Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Feb 2012

श्रमिक संगठनहरुको देशव्यापी बन्द पहाडमा असर हिन

कालेबुङ 28 फरवरी: असंगठित क्षेत्रका श्रमिकहरुको हितमा राष्ट्रीय श्रमिक संगठनहरुले आज डाकेको देशव्यापी बन्दको दार्जीलिङ पहाडमा कुनै असर देखिएन। पश्चिम बंगाल राज्यको समतल क्षेत्रमा बन्दको मिश्रित प्रभाव रहे पनि पहाडको जनजीवन भने सामान्य रह्यो। मोर्चाले यस बन्दको खुलेर विरोध नगरे पनि समर्थन भने नरहेको घोषणा गरेको थियो। फलस्वरुप पहाडमा रहेका वाममोर्चा कार्यकर्ता र समर्थकहरु बन्द सफल बनाउन सडकमा ओर्लिएको देखिएन। बन्दको अवधीमा क्षेत्रका वित्तिय संस्थानहरुबाहेक अन्य सबै क्षेत्रहरुमा कामकाज सामान्य रह्यो। आज यहाँका ब्यापारिक, शैक्षिक संस्थान अनि यातायात व्यवस्था पूर्ण रुपले सामान्य रह्यो। यहाँका बित्तिय संस्थानहरुमा मात्र बन्दले प्रभावित पारेको देखियो। बन्दको अवधीमा यहाँका सरकारी अनि निजी बैँकहरु बन्द रहेको देखियो। राज्यको समतल क्षेत्रमा भने बन्दको केही हदसम्म प्रभाव पारेको थियो। राज्य सरकारले बन्दको कडा बिरोध गरेको छ। केही ठाँउमा बन्दको विरोध गर्ने तृणमूल कंग्रेसका समर्थक र बन्द समर्थकहरुबीच झडपहरु पनि भएको जानकारी पाइएको छ। यता, बन्दलाई केन्द्र गरी आज राज्यमा चलिरहेको माध्यमिक परीक्षालाई स्थगित गरिएको थियो। माध्यमिक परीक्षाको आज हुनु पर्ने विषयको परीक्षा भोलि 29 फरवरीमा सम्पन्न गरिने भएको छ।

यता, सिटू नेता तारा सुन्दासले सरकारको मजदुरविरोधी नीतिबाट पहाडी क्षेत्रका खटीखाने वर्ग पनि पिडीत रहेको बताउँदै आजको बन्दबारे यहाँका जनतालाई ठीकसँग बुझाउन नसकेको कारण बन्द असरदार हुन नसकेको मंतव्य जाहेर गरेका छन|

0 comments: