Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

4 Jan 2015

असाह्य नानीहरूका बाबु हुन् "कुनाल"

छेवाङ योञ्जन 
पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन इन्फिल्ड बाइक किन्ने सपना सजाएका थिए । साधरण परिवारका छोरा कुनालको जिम अनि साउण्ड सिस्टमको आफ्नै व्यवसाय छ।
यसै व्यवसायबाट निक्लेको  मुनाफाले तिनले 2013 मा इन्फिल्ड बाइक किन्ने योजना बनाएका थिए। डुवर्सको ओदलाबारीमा सेकेन्डहेण्ड इनफिल्ड छ भन्ने तिनले सुइको पनि पाएका थिए। सुइको पाउनसाथ ओदलाबारी पुगेका कुनालले इनफिल्ड होइन आफूसँग स-साना केटाकेटीहरू साथमा लिएर आएका थिए। हाल 24 वर्षीय कुनाल 11 जना आर्थिकरूपले विपन्न परिवारका नानीहरूका बाबु बनेका छन्। सुख-सुविधा अनि हाइ-फाइ जीवन रूचाउने अधुनिक युवाहरूका निम्ति कुनाल आँखाको छारो हुन ।
" म जुन दिन बाइक किन्न ओदलाबारी पुगे। बाइकको दाम फिक्स गरी पर्किने बाले केही नानीहरू खेलीरहेको भेटाए"  कुनाल भन्छन् "मलाइ अचम्भ लाग्यो। अनि सोधे तिनीहरूको पढाइबारे" । आखिरमा नानीहरूको प्रश्नले कुनाललाई भावुक बनायो अनि तिनले नानीहरूलाई उचित शिशा प्रदान गर्ने सोच बनाए। तिनको साथमा रहेका नानीहरू मध्ये कतिका आमा-बाबा छैनन्। कतिका अविभावक छन् तर, नशालुपर्दार्थ सेवन गर्नाले नानीहरूलाई शिक्षा प्रदान गर्नेबारे सोच्दैनन्। कतिपय नानीहरू घरेलु काम-काजमा सङ्गल्गन पनि थिए। नानीहरूले कुनाललाई यस्तै प्रकारको उत्तदिएका थिए। यसैले  आज कुनालको साथमा ति नानीहरूले शिक्षा आर्जन गरिरहेका छन्। कुनालले नानाहरूलाई  शिक्षा-दिक्षा सितै गाँस-बासको व्यवस्था मिलाउने ठानेपछि उनले डुवर्स भेकबाट 11 जना नानीहरू लिएर कालेबुङ आएका हुन्। ति नानाहरूलाई कालेबुङको इस्टमेनरोडमा अस्थित आफ्ना घरमा राखेर तिनले एक वर्षदेखि पढाइरहेका छन्। आफ्ना घरका परिवरका सदस्यलाई मात्र शिक्षा दिनु भरण-पोषण गर्नु एउटा सामान्य परिवारका निम्ति निक्कै ठूलो चुनौति हुन्छ। तर कुनालले आफू सामान्य परिवारमै रहेर पनि परिवारका सदस्याहरूसाथै यी नानीहरूलाई शिक्षित बनाउने संकल्प गरेका छन्। तिनी भन्छन् - नानीहरूलाई उचित शिक्षा दिनु भन्दा धेर महत्तवको थिएन,  मेरो बाइकमा हिड्ने सपना। म जसरी पनि यी नानीहरूलाई उचित शिक्षा प्रदान गर्नेछु।"  कुनालको कुनै सरकारी नोकरी छैन।  नत तिनी सम्पन्न परिवारका छोरा नै हुन्। एउटा साधारण परिवारका कलेज पढिरहेका विद्यार्थी हुन् कुनाल। तिनले जीम सञ्चालन गर्नछन् अनि साउन्ड सिस्टमको माध्मयबाट आर्थिक आय आर्जन गर्छन्। यसैबाट थाह हुन्छ ति नानीहरूलाई शिक्षासाथै बास-गाँस अनि कपाँसको व्यवस्था मिलाउनु कुनाललाई कतिको चुनौती पूर्णछ।  तरै पनि तिनले परिवारका अन्य सदस्यहरूको सह्योगमा नानीहरूलाई यहाँका विभिन्न अङ्ग्रेजी माध्यमको विद्यालयहरूमा पढाइरहेका छन्। "जतिसक्दो नानीहरूलाई राम्रो शिक्षा दिने मेरो सपना छ"  तिनी भन्छन् "मेरो जीवननै इयीहरूमाथि खर्चिदिन्छु।"  तर, कुनै पनि प्रकारको कठिनाइहरूसँग हार नमान्ने कुनाललाई धेरैवटा असुविधाहरू छन्। कुनालको घरको साघुरो कोठा नानीहरूलाई पर्याप्त हुन छोडेको छ। एउटै कोठामा राखेको दुइवटा पलङ्गहरूमाथि नानीहरूले रात बिताउनु परिरहेको छ। यसैले कुनालले घरको केही तलतिर एउटा ठूलो घर निर्माण गर्ने योजना बनाएका छन्। तिनको योजनाको घड़ेडी पनि खड़ा भइसकेको छ। तर, घर निर्माण कार्य पुराभने भएको छैन। "खै कसरी स्पोल्सरहरू खोज्नु मलाई त केही आइडिया नै छैन। तर, सिलगढीको सिटिजन वेलफेयर सोसाइटीले भने प्रत्येक महिनानै मलाई आर्थीक सह्योग गरिरहन्छ।"  कुनाललाई यी नानीहरूको देखरेकका निम्ति परिवारको पनि प्रस्त सहयोग छ। आमा अनि बहिनी भएर खाना सितै नानीहरूलाई घरमा पढाइने काम पनि गरिन्छ।  कुनालको घरमा 3 वर्षदेखि 13 वर्षसम्मका नानीहरू छन्। शुरुका अक्षर समेत चिन्न नसक्ने ति नानीहरूलाई केवल विद्याल्यको भरमा मात्र होइन घरमा पनि पढाइनु पर्ने अनिवार्यतालाई कुनालले राम्रोसँग बुझेका छन्। यसैले तिनको परिवारका सदस्याहरूले नानीहरूको देखरेखसँग-सँगै घरेलु शिक्षाका निम्ति पनि सह्योग पऱ्याइरहेका छन्। कुनालले गरिरहेको यस काम पक्कै पनि सरहानीय मान्न  सकिन्छ।  अब तिनले यी नानीहरूलाई आधाबिचैमा छोड्न पनि सक्दैनन्। सँधैभरी नानीहरूलाई आफूसितै राख्ने अटोट गरेका कुनाललाई पनि आगामी दिनका चुनोतिहरू कठिन हुने कुरा राम्ररी अवगत छ। यदि कुनै पनि सङघ-सङ्स्था, व्यक्ति विशेष आदिले कुनाललाई सहयोग पुऱ्याए नानीहरूले उज्ज्वल भविष्य पाउनेछन्। सामाज सरकोरका दिशामा कुनालले गरिरहेको कार्य सम्पूर्ण युवाहरूका निम्ति पक्कै पनि  प्रेरेणाको स्रोत हो।

10 Oct 2014

शारदा काण्डका मुख्य आरोपी कालेबुङ न्यायालयमा

कालेबुङ, 11 अक्टोबर।
शारदा काण्डका मुख्य आरोपी देवजनी मुखर्जीलाई आज कालेबुङ न्यायालयमा पेश गरियो। स्थानीय छिबो बस्ती निवासी उत्तम शंकर विश्वकर्मले एक निवेशकको रूपमा मुखर्जीविरूद्ध मामिला दर्ता गरेकाले उनलाई कालेबुङ ल्याइएको हो। शारदा घोटाला काण्डको आरोपमा उनीविरूद्ध भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत मामिला दर्ता भएको थियो। यसै मामिलामा अलिपूर महिला संशोधनगृहबाट कालेबुङ ल्याइएका देवजनी मुखर्जीलाई कालेबुङ एडिसनल चिफ ज्यूडिसियल मेजिट्रेट कोर्टले जमानत दिएको छ। यद्यपि कालेबुङ न्यालयबाट उनले जमानत पाएको भएपनि अन्य न्यालयहरूमा रहेका विभिन्न मामिलाहरूका कारण उनी जेलमुक्त बन्न सकिनन्। स्मरण गराइन्छ, उनी शारदा कम्पनीका कार्यकारी निर्देशकको रूपमा कार्यरत् थिइन्। शारदा काण्डपछि पक्रा परेकी मुखर्जीलाई 16 महिनादेखि अलिपुर महिला संधोधनग्रहमा राखिएको छ। शारदा काण्डमा सिलगढी, मादला, विरभूम लगायतका राज्यभरिका विभिन्न न्यायालयमा उनीविरूद्ध अनेकौं मुद्दाहरू चलिरहेको छ। आज उनले कालेबुङ न्यालयबाट जमानत पाएपनि उनलाई अन्य मामिलाहरूका कारण अलिपुर महिला संधोधनग्रह नै लगिएको छ भने कालेबुङ न्यायालयमा उनको आगामी सुनुवाई 22 अक्टोबरको दिन हुनेछ।    

पर्यटन उत्सव 2014 शुरू

कालेबुङ, 11 अक्टोबर।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिस्नट्रेसन(जीटीए) को सूचना एवं सांस्कृतिक विभाग अनि पर्यटन विभागको संयुक्त आयोजनामा आजदेखि सांस्कृतिक पर्यटन महोत्सव कालेबुङ च्याप्टर आरम्भ भएको छ। बितेको वर्षसम्म यसै उत्सवलाई चिया अनि पर्यटन उत्सवको नाम दिएको थियो। यद्यपि यसपल्ट यस उत्सवको माध्मयबाट संस्कृतिको पनि संरक्षण गर्ने उद्देश्य लिएर सांस्कृतिक पर्यटन महोत्सव नामकरण गरिएको हो। पहाडको मुख्य आयश्रोतको रूपमा रहेको पर्यटन विकासलाई थप टेवा पुऱ्याउन दार्जीलिङमा हिजोदेखि यस उत्सव आरम्भ भइसकेको छ भने आजदेखि कालेबुङमा पनि औपचारिक उद्घाटन गरिएको हो। उत्सवको उद्बोधनी कार्यक्रममा यहाँको रामकृष्ण रङ्गमञ्चबाट सद्भावना यात्रा निकालिएको थियो। जुन यात्रामा स्थानीय विभिन्न जातगोष्ठीले सगभागिता जनाएको थियो। ब्याण्ड-बाजासितै निस्केको सांस्कृतिक जुलूसले शहर परिक्रममा गरेपछि मेलाटारमा पुगेर यसको औपचारिक शुरुवात गरिएको थियो। आज पहिलो दिनको कार्यक्रममा जीटीएका उपप्रमुख कर्णल रमेश आले मुख्य अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रममा विभिन्न जातगोष्ठिका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। आजदेखि शुरु भएको यस उत्सव आगामी 22 अर्टोबरसम्म चलेन्छ। 

8 May 2014

सीके प्रधान हत्यकाण्ड - परिवार निराश

कालेबुङ, 7 मई।
सीके प्रधान हत्याकाण्ड मामिलामा प्रधानका परिवारपक्षले न्याय पाउने आशा मारिसकेका छन्। किनभने प्रधानको हत्या भएको 12 वर्ष बितिसक्दा समेत मुद्दा छिनाफाना हुने कुनै छाँटकाँट छैन।
प्रधानको हत्या भएको 9 वर्षपछि 12 दिसम्बर 2012 मा पहिलोचोटी जलपाइगुढी न्यायालयमा मुद्दा शुरू हुँदा प्रधानका परिवारपक्षले एकचोटी न्याय पाउनसक्ने आशा साँचेका थिए। तर जलपागुढीको सेसन कोर्टमा आजसम्म प्रधान हत्याकाण्डका सबै गवाहीहरूको बयान लिइसकेको छैन। यस मामिलामा 41 जना गवाहीहरू छन्। उनीहरूलाई एक-एकजना गवाहीका रूपमा बोलाइने काम भइरहेको छ। यसैले यस मामिला लम्बिरहेको कारणले
सीके प्रधान परिवारमा न्याय पाउने कुरामा आशा नै हराएर गइसकेको छ। आज स्व. सीके प्रधानका दाजु कर्णल डीके प्रधानले न्यायापालिकाको कार्यनीतिमाथि निराशा व्यक्त गरेका छन्।
“अब त जनताले पनि विस्तारै सीके प्रधान हत्याकाण्डलाई भुलिसकेका छन्”-प्रधानले भने “हाम्रो पनि न्याय पाउने आशा विस्तारै मर्दै गइरहेको छ।
उनी अनुसार यस मामिलालाई लिएर परिवारपक्षले राज्य अनि केन्द्र सरकारसमक्ष अनि न्यायको माग गरेको हो। यसपछि पनि सेसन कोर्टले फाइनल भर्डिक्ट दिन सकेको छैन।
प्रत्येक राजनैतिक हत्याहरूमा नै राजनीतिकरण हुने धारणा राख्ने डीके प्रधानले यस मामिलामा पनि राजनीतिकरण भएकै कारण दोषीहरूले सजाय पाउनमा विलम्ब भएको बताए।
   तिनीअनुसार सीके प्रधानलाई 3 अक्टोबर 2002 मा खुलेआम हत्या गर्ने निरे गुरूङ र दया राई नै हुन्‌ जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। डीके प्रधानले भनेअनुसार निरे गुरूङ अनि दया राईलाई हत्या गर्नेबित्तिकै हत्या गर्न लगाउनेहरूले मारिसकेको हुनसक्छ। तिनको भनाइअनुसार आज पनि हत्याकाण्डको मास्टर माइन्ड भने जीवित नै रहेका छन्‌। पॉंच वर्षसम्म सीबीआईले हत्याकाण्डमाथि छानबीन गरेर न्यायालयमा चार्सिट बुझाएर मुद्दा शुरू भएपनि गवाहीहरू जलपाइगढी न्यायलय धाउन नसक्ने  कर्णल डीके प्रधानले बताए। यसैले आज जम्मै गवाहीहरूले न्यायालयमा उपस्थिति दिन नसक्दा न्यायालयले फाइनल भर्डिक्ट दिन सकेको छैन। हत्याकाण्डको सुनुवाइ जलपाइगढी न्यायलयमा होइन तर कालेबुङमा नै हुनपर्ने परिवारपक्षले माग गर्दागर्दै पनि हुन नसकेको  तिनले बताए।
उनले अझ भने अनुसार सेसन कोर्टले यदि आफूहरूको पक्षमा भर्डिक्ट नदिए उनीहरू उच्च न्यायालय अनि त्यसपछि सर्वोच्च न्यायालयसमेत जानपर्ने हुन्छ। तर यो लामो प्रक्रिया हो। यसका निम्ति धेरै खर्च बेहेर्नुपर्ने हुन्छ। यी कुराहरू पछिबाट परिवारपक्षसित मिलेर निर्णय लिनसकिने भएपनि अहिलेको स्थितिमा यो वर्षौदेखि लम्बिरहेको मुद्दासित उनीहरू सन्तुष्ट छैनन्।