7नोभेम्बर(कालेबुङ):- टिस्टा नदीमा निर्माण भइरहेका जलविद्युत परियोजनाहरुको सञ्चालन शुरु भए यसले रिभर राफ्टिङको पेशामा संलग्न मानिसहरुको भविष्यमा प्रभाव पर्ने कुराले राफ्टिङ पेशेवरहरुलाई चिन्तामा पारेको छ। जलविद्युत परियोजना अस्तित्वमा आएपछि नदीको जलस्तर घटेर रिभर राफ्टिङको अस्तित्व नै संकटमा पर्ने यस पेशासँग सम्बद्ध मानिसहरुको भनाई छ। हाल टिस्टा नदीमा रिभर राफ्टिङलाई रोजगारको साधन बनाएर टिस्टा बजारका कैयौं युवाहरुको गुजारा चलिरहेको छ। प्रत्यक्ष अनि परोक्ष रुपले यस पेशामाथि क्षेत्रका दुइ सय परिवारहरु निर्भर रहेको उनीहरुको भनाई छ। रिभर राफ्टिङले पहाडको पर्यटन उद्योगमा समेत टूलो योगदान पुर्याउँदै आइरहेको छ। टिस्टा बजारका युवाहरुले बिगत 1996देखि यसलाई सञ्चालन गर्दै आइरहेका छन। अनुकूल मौसममा सञ्चालमा गरिने यस सहासिक खेलप्रति देशी अनि बिदेशी पर्यटकहरु आकर्षित हुने गर्दछन। सबै वर्ग र उमेरका मानिसहरुले यस खेलको आनन्द लिने गरेका छन। तर अहिले टिस्टा नदीमा निर्माण भइरहेका परियोजनाहरुको निर्माण कार्य पूरा हुन लागेपछि यहाँका युवावर्ग चिन्तित देखिएका छन। यहाँका युवावर्गले एनएचपीसीका अधिकारीहरुसँग भेटेर रिभर राफ्टिङ बन्द भएको अवस्थामा परियोजना कम्पनीले वैकल्पिक रोजगारको प्रबन्ध गरि दिन निवेदन पनि गरेका छ्न। तर परियोजनाका अधिकारीहरु समय समयमा स्थानांतर हुने गरेकाले उनीहरुद्वारा दिइएका आश्वासनमाथि पनि भर पर्न नसकेको उनीहरुको भनाई छ। यस पेशामा संलग्न एक युवकले यस पेशामा जडित युवकहरुलाई उनीहरुको योग्यताअनुसार रोजगार उपलब्ध गरिनु पर्ने माग गरेका छन।
7 Nov 2011
Home »
» टिस्टा नदीमा निर्माण भइरहेका जलविद्युत परियोजनाहरुको सञ्चालन शुरु भए यसले रिभर राफ्टिङको पेशामा संलग्न मानिसहरुको भविष्यमा प्रभाव पर्ने
टिस्टा नदीमा निर्माण भइरहेका जलविद्युत परियोजनाहरुको सञ्चालन शुरु भए यसले रिभर राफ्टिङको पेशामा संलग्न मानिसहरुको भविष्यमा प्रभाव पर्ने
5:08 pm
No comments
Related Posts:
AIGL leader Khati condemns GJM for failing in every aspect PRADIP LOHAGUN KALIMPONG 28 Oct 2013 All India Gorkha League general secretary Pratap Khati today accused the Gorkha Janmukti Morcha leadership of failing in every aspect of its statehood agitation. Acco… Read More
Kalimpong court gives bail to school principal PRADIP LOHAGUN KALIMPONG 28 Oct 2013 The Kalimpong SJM court today granted bail to Prakash Pradhan, the principal of a renowned school here in Kalimpong, who had been accused of offering refuge to some me… Read More
शहरमा गोराक-को पोष्टर, एकिकरणको मुद्दा कालेबुङ 27 अक्टोबर सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा अघि ल्याउँदै आज गोर्खा राष्ट्रीय कंग्रेसले(गोराक) कालेबुङ शहरको विभिन्न स्थानहरुमा व्यापक पोष्टरीङहरु गरेको छ। शहरमा आज देखा परेको उक्त दलको पोष्टरहरुमा पार्टीले बंगालले … Read More
Gurung adheres to CM’s no-strike line Statehood demand ‘when needed’ Darjeeling, Oct. 27: Bimal Gurung today said he would continue to raise the demand for a separate state “as and when needed” but there would be no strikes. “I will continue to raise the Gorkhaland demand as and when nee… Read More
GNLF loses office in Darjeeling Darjeeling, Oct. 28: The Gorkha National Liberation Front (GNLF), which had on Saturday opened its first office in Darjeeling after five years, lost the address today after the lease holder of the building removed the pa… Read More
0 comments:
Post a Comment