कालेबुङ ६ नोभेम्बर: डी के वाइबा- आगामी दिसम्बरमा हुने नगारपालीका चुनावलाई ध्यानमा राखेर गोजमुमोले चुनावी कसरत सुरू गरेको छ। मोर्चाले चुनावी कसरत सुरु गर्नुको साथै यसपल्ट कालेबुङ नगरपालीकाको सबै वार्डहरुमा नयाँ अनुहारहरुलाई वार्ड पार्षदको रुपमा बिजयी बनाउँने योजना बनाएको छ। बिगतमा बिजयी बनेका वार्ड पार्षदहरु यसपाली मोर्चाको सुचीमा नपरेको मोटामोटी स्पष्ट भएको छ। मोर्चा प्रमुख बिमल गुरुङले अगावै कुनै पनि चुनावमा नेताहरु उठ्ने छैन भनेर घोषणा गरेका थिए। सोहि बचन अनुरुप यस्पल्ट नगरपालीका चुनावमा बिगतमा बिभिन्न वार्डहरुबाट बिजयी बनेका अनि नगरपालीकाको बागडोर सम्हालेका मोर्चा नेताहरुको अनुहार हराउँने स्पष्ट बनेको छ। मोर्चाले नगरपालीका चुनावको निम्ति उम्मेद्वारहरु चयन गर्नको निम्ति एउटा चयन समिति समेत बनाएको छ। उक्त चयन समितिको अध्यक्ष कालेबुङको निम्ति डा आर बी भुजेललाई चयन गरिएको छ। आगामी दिसम्बरमा हुने नगरपालीका चुनावमा मोर्चाले आफ्नो बर्चस्व कायम राख्न उक्त चयन समितिले भोलि देखि आफ्नो कार्य शुरु गर्ने समितिका अध्यक्ष भुजेलले आज पत्रकारहरुलाई जनाए। बिभिन्न वार्डहरुमा उम्मेद्वारहरु छान्न मोर्चाले मोठ ४ वटा चयन समिति बनाएको छ। उक्त चयन समितिले ल्याएको रिपोर्ट हेरेर चयन समितिका अध्यक्ष भुजेलले उम्मेद्वारहरुको सूची मोर्चा प्रमुख बिमल गरुङलाई सुम्पने भएको छ। उक्त कुराहरुको जानकारी दिंदै डा आर बी भुजेलले नगरपालीकामा अनेकौं समस्याहरु रहेको अनि अब बनिने बोर्डले ति समस्याहरु समाधान गर्न निकै चुनौति समेत भएको कारण सक्षम उम्मेद्वार चुन्नको निम्ति यो पहल गरिएको बताए। उक्त चयन समितिले पार्टीको क्याडर मात्र नहेरेर योग्य मानिस चुन्नको निम्ति पनि यसो गरिएको तिनले जनाए। अर्कोतिर गोजमुमो कालेबुङ महकुमा सचिव शुभ प्रधानले उक्त चयन समितिले आफु खुशि कुनै पनि उम्मेद्वार नचुनेर बिभिन्न वार्डहरुमा सभा बसि सम्पूर्ण मानिसहरुको सहमति समेत लिने बताए। बिगतका दिनहरुमा कुनै पनि राजनैतिक पार्टीहरूले मानिसहरुको सहमति नलिई पार्टीको टिकट दिएको बताउँदै मोर्चाले भने आफु खुशी नगरेर जनताको भावानालाई कदर गर्ने बताए। नगरमा दिनोदिन बडीरहेको समस्यहरुलाई अब बनिने बोर्डले निर्मुल पार्नुको साथै सम्पूर्ण मानिसहरुको निम्ति नै उदाहरणीय कार्य गर्न सकोस भन्ने पनि मोर्चाको चाहना रहेको प्रधानले बताए। उम्मेद्वार चयन कार्य नितान्त जटिल भएको कारण पनि मोर्चाले प्रत्येक वार्डवासीको सहमतिमा उम्मेद्वार छान्ने पनि तिनले जनाए। सोहि बिषयमा मोर्चाका कालेबुङ महकुमा समितिका प्रचार प्रसार सचिव कुमार चामलीङले उक्त चयन समितिले भोलि देखिनै चयन कार्य थाल्ने पनि बताए। तिनले भोलि २२ नम्बर वार्डबाट उम्मेद्वार चयन प्रक्रिया शुरु गर्ने जानकारी दिंदै भोलिनै वार्ड नम्बर १,२,६,७,८,११,१२ अनि २१ मा उम्मेद्वार चयनको निम्ति सभाहरु गर्ने पनि बताए। यसका साथै ९ नोभेम्बरमा वार्ड नम्बर ३,४,१५,१६,१७,अनि १८ साथै १० नोभेम्बरमा ५,९,१०,१९,२०,अनि २३ नम्बर वार्डहरुमा कार्यक्रम गर्ने पनि जानकारी दिए।
6 Nov 2011
Home »
» नगरपालीका चुनावको निम्ति गोजमुमोले शुरु ग-यो चुनावी कसरत
नगरपालीका चुनावको निम्ति गोजमुमोले शुरु ग-यो चुनावी कसरत
9:24 pm
No comments
Related Posts:
अस्थायी व्यवस्थाको चुनाउमा भाग नलिने गोरानिमोगोरानिमोले जीटीए सभाको चुनाउमा भग नलिने निर्णय लिएको छ। यस दलले पार्टी महा सचिवको पदमा जोन पौड्येललाई नियुक्ति गरेको छ।आज सम्पन्न भएको पार्टीको केन्द्रीय समितिको सभाले आगमी 29 जुलाईमा सम्पन्न हुने जीटीए सभाको चुनाउमा अंशग्रह्… Read More
GTA list of 32 but no GurungVIVEK CHHETRI … Read More
वर्षामा पनि पिउने पानीको समस्यावर्षायामको समयमा पनि शहरमा पिउने पानीको समस्या उत्पन्न भएको बिषय लिएर माकपा नेता तारा सुन्दासले विभाग प्रति विभिन्न प्रकारको आरोपहरु लगाएका छन। दिर्घ दिनदेखि शहरमा पिउने पानिको समस्या उत्पन्न हुनुमा माकपा नेता तारा सुन्दासले… Read More
landslide in NH 31 AMUKESH SHARMAKALIMPONGJULY 5THTHE OVERNIGHT AND MORNING RAIN RESULTED IN FIRST MAJOR LANDSLIDE IN N.H 31 (A) AT 31 MILE BIRIK DARA WHICH BROUGHT HIGHWAY TO A TOTAL HALT OF 8 AND A HALF HOUR. THE ROAD CONNECTION FOR KALIMPO… Read More
Sikkim slide halts trafficRAJEEV RAVIDAS A bulldozer clears debris at Birickdara in Kalimpong … Read More
0 comments:
Post a Comment