Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Nov 2011

साहित्यकारहरू चोर हुन्‌-मोक्तान

मनोज वोगटी
कालेबुङ, 7 नोभेम्बर।
आफू सम्वर्धित बनेको कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णसिंह मोक्तानले भने, साहित्यकारहरू चोर हुन्‌, किन भने उनीहरू कसैको मनभित्र पस्छन्‌, खोतल्छन्‌ अनि मानव मूल्य स्थापनाको निम्ति पात्रहरूको निर्माण गर्छन्‌। मोक्तानले आफ्नो जीवनमा आइरहने प्रश्नहरूको साझा उत्तरको निम्ति यसो भनिरहेका थिए। 5 वर्ष प्रभुनान्दको आश्रममा बिताएर जीवन मुल्यको निर्माण गर्दै यहॉंसम्म आइरहेका मोक्तानले त्यसबेलाको कुरा झिकिरहेका थिए जतिबेला तिनी जेलर थिए। त्यसताक नक्सलाइटहरूको जगजगीमा तिनलाई जुन दायित्व प्रदान गरिएको थियो, त्यो पाटोलाई हेर्नेहरूले कसरी एक जना निष्ठुर, हत्यारा, अपराधीहरू र चोरहरूसित जुझ्ने पुलिस कोमल सिर्जनाहरूको सर्जक हुनसक्छन्‌? भन्ने प्रश्न गर्ने गरेको बताउँदै तिनले भने, म को हुँ भन्ने कुरा बुझ्नेलाई वास्तवमा कुनै पनि परिस्थितिले दास बनाउँदैन। मोक्तानले सर्जकहरूको अन्तिम लक्ष्य मानवमूल्य स्थापना नै हुने बताउँदै भने, अध्ययन गर्नेहरू विद्वान हुन सक्छन्‌ तर विद्वान हुनु नै पर्याप्त होइन। उसलाई म को हू भन्ने कुराको बोध छैन भने त्यो विद्वान केवल आफ्नो निम्ति मात्र हुन्‌। मोक्तानले साईसंसर्गले उकासेको चेतना तिनकै अन्तरमा रहेको आध्यात्मिकताको पराकाष्ठा रहेको बताइरहेका थिए। तिनले भने, सर्जकहरू वास्तवमा भगवान हुन्‌। कविहरू ईश्वर हुन्‌। उनीहरू भविष्यवक्ता हुन्‌। कुनै पनि साहित्यकार तब मात्र सफल बनेका छन्‌ जो आध्यात्मिक छन्‌। तिनको कुरालाई पुष्टि गर्न विवेककेशर पाण्डेले भनिरहेका थिए, कृष्णसिंह मोक्तानभित्र यस्तो आध्यात्म छाम्न सक्छौं जसले केवल दार्जीलिङ, कालेबुङमा मात्र होइन कोलकाताका अनेकौं जेलहरूमा भजन किर्तन गर्ने संस्कार शुरू गरे। जस्तै अपराधीहरूले पनि अहिले झेलहरू वा शंशोधनागारहरुमा भजन गाईरहेका हुन्छन्‌। आध्यात्मलाई जीवनमा रुपान्तरण गर्ने एक मात्र जिउँदो दृष्टान्त मोक्तान हुन्‌। यता मोक्ताले भनिरहेका थिए, वास्तवमा मान्छेको प्रवृति नै आध्यात्मिक छ। हामी धर्मशास्त्र, वाणी, उपदेश र आध्यात्मिक दर्शनहरूलाई जीवनमा रुपान्तरण गर्नको निम्ति आएको हौं। तिनले भने, यसैकारण भागवान बाबाले भने, म ईश्वर हुँ। तिमी पनि ईश्वर हौं। फरक यति छ कि मलाई म ईश्वर हुँ भन्ने कुरा थाहा छ। तिमीलाई छैन। श्री सत्य साई बाबाले मान्छेलाई सुकर्मको निम्ति नै अनुशासित गरेको बताउँदै तिनले भने, सामाजिक र मानसिक रुपान्तरणको निम्ति आध्यत्म मात्र एउटा भरपर्दो चाबी हो।


Related Posts:

  • साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कारकालेबुङ 14 मार्च:कालेबुङ कन्य उच्च पाठशालाकी पूर्व उप-प्राचार्य अनि साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कार आज सम्पन्न भयो नेपाली साहित्यको क्षेत्रमा एकजना महिला लेखिकाका रुपमा आफ्नो शसक्त उपस्थिति दर्ता गर्न स्फल सम्पूर्णा… Read More
  • Poll rules ready, GTA Act todayCalcutta, March 13: The state government today finalised the rules for elections to the Gorkhaland Territorial Administration, a day before the GTA Bill is enacted through notification. … Read More
  • Big Cardamom AuctionRANGPO- 13TH MARCH12 Neramac the unit of government of India is going to organise a sixth auction of big cardamom at Rangpo spices board hall tomorrow from 11am.senior zonal manager of neramac Mr. p c Roy talking to this corr… Read More
  • Majhitar samaj Kalaayn Samity AGMRANGPO-13TH MARCH12 A general body meeting of Majhitar samaj Kalaayn Samity was organized yesterday at Majhitar at the residence / premises of Purna Kumar Majhi, treasurer of the samity.This was presided over by President of … Read More
  • griculture and horticulture department distrabute GingerRaangpo14th marchGinger seeds distribution programme is on full swing in the different parts of east district by the agriculture and horticulture department from three days. Two days before only four thousand kg of ginger… Read More

0 comments: