कलेबुग 6 नोभेम्बर : डी के वाइबा- पार्टीको बिशेष सभामा भागलिन कालेबुंग आइपुगेका गोरखालीग अध्यक्ष भारती तामंगले आगमी दिसम्बर महिनामा हुने नगरपालीका चुनावमा पार्टीको रणनीति अहिलेनै घोषणा नगर्ने बताए। हाल दार्जीलिंग पहाडको राजनैतिक परिस्थिति बारे बिचार गरिरहेको बताउँदै अन्य घटक दलहरु संग पनि कुराकानी गरिरहेको पनि तिनले जानकारी दिए। नगरपालीका चुनावबारे अहिलेनै बोल्न हतारहुने बताउँदै आगामी 14 नोभेम्बरमा पार्टीको दार्जीलिंग हुने बैठक पछि मात्र घोषणा गर्ने पनि तिनले जनाए। यसै क्रममा तिनले एउटा प्रश्नको उत्तर दिदै गोजमुमोले थापेको जीटीएलाइ अभागोलीले पटक्क स्वीकार नगर्ने पनि स्पष्ट पारे। अभागोलीले पहिले देखिनै बंगालबाट छुट्न चाहेको बताउँदै जीटीए संवैधानिक ग्यारेण्टी नभएको कारण पनि स्वीकार नगर्ने तामंगले बताए। हालै भएको गोजमुमो अनि आबिपको मिलन बिषयमा पनि केहि टिप्पणी गरिहाल्न ह्तार हुने जनाउँदै यसबारेमा पछिबाट नै बोल्ने पनि तिनले बताए। यसैक्रममा तिनले मदन तामंग हत्या काण्डको जाँच ढिलो भैरहेको भएता पनि एक दिन न्याय पाउने कुरामा आशावादी भएको बताए। मदन तामंग हत्याकाण्डको जाँच कार्यमा ढिलो हुनुमा पहाडको राजनैतिक परिस्थिति ठिक नभएकोले हो भन्दै त्यही हत्याकाण्डको फाइदा उठाएर नै बंगाल सरकारले मोर्चासंग सौदा गरिरहेको पनि तिनले आरोप लगाए। यसै सिलसिलामा पार्टीका उपाध्यक्ष लक्षमण प्रधानले पनि सीबिआइले न्याय दिने कुरामा आफुहरु विश्वस्त रहेको बताए। प्रधानले दार्जीलिंग पहाडमा गोर्खाल्याण्ड ल्याउँछु भन्ने नेताहरुले जनतालाइ एउटा कुरा र सरकारलाइ अर्को कुरा गरेको कारण पनि छुट्टै राज्य हुन नसकेको बताए। बिगत दिनहरुमा छुट्टै राज्यको निम्ति अभागोलीले दलीय एकता जुटाउने प्रयास गरेता पनि यसमा कतिपय आफ्नै पार्टीको कम्जोरीहरु भाएको कारण एकजुट हुन नसकेको स्वीकार गरे। तिनले हाल भारतीय गोर्खा परिसंघले छुट्टै राज्य निर्माणको निम्ति गरिरहेको दलिय एकता जुटाउँने कर्य स्वागत योग्य रहेको अनि यसमा पार्टीको पुर्ण समर्थन रहेको पनि स्पष्ट पारे
6 Nov 2011
Home »
» नगरपालीका चुनावबारे 14 नोभेम्बरमा गोर्खालीगले घोषणा गर्ने
नगरपालीका चुनावबारे 14 नोभेम्बरमा गोर्खालीगले घोषणा गर्ने
9:11 pm
No comments
Related Posts:
Traffic bar & clean-up for 100-yr-old bridgeDarjeeling, March 7: Traffic on Victoria Bridge will be stopped for 12 hours on Sunday to celebrate the structure’s 100th year and highlight its deplorable condition.The 110-feet-long bridge, also known as Chayang-Chanyanga P… Read More
युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ6 मार्च (कालेबुङ):-गोर्खा जनमुक्ति युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ। युवा मोर्चाले आइतबार मिरिकमा सम्बन्धित पक… Read More
दार्जीलिङ जिल्ला अस्पताल अनि कालेबुङ महकुमा अस्पताललाई सुपर स्पेशिलिटी अस्पतालको रुपमा बढोत्तरी गर्ने7 मार्च (कालेबुङ):- पश्चिम बंगालको तृणमूल सरकारले दार्जीलिङ पहाडको कायाकल्प परिवर्तन गर्ने आफ्नो बचनलाई व्यवहारमा परिणत गर्ने दिशामा पहल शुरु गरेको छ। दार्जीलिङ पहाडमा विकासको कार्यलाई गति दिँदै राज्य सरकारले दार्जीलिङ जिल्ला… Read More
Scarcity of drinking water in SchoolRANGPO-6TH MARCH12More than 600 students of Rangpo mining secondary school are facing huge problems due to scarcity of drinking water. According to the news from fifteen days scarcity of drinking water is shown in school a… Read More
minister Mrs. tilu gurung condemned news article of SDF stage fire incidentRaangpo 7th marchRateypani Namthang mla cum building and housing minister Mrs. tilu gurung along with the youth and cheli morcha members has condemned the news article regarding thirty six persons injury in the 4th march sdf … Read More
0 comments:
Post a Comment