Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Nov 2011

अत्याधुनिक मोटरस्ट्याण्ड निर्माणले पार्‍यो संत्रास

मनोज वोगटी
कालेबुङ, 9 नोभेम्बर।
कालेबुङको निम्ति गोर्खा जनमुक्ति मोर्चाले एउटा ठूलो योजना तयार पारेको छ तर त्यसलाई कार्यान्वयनमा ल्याउनु हो भने लगभग 37 परिवारलाई हटाइनुपर्छ। नहटाइए योजना शुरू हुन सक्दैन अनि योजना शुरू नभए मोर्चाको योजना काम लाग्दैन।
 त्यो योजना हो मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्ड। नोभेल्टी छेउको मॉं सन्तोषी टोल, जहॉं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालका नगराध्यक्ष सीके कुमाइले शुरू गरेको थियो मोटर स्ट्याण्ड। स्ट्याण्ट त पूर्ण हुन पाएन तर मोठ तीन परिवार भने त्यही स्ट्याण्डको कारणले त्यसबेला नै उच्छेद हुनुपर्‍यो। कुमाइको पालामा बनिएको कम्प्लेक्स आधा कल्चो छ अनि त्यसै ठाउँलाई देखाएर गोर्खा जनमुक्ति मोर्चाले पनि तयार पारेको छ मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्डको योजना। गोरामुमोको पालामा बनिएको आधाकल्चो स्ट्याण्ड र कम्प्लेक्सलाई भत्काएर गोर्खा जनमुक्ति मोर्चाले नयॉं कम्प्लेक्स र स्ट्याण्ड बनाउने हो कि त्यसैमाथि थपथाप गर्ने हो खुलिएको छैन। किन भने मोर्चाले तयार पारेको योजनाको ब्लुप्रिन्टलाई अहिलेसम्म नै गोप्य राखिएको छ। मोर्चा र कालेबुङ महकुमा प्रशासन अहिले त्यस क्षेत्रमा रहेका 37 परिवारलाई घर हटाउने सम्बन्धमा सहमति बनाउने चक्करमा छ। यसबारेमा अहिले बैठकको बैठक चलिरहेको छ अनि सहमतिको सम्भावना भने टाडा टाडा बन्दै गइरहेको छ।
 सहमति भएन भने मोर्चाले देखेको सपना पुरा हुने छैन अनि सहमति भयो भने 37 परिवारको भविष्य र सुरक्षामा पार्टी र प्रशासनको बचनबद्धता कतिसम्म न्यासंगत हुने हो केही निश्चित छैन। सहमति हुनु नहुनु पछिको कुरा हो तर अहिले जुन मल्टिकम्प्लेक्स र उच्चस्तरीय स्ट्याण्ड बनाउने कुरा चलिरहेको छ, त्यस क्षेत्रका सचेतहरू अनुसार यो खपाउ योजना होइन। किन भने कालेबुङमा बढिरहेको वाहनहरूको जनसंख्यालाई याद गर्नु हो भने सानो ठाउँमा सॉंघुरोरुपले बनाइएको मोटर स्ट्याण्ड र कम्प्लेक्स पर्याप्त हुने छैन।
 अहिलेको जुन संख्या वाहनहरूको देखिएको छ, ती वाहनहरूलाई व्यवस्थित गर्न पनि स्ट्याण्डको ठाउँ पर्याप्त हुने छैन। यसो हो भने यो योजना भविष्यको निम्ति कसरी भयो त? प्रश्न क्षेत्रवासीसित यस्तो रहेको छ। उनीहरू अनुसार कुनै ठूलो क्षेत्रमा यो योजनालाई कार्यान्वयनमा ल्याइनुपर्छ ता कि त्यो योजना भविष्यको निम्ति उपयोगी होस्‌। जे होस्‌, क्षेत्रवासीसित आएको सहमतिले नै मोर्चाको योजनाको भविष्य पनि तोक्ने देखिएको छ। अहिलेसम्म सहमति हुन नसक्नुमा क्षेत्रवासीको सुरक्षा र उनीहरूलाई प्रदान गरिनुपर्ने सहुलियतहरूबारे  आइरहेको नितान्तै अस्पष्ट कुरा पनि मान्न सकिन्छ।
 क्षेत्रवासीलाई लाग्न पर्‍यो कि जुन सहमति र सम्झौता हुन्छ त्यो अक्षरस्‌ पालन गरिनुपर्छ। यता यसै मामिलामा त्यसै क्षेत्रबाट उच्छेद भएका चार परिवारलाई हेर्दा भने क्षेत्रवासीले प्रशासन र पार्टीलाई ढुक्कले विस्वास गरिहाल्न सक्दैनन्‌। कारण के परेको छ भने गोरामुमोकालमा तीन अनि गोजमुमोकालमा एक परिवार यस क्षेत्रबाट पार्टी र प्रशासनको आश्वासनहरूको कारण नै उच्छेद भइसकेको छ। उनीहरूलाई दिइएको कुनै पनि आश्वासनलाई न त गोरामुमोले न त गोजमुमोले नै पुरा गरेको छ, प्रशासनको त कुरै छैन। बरू प्रशासनले गोरामुमोकालमा बनिएको कम्प्लेक्स एउटा कोठा आठ लाखमा बिक्रि गरेको अपुष्ट समाचार पाइएको छ। 2006 मा गोरामुमोका नगराध्यक्ष सीके कुमाइले पनि यसै ठाउँमा स्ट्याण्ड र कमप्लेक्स बनाउने योजना बनाए।
 तर योजना शुरू गर्न अघि त्यस क्षेत्रमा रहेका केही परिवारको घर बाधा बन्यो। फलस्वरुप उनीहरुलाई अन्यत्र सार्ने अथवा बनिएको कम्प्लेक्समा कोठा दिने आश्वासनमा  कमला प्रधान, जीवन राम अनि पूर्णिमा राईको घर भत्काइयो। 6 वर्ष बित्यो त्यो आश्वासनलाई न त पार्टीले पुरा गर्‍यो न त प्रशासनले। अहिले ती नै परिवार नगरपालिका प्रशासनद्वारा उच्छेदित भएर अन्यत्र आफ्नै बन्दोबस्तमा बसोबासो गरिरहेका छन्‌। क्षेत्रवासीले पार्टी र प्रशासन मिलेर तीन परिवारमाथि भएको अन्याय राम्ररी भुल्न पनि पाएका थिएनन्‌ गोर्खा जनमुक्ति मोर्चा र नगरप्रशासनले स्ट्याण्डको मुखैमा रहेको एसयुएमआईका पूर्व शिक्षक रामाशङ्‌कर प्रसादको घर नै भत्काइदियो।
 कारण थियो जङ्गबीर सापकोटाका सालिग निर्माण। एउटा परिवारलाई उच्छेद गरेर अहिले जङ्गबीर सापकोटाको सालिग त्यहॉं उभिएको छ। रामाशङ्‌करलाई सापकोटाको सालिग उद्घाटनको दिनसम्म पनि घर भत्काइएको घरको साटो कही व्यवस्था मिलाइने आश्वासन दिइएको थियो। रामाशङ्‌करले पार्टी र प्रशासनले दिएको त्यो आश्वासन पुरा भएको हेर्न पनि पाएनन्‌। तिनी बिते। तिनको छोरा निरज प्रसादको दाबी उसार पार्टी र प्रशासनको अन्यायले उपार्जन गरेको मानसिक प्रताडनाको कारण नै तीनको पिताको मृत्यु भएको हो।
 अहिले निरज प्रसाद पनि आफ्नै व्यवस्थामा अन्यत्र नै बसोबासो गरिरहेका छन्‌। यी चार परिवारसित बितेको अन्यायपरक घटना भुल्न नसकेका मॉं सन्तोषी टोलका 37 परिवार मध्ये चार परिवारलाई घर हटाउने नोटिश पीडब्ल्यु विभागबाट आयो। जुन विभागबाट नोटिश आयो त्यो विभागलाई नै थाहा छैन कि जमीन कसको हो। जमीन  न त नगरपालिकाको हो न त पीडब्ल्युडीको। जमीन हो बन विभागको। गोरामुमो कालमा होम्स नजिक लिचिग्राउण्डमा वन विभागलाई त्यसको साटो जमीन दिएर त्यहॉं स्ट्याण्ड वा कम्प्लेक्स बनाइने कार्य गरिएको थियो। पुस्तौंदेखि त्यस क्षेत्रका मानिसहरूले एकै खाले परिस्थितिको सामना गर्न परिरहेको छ त्यो हो उच्छेदन। जुनै पार्टी आए पनि आखिर उनीहरूलाई नै उच्छेदनको दवाब आउँछ। अहिले मोर्चालाई बारम्बार क्षेत्रवासीले टार्ने कार्य गरिरहेको छ अनि उनीहरू कनै पनि निर्णय दिन नसक्ने परिस्थितिमा देखापरेको छ। अघिल्लो बैठक अनुसार आज क्षेत्रवासीले लिखितरुपले मोर्चालाई क्षेत्रवासीको निर्णय दिने भएको छ। निर्णय के हुने हो कसैलाई थाहा छैन। त्यसै क्षेत्रमा दोहोरिएको उच्छेदनको घटना अनि आश्वासनपछि ती परिवारहरूलाई पाएको यातना र दुःख अब 37 परिवारमा पनि दोहोरिने हो होइन, क्षेत्रवासीले दिने निर्णयमा नै भरपर्ने देखिएको छ। तर मोर्चा र प्रशासनको योजनाले त्यस क्षेत्रमा  संत्रासको परिस्थिति भने निर्माण गरेको नै छ।


Related Posts:

  • Forcible entry charge sparks ally warGautam Deb, Shankar MalakarSiliguri, April 18: Darjeeling district president Shankar Malakar today accused Trinamul of using force to make its presence felt in the district’s rural belt ahead of next year’s panchayat polls, a… Read More
  • Camera tabs on SiliguriTraffic moves through Airview More in Siliguri on Wednesday. This is one of the 19 locations where cameras will be installed. Picture by Kundan YolmoSiliguri, April 18: Security surveillance cameras will be installed at 19 lo… Read More
  • Strike in Dooars on April 22 to thwart meetSiliguri/Jalpaiguri, April 19: The Akhil Bharatiya Adivasi Vikas Parishad and a host of other outfits have called a 12-hour strike in the Dooars on April 22 to thwart a meeting in Nagrakata on that day by a forum of organisat… Read More
  • रिङटाङ चियाकमान 23 अप्रेल देखि पुन खोलिने19 अप्रेल(कालेबुङ):- कलकत्ता उच्च न्यायालयको आदेश पछि दार्जीलिङ जिल्ला प्रशासनले बन्द रिङटाङ चिया कमानका मालिकलाई श्रमिकहरुको बकाया राशि भुक्तान गर्न अनि आगामी सोमबारदेखि कमान पुन खोलाउने निर्देश दिएको छ। बन्द चियाकमानको समस्… Read More
  • Order to open RingtangVIVEK CHHETRIDarjeeling, April 18: The Darjeeling district magistrate has directed the owner of Ringtang tea garden, shut for 16 years, to reopen it on Monday and clear all workers’ dues within a month.Trade unions claimed th… Read More

0 comments: