कृष्णसिंह मोक्तान थिए भने विशिष्ट अतिथिकोरुपमा प्रवुद्ध कवि मोहन ठकुरी, गाउँबुढा उपाधिले विभूषित सानुमति राई, अधिवक्ता एवं साई दर्पणका सल्लाहकार विवेककेशर पाण्डे अनि सिक्किम साई समितिका राज्य अध्यक्ष रतन प्रधान उपस्थित थिए।
अभ्यर्थना कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता विवेककेशर पाण्डेले मोक्तानको मिमांसा जीवनी प्रस्तुत गरे। सम्बोधन गर्ने क्रममा तिनले अझ भने, नेपाली समाजमा एक दृष्टान्तकोरुपमा  कोही पनि अघि आएको छैन। जबकि अन्य जातिहरूमा हेर्दा अनेकौं दृष्टान्तहरू छन्‌ तर नेपाली समाजमा भने भनेजस्तो उदाहरणकोरुपमा उभिने व्यक्तित्व नै छैनन्‌। यस्तो स्थितिमा कृष्णसिंह मोक्तान यस्ता नाम हुन्‌ जो हाम्रो निम्ति एक प्रतिष्ठानको रुपमा विराजमान छन्‌। साहित्य, आध्यात्मलाई एकीकृत गरेर जीवनको हरेकपक्षलाई मानव कल्याणको निम्ति समर्पित गर्नु नै मोक्तानको जीवन दर्शन रहेको पनि पाण्डेले बताए। यता मोहन ठकुरीले पनि मोक्तानमाथि भनिरहेका थिए, सरल, सुवोध, मृदूभाषी, कोमल, विनय अनि प्रेमको पुञ्ज नै मोक्तान हुन्‌। यता चर्चित उपन्यासकार विन्द्या सुब्बाले पनि मोक्तानलाई आध्यात्मिक गुरू अनि मानव मुल्य संस्थापक रहेको जनाइरहेकी थिइन्‌। मोक्तानलाई कार्यक्रमबीच दोसल्ला ओडाएर अभ्यर्थना जनाइयो भने तिनलाई  प्रशस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो। अभ्यर्थना जनाउने क्रममा नेपाली साहित्यका चर्चित कवि मोहन ठकुरीलाई पनि सम्मान जनाइयो। तिनलाई पनि प्रशस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो।
यसैबीच कार्यक्रमलाई अझ रोचक बनाउन भजन गायक अजनिश राई अनि तिनकी श्रीमति मेघना राईले ठूलो भूमिका निर्वाह गरेका थिए। गायक अजनिशको भजन सुनेर उपस्थित श्रोताहरू मन्त्रमुग्ध बने। कालेबुङ ललित नित्य छन्दमका कलाकारहरूले पनि नृत्य प्रस्तुत गरेका थिए।

नोभेल्टी परिसरमा मल्टिकप्लेक्स बनाउने योजना 37 परिवारले मोर्चालाई माग्यो तीनदिनको समय

कालेबुङ, 7 नोभेम्बर। SAROKAR
नोभेल्टी परिसरमा रहेको 37 वटा घरहरूलाई तोडेर अत्याधुनिक मल्टिकम्प्लेक्स बनाउने मोर्चाको योजना क्षेत्रबासीहरूको विरोधको कारण अहिलेसम्म पुरा हुन सकेको छैन। नोभेल्टी परिसरमा रहेको मॉं सन्तोषी टोलमा मोर्चाले मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय मोटर स्ट्याण्ड बनाउने योजना बनाएको छ तर  टोलमा रहेको 37 परिवारलाई त्यहॉंबाट अन्यत्र स्थान्तरण गरे मात्र योजना अघि बढ्‌ने छ। मोर्चाको पक्षमा योजना बनाइए पनि स्थानीयहरूले पुर्खाको बास रहेको क्षेत्र योजनाको निम्ति छोड्‌न नसक्ने भएपछि विवाद शुरू भएको थियो। पीडब्ल्युडी विभागले केही परिवारलाई घर हटाउने निर्देश गरेपछि बढेको विवाद मोर्चा  अध्यक्ष विमल गुरूङले पनि साम्य गर्न सकेको थिएनन्‌। क्षेत्रबासीले पुर्खौदेखि बस्दै आइरहेको क्षेत्रमा बिकास नै गर्ने हो भने पनि उनीहरूको भविष्य निश्चित गर्न मात्र होइन उनीहरूलाई जीविकोपार्जन गर्ने अनि बसोबासो गर्ने थलोको पनि ब्यवस्था गरिनुपर्ने देखिएको   थियो। उनीहरूको पुर्खाको पालोमा पनि यसै क्षेत्रमा स्ट्याण्ड बनाउन अघिल्लो प्रशासनले घर हटाउने नोटिश दिँदा प्रशासन र ग्रामबासीबीच मुद्दा नै चलेको जसमा जीत क्षेत्रवासीको भएको  थियो। किन भने मॉं सन्टोषी टोल न त नगरपालिकाको हो न त पीडब्ल्युको नै हो। मोर्चाको प्रस्तावको कारण निर्वासनको परिस्थिति आएकोले मॉं सन्तोषी टोलले यसपल्ट पनि मुद्दा दर्ता गरिसकेको छ। यता गोर्खा जनमुक्ति मोर्चाले भने दुवैपक्षमा कुनै नोक्सान नहुने अनि दुवैको पक्षमा न्याय हुने किसिमको सहमति खोजी रहेको छ। यसैकारण यसबारेमा मोर्चाले बारम्बार नै क्षेत्रवासीसित बैठक गरिरहेको छ। अघिल्लो बैठक निष्कर्षहीन रहेपछि ग्रामबासीले सरसल्लाह गरेर मोर्चालाई निर्णय  दिइने भएको थियो तर दुइचार परिवारको अनुपस्थितिले ग्रामबासीले मोर्चालाई कुनै निर्णय आज दिन सकेन। किनभने मोर्चालाई अघिल्लो बैठकमा ग्रामबासीले आजको दिनमा नै कुनै न कुनै निर्णय दिने बताएको थियो। आज कुनै निर्णय दिन नसकेकोले नै ग्रामबासीले मोर्चालाई निर्णयको निम्ति तीनदिनको समय मागेको छ। बिहिबार क्षेत्रवासीले यसबारे निर्णय दिने बताइएको छ। मोर्चा र ग्रामबासीबीच आज बैठक गरेको थियो जो निष्कर्षहीन रह्यो। यद्यपि बिहिबार मोर्चाले निर्णय सकरात्मक हुने आशा गरेको छ। मोर्चा कालेबुङका सचिव शुभ प्रधानले बताए अनुसार ग्रामवासीलाई मल्टिकम्प्लेक्स बनाइसकिएपछि माथ्लो तलामा स्ट्याण्ड बनाएर तल्लो तलाको पछिल्लोतिर ग्रामवासीलाई पसलको निम्ति स्टल प्रदान गर्ने अनि त्यसको मालिकाना हक दिएपछि मात्र घरहरू तोडिने मोर्चाले ग्रामवासीलाई प्रस्तावना राखेको छ। प्रधानले भने, सोही बिषयमा आज पनि ग्रामवासीसित बैठक भयो। दीर्घमियादी समस्या रहेकोले एक दुइ बैठकले नै यसको निर्णय आउन सक्दैन। आज पनि मोर्चाको पक्षबाट प्रस्तावना राख्ने काम भयो। उनीहरूको निर्णय सकरात्मक आउेन संकेत मिलेको छ। मोर्चा उपाध्यक्ष कल्याण देवान अनुसार गोजमुमोको बिकास गर्ने अभियानमा कसैलाई पनि अन्याय गरिने छैन। बरू उनीहरूलाई मौका, सुविधा र सहुलियत दिन मोर्चा लागीपरेको छ। तिनले भने, कालेबुङका जनताको हितको निम्ति यो कम्प्लेक्स बनाइने छ। यसैबाट क्षेत्रवासीको निम्ति आर्थिक आधार निर्माण गर्ने सोंच पनि मोर्चाको रहेको छ। सहमति हुने कुरा चलिरहेको भए पनि क्षेत्रवासीमा भने निक्कै त्रास फैलिएर गएको छ। उनीहरू अनुसार पुर्खादेखि बसेको घर तोडिनेछ। स्टल केवल पसलको निम्ति दिने हुनसक्छ तर उनीहरूको घर नै तोडिने भएकोले उनीहरुले अहिलेदेखि नै असुरक्षाको भावनाको बोध गरिरहेका छन्‌। टोलका छिमेकी कल्याण संघका अध्यक्ष प्रवीण मोथेले बताए अनुसार निर्णय गर्नअघि धेरै कुरा बुझ्न र जान्न अनिवार्य छ। एक्लैले गर्ने निर्णय नरहेकोले निर्णयमा सम्पूर्ण क्षेत्रवासीको सहमति अनिवार्य छ। मोर्चालाई केही न केही निर्णय सुनाउन नै पर्छ। यसको निम्ति हाम्रो बैठकहरू चलिरहेको छ। कालेबुङको भविष्यको निम्ति नै विकास गर्नु हो भने यहॉं सॉंघुरो ठाउँमा बनाइएको मल्टिकम्प्लेक्स र स्ट्याण्ड पर्याप्त नरहेको अनि भविष्यमा वाहनहरूको संख्या बढ्‌ने अनि यहॉं बनाइएको स्ट्याण्डले नपुग्ने विषयमा उनीहरूले मोर्चालाई पनि अवगत गराइरहेको पनि मोथेले जनाएका छन्‌। क्षेत्रवासीको भविष्यको सवाल अनि मोर्चाको विकासको सपनाबीच बिहिबार आउने निर्णय धेरै महत्वपूर्ण देखिएको त छ नै अर्कोपक्षबाट हेर्नु हो भने बिहिबार पनि निर्णय राम्रो हुन नसक्ने सम्भावना नै बढी देखिएको छ।


साहित्यकारहरू चोर हुन्‌-मोक्तान

मनोज वोगटी
कालेबुङ, 7 नोभेम्बर।
आफू सम्वर्धित बनेको कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णसिंह मोक्तानले भने, साहित्यकारहरू चोर हुन्‌, किन भने उनीहरू कसैको मनभित्र पस्छन्‌, खोतल्छन्‌ अनि मानव मूल्य स्थापनाको निम्ति पात्रहरूको निर्माण गर्छन्‌। मोक्तानले आफ्नो जीवनमा आइरहने प्रश्नहरूको साझा उत्तरको निम्ति यसो भनिरहेका थिए। 5 वर्ष प्रभुनान्दको आश्रममा बिताएर जीवन मुल्यको निर्माण गर्दै यहॉंसम्म आइरहेका मोक्तानले त्यसबेलाको कुरा झिकिरहेका थिए जतिबेला तिनी जेलर थिए। त्यसताक नक्सलाइटहरूको जगजगीमा तिनलाई जुन दायित्व प्रदान गरिएको थियो, त्यो पाटोलाई हेर्नेहरूले कसरी एक जना निष्ठुर, हत्यारा, अपराधीहरू र चोरहरूसित जुझ्ने पुलिस कोमल सिर्जनाहरूको सर्जक हुनसक्छन्‌? भन्ने प्रश्न गर्ने गरेको बताउँदै तिनले भने, म को हुँ भन्ने कुरा बुझ्नेलाई वास्तवमा कुनै पनि परिस्थितिले दास बनाउँदैन। मोक्तानले सर्जकहरूको अन्तिम लक्ष्य मानवमूल्य स्थापना नै हुने बताउँदै भने, अध्ययन गर्नेहरू विद्वान हुन सक्छन्‌ तर विद्वान हुनु नै पर्याप्त होइन। उसलाई म को हू भन्ने कुराको बोध छैन भने त्यो विद्वान केवल आफ्नो निम्ति मात्र हुन्‌। मोक्तानले साईसंसर्गले उकासेको चेतना तिनकै अन्तरमा रहेको आध्यात्मिकताको पराकाष्ठा रहेको बताइरहेका थिए। तिनले भने, सर्जकहरू वास्तवमा भगवान हुन्‌। कविहरू ईश्वर हुन्‌। उनीहरू भविष्यवक्ता हुन्‌। कुनै पनि साहित्यकार तब मात्र सफल बनेका छन्‌ जो आध्यात्मिक छन्‌। तिनको कुरालाई पुष्टि गर्न विवेककेशर पाण्डेले भनिरहेका थिए, कृष्णसिंह मोक्तानभित्र यस्तो आध्यात्म छाम्न सक्छौं जसले केवल दार्जीलिङ, कालेबुङमा मात्र होइन कोलकाताका अनेकौं जेलहरूमा भजन किर्तन गर्ने संस्कार शुरू गरे। जस्तै अपराधीहरूले पनि अहिले झेलहरू वा शंशोधनागारहरुमा भजन गाईरहेका हुन्छन्‌। आध्यात्मलाई जीवनमा रुपान्तरण गर्ने एक मात्र जिउँदो दृष्टान्त मोक्तान हुन्‌। यता मोक्ताले भनिरहेका थिए, वास्तवमा मान्छेको प्रवृति नै आध्यात्मिक छ। हामी धर्मशास्त्र, वाणी, उपदेश र आध्यात्मिक दर्शनहरूलाई जीवनमा रुपान्तरण गर्नको निम्ति आएको हौं। तिनले भने, यसैकारण भागवान बाबाले भने, म ईश्वर हुँ। तिमी पनि ईश्वर हौं। फरक यति छ कि मलाई म ईश्वर हुँ भन्ने कुरा थाहा छ। तिमीलाई छैन। श्री सत्य साई बाबाले मान्छेलाई सुकर्मको निम्ति नै अनुशासित गरेको बताउँदै तिनले भने, सामाजिक र मानसिक रुपान्तरणको निम्ति आध्यत्म मात्र एउटा भरपर्दो चाबी हो।


कालेबुङ कलेजमा आएको पैसा झट्ट प्रयोग गर्नुपर्छ – तारा सुन्दास


कालेबुङ ७ नोभेम्बर : डी के वाइबा-कालेबुङ कलेजमा विगत वर्ष २०१० मा पुस्तकालय निर्माणको निम्ति पश्चिम बंगाल सरकारबाट आएको ४५ लाख रुपिया आज सम्म प्रयोग नगरेकोमा गारजेन फोरमले प्रशन उठाएको छ। फोरमका सल्लाहाकार तथा माकपा नेता तारा सुन्दासले आज उक्त कुराको खुलासा गर्दै विद्यार्थीहरुको हितमा आएको पैसा कलेज कर्तृ पक्षले प्रयोग नगर्नु उचित नरहेको बताए। पुस्तकालय निर्माण भए विद्यार्थीहरुले थुप्रै सुबिधाहरु उठाउन सक्ने दाबी गर्दै यो विद्यार्थीहरुको निम्ति दुर्भाग्यको कुरा रहेको पनि तिनले जनाए। हाल पहाडको शैक्षिक स्तर दिन प्रति दिन घट्दै गएको कुरा प्रति पनि तिनले चिन्ता व्यक्त गरे। सुन्दासले कलेजमा आएको पैसा कसैको पेवा नरहेको ठोकुवा गर्दै कतिपय मानिसहरुको स्वार्थमा प्रयोग नगरेर राखिरहेको पनि आरोप लगाए। पहाडको शैक्षिक स्तर बडाउन सम्पूर्ण मानिसहरु सचेत हुन पर्ने आह्वान पनि तिनले गरे भने शिक्षको बिषयमा कसैले पनि राजनीति गर्नु नहुने पनि बताए। पुस्तकालय निर्माणको निम्ति आएको पैसा कलेज कर्तृ पक्षले कलेजको खातामा जमा गरिसकेको पनि तिनले पत्रकारहरुलाई बताए। सरकारले दिएको पैसा प्रयोग गर्नमा कलेज सञ्चालन समितिले किन ढिलाई गरिरहेको भन्ने प्रश्न गर्दै यसको निम्ति अबिलम्ब टेण्डर गरिनु पर्ने पनि सुनदासले माग गरे। कतिपय मानिसहरुले आफ्नो स्वार्थ हेरेर उक्त पैसा बिना टेण्डर प्रयोग गर्न खोजिरहेको पनि सुन्दासले आरोप लगाउँदै यदि सरकारले दिएको पैसा बिना टेण्डर प्रयोग गरे कलेज सञ्चालन समितिलाई मुद्दा ठोक्ने पनि तिनले चेतावनी दिए। आगामी केही दिनमा यता उच्च शिक्षा मन्त्री कालेबुङ आउने योजना रहेको बताउँदै शिक्षा मन्त्रीको आगामनमा कलेज पक्षले पुस्तकालयको आधारशिला राखेर उक्त सरकारी पैसाको दुरुप्रयोग गर्ने षडयन्त्र गरिरहेको पनि तिनले आरोप लगाए। यदि बिना टेण्डर आधर शिला राखेर निर्माण कारय शुरु गरे गारजेन फोरम कानुनी प्रक्रियामा जान बाध्य हुने पनि तिनले जनाए। यसै सन्दर्भमा तिनले बंगाल सरकारले पहाडको शिक्षा बिषयमा कोल्टे निति अप्नाएको पनि आरोप लगाए। तिनले हाल बंगाल सरकारले राज्य भरिको शिक्षा ब्यवस्थामा सुधार ल्याउन एउटा समिति बनाएको तर उक्त समितिले पनि पहाडको समस्याहरुबारे कार्य नगरेक पनि आरोप लगाए। उक्त समितिले केहि दिन अघि सिलगडीको बिद्यालय र महाबिद्यालयहरुमा आएर सम्पूरण समस्याहरुबारे जाकार्यनकारी लिएको बताउँदै यता पहाडका बिद्यालय र महाबिद्यालयहरुको भने जानकारी नलिएको पनि बताए। यस कार्यले पहाडको शिक्षा व्यवस्थाबारे बंगालको कोल्टे नीति स्पष्ट भएको पनि सुन्दासले जनाए।