Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Feb 2012

मिरिकमा पेयजल परियोजनाको निर्माण कार्य शुरु

29फरवरी (कालेबुङ):- मिरिक नगरपालिकावासीहरुलाई पर्याप्त पेयजल उपलब्ध गराउने उद्देश्यले मिरिक नगरपालिकाले एउटा पेयजल परियोजनाको निर्माण कार्य शुरु गरेको छ। मिरिक नगरपालिकाले आगामी महिनाभित्र यस परियोजनाको निर्माणकार्य पूरा गरेर नगरवासीलाई पिउने पानी बितरण गर्ने लक्ष्य राखेको छ। मिरिकको काउलेस्थित राईधापमा अहिले यस परियोजनाको निर्माण कार्य तीव्र गतिमा भईरहेको छ। पानीको स्रोत उपलब्ध रहेको राईधापमा एउटा जलाशयको निर्माण गरेर नगरमा पेयजल बितरण गरिने योजना तय गरिएको छ। 50 लाख ग्यालन सञ्चय क्षमता भएको जलाशयको निर्माण कार्य हाल युद्धस्तरमा चलिरहेको छ। यस परियोजनाको निर्माण कार्यले मिरिकवासीहरुले खुशी अनुभव गरेका छन। लामो समयदेखि पिउने पानीको समस्याले पिरोलिएका नगरवासीहरुले यस योजनाबाट पर्याप्त पानी पाउने आशा राखेका छन।

0 comments: