11 नोभेम्बर(कालेबुङ) प्रदीप लोहागुण:- धेरै टाउको दुखाई पछि गोजमुमोले आज पहाडका चारैवटा नगरपालिकाहरुमा आफ्नो प्रार्थी चयन गर्ने कार्य पूरा गरेको छ। मोर्चाले दार्जीलिङ,खरसाङ र मिरिक नगरपालिका चुनाउको निम्ति आफ्ना उम्मेद्वारहरुको नाम सार्वजनिक गरिसकेको छ भने आज कालेबुङमा पनि प्रार्थी चयन गर्ने प्रक्रिया पूरा भएको छ। मोर्चा प्रमुख बिमल गुरुङ आफै कालेबुङ आएर प्रार्थीहरुलाई टिकट बितरण गर्ने कार्य गरेका थिए। गुरुङले कालेबुङ नगरपालिका चुनाउको निम्ति दलको प्रार्थी चयन गर्ने जिम्मा पार्टीको कालेबुङ महकुमा समिति र चुनाउ समितिलाई दिएको भए पनि दलभित्र टिकटको दावेदारीलाई लिएर हानाहान र तानातानको स्थिति उत्पन्न भएपछि गुरुङ आफै कालेबुङ आएर घटनालाई साम्य बनाउनु परेको हो।उनले यहाँको टाउन हलमा 23वटै वार्डका जनतासँग चरणबद्ध रुपले बैठक गरी प्रार्थी चयन गर्ने कार्य गरे। उनीसँग पार्टी महासचिव रोशन गिरी, विधायक डा हर्कबहादुर छेत्री, केन्द्रीय सह सचिव बिनय तामाङ आदिको पनि उपस्थिति थियो। कालेबुङ नगरपालिकाको कूल 23 वटा वार्डहरुमध्ये दस वटा वार्डमा दलबाट अन्य दावेदारहरु नभएको कारण प्रार्थी चयन गर्ने प्रक्रिया सहज भएको थियो तर रहल 13 वटा वार्डमा टिकटको दावेदारी गर्नेहरुको संख्या धेर भएको कारण यी वार्डहरुमा उम्मेद्वार छनौट गर्न गुरुङलाई निकै चर्को परेको थियो। गुरुङले आग्रह गर्दा पनि दावेदारहरुले आफ्नो नाम फिर्ता लिन नमानेपछि लटरीको प्रक्रियाबाट पनि उम्मेद्वार चयन गर्नु परेको थियो। सधैं कालेबुङका पार्टी कार्यकर्ता र समर्थकहरुप्रति आक्रामक देखिने गुरुङ आज निकै लचिलो देखिए। उनले पार्टीको टिकट पाएर निर्वाचित हुने प्रार्थीहरुलाई मनमानी गर्ने, जनताको हितबिरुद्ध कार्य गर्ने अनि आर्थिक अनियमितताका कार्यहरुबाट टाडा बस्ने निर्देश पनि दिएका छन। मोर्चाले पहाडका चारैवटा नगरपालिकाहरुमा महिलाहरुलाई प्राथमिकता दिएको छ भने सबै जात र समुदायलाई सन्तुष्ट पार्ने प्रयास पनि गरेको छ। दार्जीलिङ,खरसाङ र मिरिकका मोर्चा प्रार्थीहरुले आजदेखि नामांकन दर्ता गर्न शुरु गरेका छ्न भने कालेबुङका प्रार्थीहरुले भोलिदेखि नामांकन भर्न शुरु गर्नेछन। कालेबुङमा यसपालि धेरैजसो नयाँ अनुहारहरुलाई मौका दिइएको छ। कालेबुङ नगरपालिका चुनाउमा यसपालि पूर्व आईएएस अधिकारी ललित परियारलाई हेभिवेट उम्मेद्वारको रुपमा देखिएको छ। उनलाई यसपालिको नगरपालिका अध्यक्षको रुपमा पनि मोर्चा प्रमुख बिमल गुरुङले अनुमोदन गरिसकेका छन।
11 Nov 2011
Home »
» धेरै टाउको दुखाई पछि गोजमुमोले आज पहाडका चारैवटा नगरपालिकाहरुमा आफ्नो प्रार्थी चयन गर्ने कार्य पूरा गरेको छ।
धेरै टाउको दुखाई पछि गोजमुमोले आज पहाडका चारैवटा नगरपालिकाहरुमा आफ्नो प्रार्थी चयन गर्ने कार्य पूरा गरेको छ।
7:50 pm
No comments
Related Posts:
Gorkha Janmukti Morcha(GJMM) supporters join Congress JALPAIGURI: Unhappy with the Gorkha Janmukti Morcha (GJM), at least 30 hardliners of the party from the Dooars in Jalpaiguri joined the Congress on Monday. Most of them from Chamurchi on the Indo-Bhutan border, The Nepali sp… Read More
Hill outfit to file bandh PILDarjeeling, Feb. 18: An anti-Gorkha Janmukti Morcha outfit has said it will file a PIL against the latest round of strikes and bandhs declared by Bimal Gurung that would “only serve to harass the common public”. If the gener… Read More
Gurung tries to soothe plains - Morcha leadership assures Dooars members of support as more leave partyFeb. 25: Bimal Gurung today assured Gorkha Janmukti Morcha leaders from the Terai and Dooars that he would always stand by them, the message coming when disgruntled plains cadres have joined Trinamul and the Congress. The Mo… Read More
Morcha ire over delay in pardon - 382 cases await withdrawal Darjeeling, Feb. 27: The Gorkha Janmukti Morcha is peeved over the state government’s delay in withdrawing 382 cases filed against party activists during the four-year statehood agitation and the issue could become another fl… Read More
Sikkim krantikaari morcha west Pandam constituency level meetingSANJAY AGARWAL –RANGPO-26TH FEBRURI 13 Sikkim krantikaari morcha west Pandam constituency level meeting was held at Rangpo under the president ship of Mr. gopal Dahal central Pandam .the main aims and objective of the meeting… Read More
0 comments:
Post a Comment